गण्डकी अस्पताललाई कोरोना अस्पताल बनाएकोमा तिव्र असन्तुष्टि

यदुनाथ बन्जारा
2 June, 2020 11:38 am

पोखरामा रहेको सवैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) लाई कोरोना डेटिकेटेड अस्पताल वनाइएको छ । संघिय सरकार मातहतमा रहेको उक्त प्रतिष्ठानलाई गण्डकी प्रदेश सरकारको पहल र दवावमा कोरोना उपचार अस्पताल तोक्ने निर्णय गरेपछि दैनिक संयौ विरामीहरु प्रत्यक्ष मारमा पर्ने भएका छन् । नीजि अस्पतालहरुले कोरोना त्रासमा अनुकुलका सेवा मात्र दिइरहेको अवस्था छ ।
साविकको क्षेत्रीय अस्पताललाई कोरोना परीक्षण तथा उपचार अस्पताल वनाइएपछि त्यहाँ जाने विपन्न विरामीहरु उपचार नपाई मर्ने अवस्था आएको छ । हाल डाइलासिस गराइरहेका ११० जना मृगौला रोगीहरु सवैभन्दा वढि प्रभावित हुने देखिएको छ । नियमित डाइलासिस गराइरहेका ति विरामीहरुले डाइलासिस सेवा नपाउने निश्चित प्रायः छ । लकडाउनको वेला विरामीहरुले अन्य विकल्प समेत खोज्न सक्ने अवस्था नहुँदा ति विरामीहरु उच्च जोखिममा पर्ने भएका छन् ।
यस्तै प्रसुती उपचार सेवाको लागि नाम कमाएको अस्पतालमा मासिक एक हजार वढिको गर्भ जाँच तथा प्रस्तुती गराइदै आएको छ । कोरोना अस्पताल बनाइएपछि प्रसुती तथा गर्भजाँच सेवा ठप्प हुने निश्चित छ । यसको प्रत्यक्ष प्रभाव निम्न र मध्यम वर्गिय नागरिकमाथि पर्ने देखिएको छ ।
यो बाहेक विपन्न परिवार उपचार, विमा सेवा लगायत सवै खाले अन्तंरंग वहिरंग सेवा समेत वन्द गरि कोरोना विरामीलाई आइसोलेसन राखेर उपचार गरिने तयारी भएको छ । आम नागरिकको स्वास्थ्य सेवा प्रति सरकारको ध्यान गएको छैन । अरवौंको वजेट खर्च गर्ने कोरोना उपचार तर्फ मात्र सरकारको ध्यान गएको छ ।
क्षेत्रीय अस्पताललाई कोरोना आइसोलेसन अस्पताल वनाउन हुन्न भनेर दलका नेतादेखि समाजका अग्रज व्यक्तित्व, चिकित्सक लगायतको सुझाव आएको थियो तर सरकारी हठका कारण कसैको कुरा नसुनिएको भन्दै सर्वत्र आलोचना व्याप्त रहेको छ । करिव ६ सय जना चिकित्सक नर्स, कर्मचारी भएको सुविधा सम्पन्न जनताको अस्पताललाई कोरोना अस्पताल वनाइएपछि २–४ जना कोरोनाको विरामी सुताएर राज्यकोषको अरवौं रुपैया सिध्याउने प्रपञ्च रचिएको वुझिएको छ । दैनिक झण्डै १ हजार विरामी उपचार गरिदै आएको अस्पतालले सवै खाले जनरल सेवा मात्र हैन पिसिआर टेष्ट गर्ने ल्याव नै अस्पतालको प्रमुख ल्याव भवनमा राखेका कारण कोरोना वाहेकका सवै ल्याव सेवा वन्द हुने भएका छन् ।
भुइको टिप्न खोज्दा गोजीको पोखिए झै कोरोनाका उपचार गर्ने निहुँमा हजारौं नागरिकहरु समस्यामा फस्ने निश्चित भएको छ । कोरोना डेटिकेटेड अस्पताल वनाउन, लेखनाथ सामुदायिक अस्पताल, जिपि कोइराला स्वास प्रस्वास अस्पताल तनहुँ लगायतका थुप्रै विकल्प हुँदा हुदै गण्डकी अस्पताललाई नै कोरोना हस्पिटल बनउान कार्य घातक हुने भन्दै यतिखेर व्यापक टिका टिप्पणीहरु भइरहेका छन् ।
कोरोना महामारी चलेको तीन महिना पुरा हुन लाग्दासम्म सरकारले एउटा आइसोलेसन हस्पिटल नै वनाउन सक्थ्यो तर देश र जनताप्रति अनुत्तरदायी सरकारले जनहितको काम तर्फ सोच्न समेत नसकेको प्रष्ट भएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: