सशस्त्र प्रहरीका एस.एस.पि. करणी आरोपमा पक्राउ

सराङकोट न्यूज
15 July, 2020 5:41 pm
Advertisements

शान्ति सुरक्षा प्रतिबद्धताको मुल नारा लिई स्थापित सशस्त्र प्रहरीका एक उच्च अधिकारी यौन काण्डमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी तालिम महाविद्यालय पोखरा छिनेडाँडाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी विरुद्ध चितवन घर भएकी एक महिलाले यौन हिंसा गरेको भन्दै उजुरी गरेपछि कास्की प्रहरीले आरोापी अधिकारीलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । नियन्त्रणमा लिएका एसएसपी अधिकारीलाई जिप्रका ल्याइदै गरेको र थप अनुसन्धान पछि विस्तृत विवरण सार्वजनिक गरिने कास्की प्रहरी प्रवक्ताले वताए ।
अपराध नियन्त्रण र शान्ती सुरक्षामा खटिएर कानुन कार्यान्वयनको अभिभारा वोकेका सशस्त्र प्रहरीका उच्च अधिकारी स्वयम् यौन काण्डमा मुछिनुले पवित्र संगठन माथि नै लज्जावोध गराउने काम भएको सशस्त्र प्रहरीकै कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: