कुलो मिचेर पर्खाल लगाउँदा ‘बस्ती जोखिममा’, मुख्यमन्त्रीको ध्यानाकर्षण ‘आश्वासन’ मात्र ! 

सराङकोट न्यूज
1 July, 2020 10:43 am

पोखरा महानगरपालिका वार्ड नं. १४ स्थित नवरत्नटोलको ६ विसे खोल्छोमा मापदण्ड मिचेर भयानक पर्खाल लगाउँदा खोल्छो पारीको चाँदनी टोलको वस्ती उच्च जोखिममा परेको छ । केहि वर्ष पहिले नवरत्न टोलमा कालिदास पौडेल लगायतले १४ रोपनी जग्गा प्लेटिङ गरी वेचविखन गरेका जग्गाको डिल मुनी जग्गा कारोवारीहरुले खोल्छोको सार्वजनिक जग्गा मिचेर करिव १५ मिटर अग्लो ४० मिटर लामो कंक्रिट पर्खाल लगाएका छन् । प्राविधिक कमजोरीका कारण ६–७ मिटर पर्खाल ढलिसकेको छ भने वाँकी रहेको पर्खाल समेत कोल्टिएको छ ।

नवरत्न टोल तर्फ लगाइएको भयानक कंक्रिट पर्खालको कारण वर्खामा वढ्ने पानीको वहावले चाँदनी टोल तर्फको वस्ती कटानको कारण जोखिममा पर्न सक्ने भन्दै महानगरपालिका, वडा कार्यालय, मुख्य मन्त्री कार्यालय सम्म पुगि हार गुहार र ध्यानाकर्षण गराइसकेको पीडित फडिन्द्रमान वि.क.ले वताए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उक्त विषयमा ध्यानाकर्षण भएको भन्दै स्थलगत जाँचवुझ गर्न पठाइ निसाफ दिने आश्वासन दिएका थिए तर वर्खा लागि सक्दा पनि कुनै जाँचवुझ हुन नसकेको भन्दै स्थानियले गुनासो गरेका छन् ।

Advertisements

महानगरमा कुनै जानकारी समेत नगराई व्यक्तिगत जग्गा संरक्षण गर्न सार्वजनिक खोल्छोको जग्गा मिचेर पर्खाल लगाएको विवादमा ठेकेदारलाई प्रहरीले थुनेको थियो । वडा नं. १४ मा भएको वार्तामा पर्खाल भत्काएर ढुंगा समेत हटाउने जग्गा व्यापारी कालिदास पौडेल पक्षले सहमती पत्रमा सहि छाप लगाएको वडा कार्यालय ले वताएको छ । सहमती भएपनि पर्खाल भने हटाइएको छैन । यस विषयमा पर्खाल लगाउने पक्षका कालिदाश पौडेलसँग सम्पर्क गर्दा पौडेलले “आफ्नो ठेकेदारलाई प्रहरी थुनाबाट छुटाउन त्यस्तो पर्खाल हटाउने सहमती गरेको” बताए । उनले पर्खाल लगाउँदा महानगर सँग समन्वय नगरिएको स्वीकार गरे । आफू खुसी पर्खाल लगाउँदा सार्वजनिक जमिन मिचिएको अमिनलाई उद्घ्रत गर्दै स्थानियले वताएका छन् ।
पोखरा–१४ नम्वरको पुच्छर तर्फ रहेको उक्त छविसे कुलोमा हाइड्रो पावरलाई पानी पठाउँदा वस्ति नै संकट पर्न सक्ने देखिन्छ । महानगरले नागरिकको वस्ती संरक्षण सहित जग्गा व्यवस्थापन गर्ने हो भने झण्डै २०–२२ रोपनी जग्गा निस्कन सक्ने र त्यस ठाउँमा वसपार्क र फन पार्क निर्माण गर्न सकिने अवस्था छ तर महानगरले योजना ल्याएर लगानी गर्ने कहिले ?
अर्को तर्फ वस्ती जोखिममा पार्ने काम सिंचाई कार्यालयबाट भएको वुझिएको छ । सिंचाई कुलोको व्यवस्थापन र संरषण गर्नु पर्ने सिंचाई डिभिजन कार्यालयले सिंचाईको पानी हाइड्रोलाई छोडेको कारण समस्या थपिएको वताइएको छ । वर्षा लागिसकेको छ, कुलोको वहाव पर्खालमा ठोकिएर वारी वस्तीमा ठूलो क्षति पुग्नु अगावै वस्ती संरक्षण कार्य तत्काल गर्नु पर्ने देखिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: