वन माफियाहरुको सकृयता

सराङकोट न्यूज
3 June, 2020 10:01 am
Advertisements
Advertisements

माफिया भनेको विधि विरोधी तत्व हुन् । कानूनको खिलाफमा काम गर्ने, उपद्रो गर्ने, जे जसरी हुन्छ आफ्नो र आफ्नो समूहको हितमा मात्र काम गर्ने प्रवृत्तिधारी पात्रलाई माफिया भनिन्छ । जहाँ माफिया गिरी चल्छ त्यहाँ कानूनको साशन चल्दैन। अन्याय अत्याचार कुशासनजस्ता गतिविधिहरुलाई संस्थागत गर्ने काम माफियाहरुबाट हुन्छ ।
हरेक जसो विषय र प्रसंगमा आउने माफिया गिरी शिक्षा, स्वास्थ्य, प्रकृतिक स्रोत साधन, जल, जमिन र जंगलमा अलिक वढि नै देखिन्छ । माफिया गरिी कारण विना लगानीको अधिक आय आर्जन ।
निति निर्माताहरु स्वयम् माफियाको पञ्जा र फन्दामा परिरहेका हुन्छ त्यसको एउटै कारण छ लगानी विनाको अस्वभाविक उपलव्धी । वन, खोला खानीको वारेमा पनि उस्तै माफिया गिरी चल्छ । राज्यको सम्पत्ति हडप्दै स्वनाम धन्य समाजसेवी, नेता, मन्त्रीहरुको नेक्सस त्यस्तै पात्रहरु सँग हुन्छ जसले राज्यकोषको दुरुपयोग गर्दै व्यक्तिगत लाभको काम गर्छन् ।
हरियो वन नेपालको धन भन्ने प्रिय वाक्य अहिले रुपान्तरण भएर हरियो वन तस्करको धन वन्न पुगेको छ । जसका हातमा लौरी उसकै गोठमा भैंसी भने जस्तै जो कानूनको निर्माता, पालक उसैले मुठ्याएको छ वनको सम्पत्ति । संरक्षण गर्ने नाममा उसैले निमोठेको छ वनको घाँटी ।
सरकारका वहालवाला क्याविनेट मन्त्री स्वयम् सरकारी वन फाड्ने र फाड्न लगाउने गरेको घटना पोखरा १९ मा ताजै छ । मन्त्रीकै अग्रसरनामा ५ सय भन्दा वढि रुख काटिएकाछन् तर कानूनका परिपालक हरु आफैले भोगचलन गरेको भन्दै सरकारी वन फाडेर जग्गा आफ्नो नाममा नापी गर्न जोर जुलुम गरिरहेका छन् ।
यस घटनामा जग्गा समेत दर्ता गर्ने योजना जोडिएको छ । सेटिङ मिलाएर भू–माफिया वन माफिया सकृय देखिएका छन् । यस्तै भरतपोखरीको चैनपुर पाखो भन्न ठाउँमा अधिकार सम्पन्न भन्दै उच्च स्तरिय आयोग वनाएर पैसा उठाइयो, राष्ट्रिय वन संरक्षण गर्ने वताइएको छ । उनिहरुले रकम असुलेका छन् । वन संरक्षणका नाममा वन मास्ने कार्यलाई स्थानीय जनप्रतिनिधि समेतको पहल जोडिएको छ त्यस घटनामा पनि वन माफिया र भूमाफिया को व्यापक चलखेल रहेको अड्कल गरिएको छ त्यो निमिट्यान्न पारिनु पर्छ । सवैखाले माफिया गिरीको जरो उखेल्न पर्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: