फेवासिटि हस्पिटलमा अनुगमन, मूल्य वृद्धि फिर्ता गर्ने सहमती

यदुनाथ बन्जारा
31 May, 2020 6:59 pm
Advertisements

सराङकोट समाचार प्रभाव

फेवासिटि हस्पिटलका डाक्टरले मनोमानी ढंगबाट गरेको उपचार शुल्क वृद्धि फिर्ता हुने भएको छ । उक्त अस्पतालका चिकित्सक डा. सुरेश थापाले आफूले प्रदान गर्ने इन्डोस्कोपी र क्लोनोस्कोपी सेवामा १५० प्रतिशत सम्म मूल्यवृद्धि गरेका थिए । मूल्य वृद्धिका विरुद्ध सेवाग्राहीले व्यापक गुनासो सहित रोष प्रकट गरेका थिए ।


डा. थापाले एकल निर्णय गरी २ हजारमा दिदै आएको इन्डोस्कोपी सेवामा ५ हजार र ५ हजार दिदै आएको क्लोनोस्कोपी सेवामा ८ हजार रुपैया लिदै आएका थिए । जेष्ठको पहिलो साताबाट शुल्कमा भारी वृद्धि भएको थियो । डा. थापाले डि.एम. गरे लगत्तै स्वघोषित रुपमा शुल्क वढाएको प्रति अस्पतालका कतिपय डाक्टरहरुले असहमती जनाएका थिए ।

कोरोना महामारीका वेला जनता भोक र रोगको त्रासमा कष्ठपूर्ण जिन्दगी वाँचिरहेका वेला डाक्टरले अस्वभाविक रुपमा उपचार सेवाको मूल्य वढाएको खवर सराङकोट न्यूज अनलाइनले प्रकाशन गरे लगत्तै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक गोकुल शर्मा सदस्य सचिव भरतमणि वराल जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत रामनाथ ढकाल, उपभोक्ता अधिकारकर्मी कपिलनाथ कोइराला सहितको टोलीले गरेको अनुगमन र निरिक्षण गरी लकडाउनको समयमा गरिएको मूल्यवृद्धि प्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै पुरानै दर रेटमा सेवा प्रदान गर्न निर्देशन दिएको निर्देशक गोकुल शर्माले वताए ।

सोमवारवाटै पुरानै शुल्कमा सेवा दिन अस्पताल प्रसाशन सहमत भएको पनि निर्देशक शर्माले वताए । अन्य कुनै पनि सेवा शुल्क वृद्धि नगर्न र गर्नुपरे पूर्व सहमती र जानकारी गराएर मात्र वृद्धि गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । अस्पताल वोर्ड वसेर सरकारी निर्देशन पालना गरिने फेवा सिटि हस्पिटलका व्यवस्थापक त्रिभूवन पराजुलीले वताए । अस्पतालको नागरिक वडापत्रमा सेवा शुल्क वारे जानकारी प्रकाशन भएपछि त्यसको नैतिक जिम्मेवारी हस्पिटलले लिनुपर्ने पराजुलीले वताए । अनुगमनका क्रममा डा सुरेश थापा भने उपस्थित थिएनन् । अध्ययनको डिग्री र अनुभव वढ्ने वित्तिकै सेवा शुल्क वृद्धि गर्न हतारिने डाक्टरहरुले फेवासिटी हस्पिटलको यस प्रकरणबाट पाठ सिक्न जरुरी छ । सेवा जन्य व्यवसायमा देखिएको यो हतारोले चिकित्सकीय पेशा माथि नै प्रश्न उव्जाएको छ सेवा ठूलो कि शुल्क ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: