६८ हजार नगद सहित पोखराबाट ९ जना जुवाडे पक्राउ

सराङकोट न्यूज
5 June, 2020 9:45 pm
Advertisements
Advertisements

कास्की प्रहरीले लकडाउनको मौका छोपेर जुवा खेल्ने र खेलाउनेहरुलाई खोजी खोजी पक्राउ गर्दै आएको छ । यसै क्रममा पोखरा–१६ मध्यम पथबाट ९ जना जुवाडेलाई खालबाटै विहिवार पक्राउ गरी शुक्रबार जुवा ऐन अन्तर्गत म्याद थप गरी मुद्दा चलाएको छ ।
पोखरा –१६, मध्यमपथका तेज बहादुर गुरुङको घरबाट नगद ६८ हजार १३५ रुपैयाँ सहित जुवा खालबाटै ति जुवाडेहरु पक्राउ परेको र उनिहरुलाई थप अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखिएको कास्की प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा–१६ का सन्दिप थापा, भिम बहादुर गायक, धर्मराज थापा, घरभेटी तेज बहादुर गुरुङ, पोखरा–१ का जगत बहादुर गुरुङ, पोखरा–१९ का गोपाल आले, दुर्गा बहादुर थापा, उत्तम बहादुर आले र वडा नम्बर–२५ का सनम लामा रहेकाछन ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्रिएको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: