डाक्टरको डिग्री बढ्दा विरामीलाई महंगीको मार, फेवासिटी हस्पिटलका डा. थापा द्धारा १५० प्रतिशत मूल्य वृद्धि

यदुनाथ बन्जारा
31 May, 2020 12:21 pm

लकडाउनको वेला पोखरामा नीजि क्षेत्रद्धारा संचालित फेवा सिटी हस्पिटललले इन्डोस्कोपी र क्लोनोस्कोपी सेवामा भारी वृद्धि गरेको पाईएको छ । वैशाख सम्म इन्डोस्कोपी शुल्क २ हजार लिदै आएकोमा जेठ वाट ५ हजार र ५ हजार लिदै आएको क्लोनोस्कोपी शुल्कमा ८ हजार पु¥याइएको छ । दुवै सेवामा एकै पटक ३ हजार वढाइएको छ । सर्वसाधारण जनताको स्वास्थ्य सेवामा १५० प्रतिशत सम्म मूल्यवृद्धि गरी मनोमानी शुल्क असुली भइरहँदा पनि राज्यका नियमनकारी निकायहरु वेखवर रहेको भन्दै आश्चर्य व्यक्त गरिएको छ ।
फेवासिटी हस्पिटलका डाक्टर सुरेश थापाले आफ्नो डिग्री वृद्धि भए लगत्तै शुल्क वढाएको वुझिएको छ । २०७६ पुष पहिलो साता मात्र एम.डि. सकाए लगत्तै उनले इन्डोस्कोपी र क्लोनोस्कोपी शुल्कमा ३ हजार वढाएको पाइएको छ । हस्पिटल संचालक समितिले आधिकारिक रुपमा शुल्क वढाउने निर्णय नगरेको जनाएको छ तर हस्पिटलले आफ्नो नागरिक वडा पत्रमा वढेको शुल्क नै प्रकाशन गरेको देखिएको छ ।


कोभिड १९ कहरमा देश र जनता जकडिरहेको वेलामा एक जना चिकित्सकले अन्धधुन्दा शुल्क वढाएर नागरिकलाई थप पिडा दिएका छन् । शुल्क वृद्धि भएपछि सेवाग्राहीले तिव्र आलोचना गर्दै राज्य प्रशासनको ध्यानाकर्षण गराएका छन् । लकडाउनका वेला १५० प्रतिशत सम्म मूल्यवृद्धि किन गर्नुभयो भन्ने विषयमा प्रतिकृया लिन फोन गर्दा डा. सुरेश थापा सम्पर्कमा आउन चाहेनन् ।

स्वास्थ्य क्षेत्रमा भएको मनोमानी मूल्य वृद्धि प्रति उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले स्वास्थ्य सेवामा भएको मूल्य वृद्धि प्रति तत्काल अनुगमन गरी कानून वमोजिम कारवाही प्रकृया अगाडि वढाइने वताएको छ । निर्देशनालयका प्रमुख गोकुल शर्माले भने लकडाउनका समयमा स्वास्थ्य सेवामा गरिएको भारी मूल्य वृद्धि गर्न उपयुक्त नहुने प्रतिकृया दिएका हुन् । “यो समय मूल्य वृद्धि गर्ने वेला होइन वाँच्ने र वचाउने समय हो” निर्देशक शर्माले भने यस्तै महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले पनि हस्पिटल वोर्डले औचित्य र आवश्यकता पुष्टि गरेर समय सुहाउँदो निर्णय गर्नु पर्ने वताए । राज्यका निकाय सँग मिलेर अनुगमन गरिने हेमन्त शर्माले वताएका छन् ।
फेवासिटी हस्पिटलका अध्यक्ष चेत बहादुर गुरुङ डाक्टर स्वयमले आफूले दिने सेवाको शुल्क तोक्ने वताउँछन् । डाक्टरले आप्नो डिग्री अनुसारको विशेषज्ञ सेवा शुल्क तोकेर इन्डोस्कोपी र क्लोनोस्कोपीको शुल्कमा ३ हजार वढाएकोले अस्पतालले नागरिक वडापत्रमा दर रेट प्रकाशन गरेको गुरुङले वताए । उनले भने उक्त सेवामा वायप्सी स्याम्पल पनि निकालिन्छ ।
पोखराको अन्य नीजि अस्पतालहरुले १५ सय देखि २ हजार सम्ममा इन्डोस्कोपी र ३ हजार देखि ४ हजार सम्म क्लोनोस्कोपी सेवा दिदै आएका छन् । डाक्टरले डिग्री थप्ने वित्तिकै विरामीले महंगी वेहोर्न पर्ने अवस्था आउनुलाई धेरैले टिप्पणी गरेका छन् । अस्पताल उहि, चिकित्सक उहि, उपकरण उहि तर सेवाको मूल्य अत्याधिक वृद्धि गरीएको घटनालाई आधार र प्रमाणले पुष्टि हुन नसकेसम्म राम्रो मान्न नसकिने जानकारीहरु बताउँछन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: