बाल बाल बच्यो पोखरा, मणिपालबाट संक्रमण नभएको हस्पिटलको दावी

यदुनाथ बन्जारा
17 June, 2020 7:21 pm
Advertisements

मणिपाल शिक्षण अस्पतालमा उपचार गरिरहेका पर्वत कुश्मा नगरपालिकाका ३५ वर्षिय युवालाई मणिपाल हस्पिटलबाट कोरोना संक्रमण नभएको मणिपाल शिक्षण हस्पिटल प्रशासनले दलिल पेश गरेको छ । जेष्ठ २१ गते सडक दुर्घटनामा परी मणिपाल अस्पताल भर्ना भई न्यूरो सर्जरी समेत भएका ति घाइतेको जेष्ठ २५ गते स्वाव लिइएको थियो स्वावको जेष्ठ ३० गते आएको नतिजा कोरोना पोजेटिभ आएको थियो ।
न्यूरो सर्जन डाक्टर वालगोपाल कर्माचार्य र डा. निकुञ्ज योगीको टिमले अपरेशन गरेको उक्त विरामीको स्वाव कोरोना पोजेटिभ आएपछि ७६ जनाको कन्ट्रयाक टे«ेसिङबाट पत्ता लागेकाहरुलाई क्वारेन्टाइनमा राखेर स्वाव संकलन गरिएको थियो । स्वाव परीक्षणको नतिजा नआउँदा सम्म यो केशले पोखरमा तरंग मच्चाएको थियो ।
जेष्ठ २१ गते देखि उपचाररत ३५ वर्षिय युवाको ५ दिन पछि जेष्ठ २५ गते मात्र स्वाव परीक्षण गरिएको थियो । ५ दिनसम्म चिकित्सक, नर्स, आफन्तहरुसँग सिधा सम्पर्कमा रहेका कारण संक्रमित व्यक्तिबाट समुदायमा कोरोना सरेको हुन सक्ने भन्दै जनस्तरमा व्यापक खैलावैला मच्चिएको थियो । खैलावैला मच्चिनुमा मनिपालमा कार्यरत न्यूरो सर्जन द्धय डा. कर्माचार्य, डा. योगी पोखराका फिस्टेल र मेट्रोसिटिमा समेतमा कार्यरत रहेको कारण डाक्टर मार्फत समुदाय सम्म फैल्न सक्ने प्रवल आशंका र सन्त्रास फैलिएको थियो तर सौभाग्य वंश अन्य कसैमा संक्रमण फैलिएको पाइएन वाल वाल वचेको छ पोखरा ।
दुर्घटना भई उपचारका लागि मणिपाल अस्पताल आएका व्यक्तिलाई कोरोना संक्रमण भएपछि संक्रमण हस्पिटल वाटै सरेको हुन सक्ने भन्दै कुश्मा नगरपालिकाले समेत मणिपाल हस्पिटललाई आरोप लगाइरहेका वेला कन्ट्रयाक डे«ेसिङमा भेटिएका सवैको नतिजा नेगेटिभ आएपछि स्थानिय सरकारले लगाएको आरोप निराधर रहेको पुष्टि भएको छ ।
मनिपाल हस्पिटल पोखराले असार १ गते सराङकोट न्यूजलाई पठाएको प्रेस विज्ञप्तीमा मणिलालले सुरक्षा प्रविधि अपनाएर विरामीको उपचार गरिरहेको वताएको छ । अस्पतालले सम्पूर्ण सेवाहरु पूर्ववत रुपमा संचालनमा ल्याएर विश्वसनिय गुणस्तरिय र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गरेको छ । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. डि.सि. अग्रवाल द्धारा हस्तक्षरिय विज्ञप्तीमा मणिपाल अस्पताल कोभिड–१९ संक्रमण नरहेको स्मरण गराएको छ । (विज्ञप्ती सहित)

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: