खानी मजदुरद्धारा महानगरमा धर्ना

यदुनाथ बन्जारा
2 July, 2020 4:59 pm
Advertisements

पोखरा महानगरपालिकाले खानी वन्द गरेको कारण आफ्नो राजिरोटीमा समस्या परेको भन्दै वालुवा खानी मजदुरहरुले पोखरा महानगरपालिकामा विरोध स्वरुप धर्ना दिएका छन् । असार १७ गते करिव ३० जना मजदुरहरुले पोखरा महानगर परिसरमा असार मसान्त भित्र अन्य खानी सरह आफूहरुले काम गर्ने खानी खोल्नु पर्ने माग सहित मेयरसपाको ध्यानाकर्षण गराउन धर्ना दिन आएको ति मजदुरहरुले वताए ।
पोखरा–२५, हेमजामा रहेको सहश्रधारा खानीमा वालुवा चाल्ने, वोक्ने काम गर्दै आएका ५ सय वढि मजदुरको प्रतिनिधि गर्दै ३० जना करिव ले धर्ना दिन आएका थिए । सार्वजनिक वसहरु नचलेका कारण अरु साथीहरु आउन नसकेको धर्नामा सहभागी मजदुरहरुले वताए । हामी प्रतिनिधि पात्रको रुपमा मात्र यति आएका छौं हाम्रा कुरा सुनुवाई नभए सवै खानी मजदुुर आएर महानगर घेर्न तयार रहेको पनि उनिहरुले वताए ।
चालु आ.व. भित्र काम गर्ने सर्तमा रोयल्टी लिएर घाट खानी संचालनका लागि महानगरपालिकाले रामचन्द्र थापालाई अनुमती दिएको थियो । थापाले खोलाको किनारामा आफ्नो नम्वरी भित्रको जग्गा वालुवा निकालेको दावी गर्दै आएका थिए । उक्त घाटको विषयमा पटक पटक विवाद पर्दै आएको भएपनि दिर्घकालिन समाधान हुन सकेको छैन । महानगरले आफै रोयल्टी लिएर ठेक्का दिने र आफैले वन्द गर्दै आएको वर्षौ भइसकेको छ । महानगरका सूचना अधिकारी भरत पौडेलले असार महिनामा वालुवा खानी उत्खनन् गर्न नपाउने प्रावधान वमोजिम काम रोक्का गरिएको वताए । कुनै पनि ठाउँको खानी असार देखि भाद्र सम्म उत्खनन् गर्न नपाउने कानूनी व्यवस्था रहेको पौडेलले वताए । पोखरा महानगरले असार, साउन, भाद्रमा खोलाका घाट खानी उत्खनन् गर्न नपाउने बताइरहँदा पोखरा–२५ को गोस्ते घाट, गोज्जरी घाट, पोखरा–१ सिमपानीको लालटिन बजारघाट, कास्कीकै माछापुच्छ«े १ नं., २ नं. को भुर्जुङ खोला रातोपानी घाट लगायतमा अहिले पनि उत्खनन् र ओसार पसार जारी रहेको पाईएको छ । यस तर्फ नियमन र अनुगमन हुन नसक्दा कानुन कसैलाई काखा कसैलाई पाखा भएको छ । स्थानीय सरकार, प्रहरी प्रशासनको मिलेमतोमा ठेकेदारहरुले अनियमित उत्खनन्लाई जारी राखेको भन्दै छानविनको माग गरेका छन् ।
यता कोरोना भाइरस (कोभिड–१९) को लकडाउनका कारण ३ महिना सम्म घेराभित्रै वन्द रहेका मजदुरहरु काम गर्न नपाउँदा भोकमरी लाग्ने अवस्थामा पुगेको भन्दै स्थानिय सरकार प्रति आक्रोसित भएका छन् । सरकारले आफ्नो मात्रै स्वार्थ हेरेको र जनता प्रति अनुत्तरदायी रहेको ति मजदुरहरुले आरोप लगाएका छन् । अव तीन महिना कामै गर्न नपाउने हो भने हाम्रो र परिवारको जीवन रक्षा कसले गर्ने ति मजदुर प्रतिनिधिले भने ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: