पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सुरक्षा सामग्री खरिदमा अस्वभाविक मूल्य

यदुनाथ बन्जारा
30 June, 2020 11:00 am
Advertisements

कोभिड–१९ को महामारीमा प्रयोग गर्ने प्रयोजनका लागि खरिद गरिएको स्वास्थ्य सुरक्षा सामग्रीको मूल्य अस्वभाविक रहेको पाइएको छ । कोभिड–१९ संक्रमण उपचार तथा व्यवस्थापन कार्यको लागि भन्दै अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न मिति २०७७/१/१९ गते टेण्डर आव्हानको सूचना भई मिति २०७७ जेष्ठ ६ गते जनकपुरको रायन सप्लायर्स सँग ४१ लाख १४ हजार मूल्यको स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न सम्झौता भएको थियो ।

७ वुदे सम्झौता भएको ४० दिन पुरा भइसक्दा पनि वोलकवुल भएको समान सप्लाई गर्न आपूर्तिकर्ता रायन सप्लायर्स असमर्थ रहेको छ । वुँदा नम्वर ३ मा सम्झौता भएको मितिले ७ दिन भित्र समान सप्लाई गरी सक्नु पर्ने उल्लेख गरिए पनि आपूर्ति कर्ताले टेण्डर सम्झौता भएको ४० दिनसम्म स्याम्पल अनुसारको समान सप्लाई गर्न सकेको छैन तर पनि अस्पताल प्रशासनले सप्लायर्सलाई कुनै कारवाही गर्ने हिम्मत देखाएको छैन ।
कोभिड–१९ को संक्रमण, उपचार तथा व्यवस्थापनका लागि अत्यावश्यक पर्ने पिपिई ५ सय थान, थर्मल गन ४० थान, डिस्पोजिवल मास्क २० हजार थान, र एन नाइन्टी फाइभ मास्क १ हजार थान खरिद गर्ने निस्कर्षमा अस्पताल प्रशासनले टेण्डर निकालेर प्रकृया अगाािड वढाएको थियो । कोरोनाले चारै तिर आतंक मच्चाइरहेको वेलामा सर्तमा उल्लेखित समय भित्र समान सप्लाई गर्न नसक्ने सप्लायर्स प्रति अस्पताल प्रशासनको सदासयता थप रहस्यमय वन्न पुगेको छ। यो समाचार तयार पार्दा समेत टेण्डर सम्झौता भएका समानहरुको आधिकारिक रुपमा अस्पताल प्रशासनले वुझ्न पाएको छैन। अस्पतालका सूचना अधिकारी नारायण प्रसाद आचार्यले स्वीकृत नमूना वमोजिमका समान नआएको स्वीकार गरे ।

मूल्यमा व्यापक अन्तर

टेण्डरबाट किन्न खोजिएको समानको मूल्य हालको वजार भाउमा व्यापक अन्तर पाइएको छ । २०७७ वैशाख १९ गते टेण्डर निकाल्दा वाटै समानको मूल्य निर्धारण वाटै वुझ्न सकिन्छ कि समान प्रतिस्पर्धाबाट होइन सेटिङबाट खरिद गरिदै छ । खरिद गर्ने समानको मूल्य पछिल्ला दिनहरुमा द्रुत गतिमा घटिइरहँदा अस्पतालले टेण्डरको मूल्य दर कायम गरिदा नै अधिक मूल्य कायम गरेको वुझिन आएको छ ।
वैशाख १९ गते र असार १४ गते वीचमा उल्लेखित समानको मूल्यमा भारी गिरावट आएको छ । इन्फारेड थर्मल गन ४ हजारको हाराहारीमा मूल्य चलिरहँदा रायन सप्लायर्सले त्यहि गुणस्तरको थर्मल गन ७८५० मा गण्डकी अस्पताललाई सप्लाई गर्ने टेण्डर पाएको छ । टेण्डरको अर्को समान पिपिइको मूल्य ६ हजार लगाइएको छ । डिस्पोजल पिपिइ वजारमा एक हजारदेखि माथिका पाइन्छन् । वढिमा एक दिन अर्थात् एक पटक प्रयोग गरेपछि फ्याक्नु पर्ने पिपिइ सेट ६ हजारमा किन्ने सहमती भएको छ । यस्तै के एन नाइन्टी फाइभ मास्क प्रयोग गर्दै आएका थिए जसको वजार मूल्य अहिले सय रुपैयाका हाराहारीमा वजारमा सर्वत्र उपलव्ध छन् ।

स्याम्पल र समान नै मिलेन रे !

टेण्डरमा वुझाएको स्याम्पसल र टेण्डर परेपछि ल्याएको समानको एकरुपता नभएका कारण समान स्वीकृत गर्न ढिलाई भएको भन्दै सप्लायर्सको वचाउ प्रयास भएको छ । वचाउ यस अर्थमा कि नमूना पेश गरे वमोजिमको समान नल्याएर कमसल समान ल्याउने कम्पनी रायन सप्लायर्स जनकपुर–७ लाई कारवाहीको सट्टा पटक पटक मौका प्रदान गरेर जोगाइएको छ । संकटको यो घडीमा यति महंगोमा टेण्डर लिने दिने हुँदा पनि अस्पताल प्रशासनले रायन सप्लायर्सलाई सर्त पालना नगर्दा कारवाही गर्ने चासो नदेखाएको विषयले कर्मचारी वृतमै खुल्दुली मच्चाएको छ ।
हामीले टेण्डर वमोजिमको स्वास्थ्य सुरक्षा सामग्री आए नआएको वारे खोज खवर गर्न थालेपछि सप्लायर्सले पठाएको समान लगत्तै फिर्ता गरेको वुझिएको छ । डा. भरत खत्री, रोहिणी सिग्देल र सुरेश राज पौडेल सहितको प्राविधिक समितिले समान स्वीकृत गुणस्तरयुक्त नभएको जनाएर थर्मन गन र मास्क फिर्ता गरेको विस्वस्त समाचार श्रोतले दावी गरेको छ । एन नाइन्टी फाइव मास्क टेण्डर स्वीकृत गराएर केएर नाइन्टी फाइव मास्क उपलव्ध गराएको थियो । हामीले टेण्डरमा खरिद गरिएको सवै समानको स्याम्पल देखाउन अस्पतालको कोभिड सामग्री खरिद शाखा समक्ष आग्रह गरेका थियौ तर आज सम्म खरिद सामग्रीको स्याम्पल देख्न पाइएको छैन । टेण्डर सम्झौता गर्ने सप्लायर्स रायन सप्लायर्स का संचालक सलामत रायनसँग सेटिङमा भएको यो सम्झौता वारे जिज्ञाशा राख्दा उनले स्पष्ट जवाफ दिन चाहेनन् तर वजारको प्रतिस्पर्धा भन्दा झण्डै दोव्वर मूल्यमा स्वास्थ्य सुरक्षा सामग्री किन्ने तारतम्य ले एक पटक फेरी सुलभ अग्रवाल र ओम्नी ग्रुपको स्मरण गराएको छ । स्वास्थ्य सुरक्षा सामग्री खरिद विषयमा सरकारी निकाय स्पष्ट र पारदर्शी हुन जरुरी छ । यो संकटको घडीमा राज्यका निकाय चनाखो भएर अनियमतिता गर्ने सेटिङ मिलाउने धन्दावाल लाई पहिचान गरी दोषीलाई दण्ड दिनु पर्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: