२५ सयको थर्मल गन किन्न ७ हजार ८ सय पचासको टेण्डर पास

सराङकोट न्यूज
8 July, 2020 9:35 am

सेटिङमा टेण्डर गरिएको समान दिन समेत हप्तौ ढिला गर्दा पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सप्लायर्सलाई कुनै कारवाही गरेको छैन । कोभिड–१९ को जोखिमसँग लड्न आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीको खरिद सम्झौता २०७७ जेष्ठ ६ गते भएको थियो । सम्झौताको वुदां नम्वर ३ मा सम्झौता भएको एक हप्ता भित्र अर्थात् जेष्ठ १३ गते भित्र आइसक्नु पर्ने सामग्री ६ हप्ता कटिसक्दा पनि आइपुगेको छैन ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र जनकपुरको रायन सप्लायर्स वीच भएको स्वास्थ्य सुरक्षा सामग्री खरिद सम्वन्धि कार्य र तत्सम्वन्धि सम्झौता अव कार्यान्वयन गरिएमा सरकारी अस्पतालको लाखौं रुपैयाँ व्यर्थ खर्च भएको मानिने अवस्था आएको छ । ४१ लाख १४ हजारमा समान किन्ने सम्झौता हुँदा को वेलामा पनि वढि मूल्य राखेर सेटिङमा टेण्डर आव्हान गरिएको खुल्न आएको छ ।


क्षेत्रीय अस्पतालले टेण्डर गरेकै १० दिन अघि २०७७ वैशाख ८ गते प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराले टेण्डरबाट खरिद गरेको समान प्रकृतिका समानहरुको मूल्यमा असामान्य मूल्यान्तर रहेको पुष्टि भएको छ । क्षेत्रीय अस्पतालले १० आइटम भएको पि.पि.इ. सेट (लेभल ३) लाई ६ हजारमा खरिद गरेको छ जवकी आपूर्तिले ११ आइटम भएको लेभल ३ कै पिपिइ सेट ४ हजार ४ सय ५० मा किनेको पाइएको छ । यस्तै अस्पतालले ७८५० रुपैयाँमा खरिद सम्झौता गरेको आइआर थर्मल गन प्रदेश आपूर्ति केन्द्रले ३ हजार एक सय कम मा ४ हजार ७ सय ५० रुपैयाँमा खरिद गरेको पाइएको छ ।
खासगरी टेण्डर कल गर्ने कार्यालयले सुरुमै खरिद गर्ने समानको लागत निर्धारण (कस्ट इस्टमेट) गर्ने व्यवस्था छ । कस्ट इस्टमेट वाटै सुरु हुने गर्छ खरिद सम्वन्धि प्रकरण । तत्कालिन वजारको प्रतिस्पर्धी मूल्यलाई आधार मानेर गरिने इष्टमेट सर्भे नै अधिक राखेर टेण्डर आव्हान गरेको कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको टेण्डर महंगो पर्न गएको टेण्डर सम्वन्धि जानकारहरु स्वयम् वताउँछन् ।

Advertisements

किन गर्दैन टेण्डर रिजेक्ट ?

सम्झौता वमोजिम स्वास्थ्य सुरक्षा सामग्री आपूर्ति गर्न नसक्ने ठेकेदारलाई सोही सम्झौतामा टेकेर टेण्डर रद्द गर्न सक्छ तर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासन टेण्डर रद्द गर्ने तर्फ कुनै कारवाही अगाडि वढाएको छैन । स्वास्थ्य सुरक्षा सामग्री खरिदको लागि अस्पतालले जनकपुरका सलामत रायनको फर्म रायन सप्लायर्स सँग २०७७ जेष्ठ ६ गते सम्झौता गरेको थियो ।
कोभिड १९ को संक्रमण उपचार तथा व्यवस्थापनको लागि अत्यावश्यक सामग्री भएका कारण सम्झौता भए को एक हप्ता भित्र समान दिइसक्नु पर्ने उल्लेख गरिएको छ । तर ४५ दिन सम्म समान हस्तान्तरण र भेरिफिकेसन हुन सकेको छैन । आएका केहि समानहरु पनि नमुना पेश भएका भन्दा फरक र कमसल गुणस्तरको भएको भन्दै प्राविधिक समितिले अस्वीकार गरी पुन अर्को मौका प्रदान गरेको छ ।
कोभिड–१९ महामारी व्यवस्थापनका लागि तत्काल ऐन मौकामै जोहो गर्नु पर्ने स्वास्थ्य सुरक्षाका सामाग्रीहरु डेढ महिना सम्म आपूर्ति नगर्ने रायन सप्लायर्सको टेण्डर रद्द गरी हालको मूल्यमा ति समानहरु किन्ने हो भनि सरकारी अस्पतालको लाखौं रुपैयाँ वचत हुने निश्चित छ । ७८५० मा किन्न सम्झौता भएको थर्मल गर्न अहिले वजारमा २५०० देखि ३५०० सम्म पाइन्छ। अनलाइन मार्केटिङहरुले समेत होलसेलमा भारी छुट दिने गरी विज्ञापन गरिरहेका छन् तर पनि अस्पतला प्रशासन जानाजान चर्को र अस्वभाविक मूल्यमा ठेकेदारबाट समान किन्ने पर्खाइमा डेढ महिना देखि कुरेर वसेको छ। यो प्रकरणले अस्पताल प्रशासन सरकारी पैसा जोगाएर समान किन्न होइन ठेकेदारलाई नै पोषउन चाहेको वुझ्न सकिन्छ ।
ठेकेदार रायन सप्लायर्स स्वास्थ्य सुरक्षा सामग्रीको घट्दो मूल्य पर्खेर सस्तो मूल्यमा महंगो टेण्डरको झारा टार्ने प्रयत्न गरिरहेको यो प्रकरणले दर्शाएको छ । अस्पतालका लेखा प्रमुख निर्मल पौडेल समान समयमै सप्लाई नगरे ०.५ प्रतिशतका दरले जरिवाना लगाउने वताउँछन् । टेण्डर नै रद्द गरेर प्रति पटक ५ लाख सम्मको समान खुल्ला वजारबाट लिन पाउने प्रावधान वमोजिम काम गर्ने हो भने झण्डै आधा वजेट जोगाउन सकिने अवस्था छ ।
तर सम्झौताका सर्त उल्लंघन गर्ने वोलपत्र दातालाई वर्तमान कोभिड–१९ संकटको घडिमा कार्वाही गर्न गरिएको आलटाललाई अर्थपूर्ण ढंगबाट हेरिएको छ । सुरु वाटै भएको सेटिङ र पछिल्लो घडिमा भएको आलटालले मिलेमतो यो होकी भन्ने शंकाको फाइदा सृजना गरेको छ । म्याद गुज्रिसक्दा पनि कारवाहीको प्रकृया नथाली २५ सय को थर्मल गनलाई ७ हजार ८ सय पचास तिर्न तयार हुनुलाई किमार्थ राम्रो मान्न सकिन्न ।

 


Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: