दैनिक २ हजार जनालाई घर घरमै खाना खुवाउँदै नदिपुर युनाइटेड क्लब

सराङकोट न्यूज
11 May, 2020 4:19 pm
Advertisements
Advertisements

लकडाउन बढाउन तयार रहेको सरकारले श्रमिक, मजदुर, गरिब जनताको भोको पेटलाई राहत दिन नसकिरहेको वेला स्थानिय स्तरमा सञ्चालित सामाजिक संघ संस्थाहरुको पहलमा तयारी खाना बसेकै ठाउँमा पु¥याउने कार्य गरिदै आएको छ। स्वतः स्फूर्त रुपमा प्राप्त भएको तरकारी खाद्य तथा नगदलाई परिचालन गरेर तयारी खाना निःशुल्क वितरण कार्य भइरहेको पाइएको छ। सरकारले राहत नदिएको र कमाएर खाने वातावरण समेत नभएका समुदायका नागरिकलाई तयारी खाना वितरण कार्यले ठूलो राहत प्रदान गरेको छ।

यस्तै उदाहरणिय कार्य पोखरा महानगरपालिका वडा नं. ३ मा रहेको नदिपुर युनाइटेड क्लबका युवाहरु गर्दै आएका छन्। वैशाख १० गतेबाट पोखराका विभिन्न ठाउँहरुमा दैनिक दुई सय जनाबाट खाना खुवाउन सुरु गरेको युनाइटेड क्लबले अहिले दैनिक दुई हजार विपन्न व्यक्तिहरुलाई दाल भात तरकारी –तयारी खाना) वितरण गर्दै आएको छ। नदिपुर युनाइटेड क्लबका अध्यक्ष नविन आलेको नेतृत्वमा उनको क्लबमा आवद्ध सबै सदस्यहरुको टिमले सकृयता पूर्वक खाना व्यवस्थापन तथा वितरण गर्दै आएको छ। क्लबका अध्यक्ष आलेका अनुसार विभिन्न क्षेत्रमा कृयशिल मनकारी दाताहरुबाट प्राप्त सहयोग र क्लबकै सदस्य एवम् शुभचिन्तकहरुको साथ र सहयोगका कारण निःशुल्क खाना खुवाउने कार्य सफल भएको बताउछन्। यस कार्यमा तरुणदल महानगरका अध्यक्ष महेन्द्र पुनको विशेष सहयोग रहेको अध्यक्ष आलेले बताए।

तरुणदलका महानगर अध्यक्ष महेन्द्र पुन विपन्न परिवार श्रमिक मजदुरहरुलाई तयारी खाना निःशुल्क खुवाउन पाएकोमा खुसी साथ सकृय रहेको बताउछन्। महानगर भित्र रहनुभएका कोही पनि भोको बस्न नपरोस् भन्ने पवित्र अभिप्रायले नदिपुर युनाइटेड क्लबको व्यवस्थापनमा यो कार्यक्रमलाई सहयोग गरेको जनाउँदै लकडाउन कायम रहेसम्म खाना पु¥याउने कामलाई निरन्तरता दिने पुनले बताए।
पोखराका विभिन्न ठाउँठाउँमा खाना पु¥याउन ५ वटा गाडी प्रयोग गरिएको छ। ५ वटा गाडीले विरौटा, महेन्द्रगुफा, लामाचौर, चाउथे, सराङकोट र बसपार्कक्षेत्रबाट खाना वितरणको रुट तय गरिएको छ। वितरणका लागि पनि निःशुल्क गाडी उपलब्ध गराएका छन्। पोषणलाई ध्यान दिएर मासु अण्डा, करी समेत पालैपालो मिलाएर खुवाइएको बताइएकोछ।
दैनिक खाना उपलब्ध गराएर मजदुर श्रमिक तथा सडक वालवालिकाहरुलाई खाना खुवाउँदै आएको नदिपुर युनाइटेड क्लबको कार्यले आम समुदायको लागि नमुना कार्य भएको मजदुर नेता रामजी कुँबरले बताए। नियमित भइरहेको खाना वितरण कार्यले भोक विरुद्ध लड्न र सामाजिक ऐक्यवद्धताको जरुरी रहेको भएपनि महानगर लगायत राज्यका नियकाले गरिब दुःखी जनता, श्रमजिवी मजदुरको समस्या सम्बोधन नगरेको अवस्थामा नदिपुर युनाइटेड क्लबले गरेको यो उच्च सामाजिक कार्यबाट राज्यलाई सवक सिकाएको युवा नेतृ सरस्वती गुरुङले बताइन्। यो कार्य विसुद्ध सामाजिक भएकाले लकडाउनका कारण कसैलाई भोको नराख्न सबै व्यक्ति संघ संस्थाको सहयोग जरुरी रहेको बताइन्।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: