एकता नै राष्ट्र, राष्ट्रियता र स्वतन्त्रता

शिवराज वस्ताकोटी (शिवदाई)
20 July, 2020 6:35 pm
Shiva Raj Bastakoti
Advertisements
Advertisements

जव देसमा संकट आइ पर्छ तव तव नेपालीहरु एक भएर एकता वद्द भएर लडेर देसको रक्षा गरेका महान कार्यहरु इतिहासमा पन्नामा अझै पनि जिवितै छन् । सायद विश्वमै नेपाल एक मात्र देस होला जो आफ्नो स्वभिमानले स्थापित र सार्वभौम सम्पन्न देस वन्न सकेको कारण र विश्व जगतमै आफ्नो वहादुरी देखाएर विश्वमै अलग पहिचान वनाउन सफल देस नेपाल नै होला । त्यसका लागि हाम्रा पुर्खाहरुको जुन वहादुरी देखाएर सिंगो नेपाल वनाएर आज हामीले गर्वका साथ हामीले नेपाली होउ र हाम्रो देस नेपाल हो भन्न पाएका छौ । यो कुरालाई हामी नेपालीले विर्सनु हुदैन पृथ्वी नारायण शाह भिमसेन थापा लखन थापा विर वलभद्र लगायत दर्जनौ वहादुर पुर्खाहरुले नेपाललाई वचाएर हामीलाई सुम्पेर यो धरतीबाट विदा भए । तर हामील्े वहाँहरुले दिएको सुम्पेको देस र देसनालाई न त रक्षा गर्न सकेका छौ न त पालना नै गर्न सकिरहेका छौ । हिजो पृथ्वी नारायण शाहले भनेको दुई ढुंगा वीचको तरुल जस्तो देसलाई अव हामीले तरुलबाट चट्टान वनाउन सक्नु पर्छ ।
तर यसो भनिरहँदा हामी अझै पनि सुरक्षित हुन सकिरहेका छैनौ सिमा क्षेत्रमा हामी थिचिदै मिचिदै आइरहेका छौ कारण हाम्रा शासकहरुमा राष्ट्र निर्भर भन्दा पनि परराष्ट्र निर्भर भएर शासन चलाउन खोज्ने प्रवृत्ति ले गर्दा हामी सदा कमजोर वन्दै गई रहेका छौ हिजो पुर्खाले जोडेको जमिनलाई पनि हामील्े जतन गर्न नसकेको कारण र स्वाभिमानलाई धान्न नसकेकै कारण हामी आज आएर कतै कमजोर निर्वल राष्ट्रको रुपमा विश्वमा चिनिएका त छैनौ भन्ने आभाष आम नेपालीमा हुन थालेको छ । सिमा क्षेत्रमा रहेका नेपाली जनताले समेत आफूहरु छिमेकी देसबाट असुरक्षित भएर हर पल वस्नु पर्ने स्थीति आउनु हामी सवैका लागि दुखदायी कुरा हो ।
त्यसैले अव भन्नै पर्छ हामी आम नेपालीहरुले सोच्नै पर्छ अव हामी गम्भीर हुनै पछ किन भने हामी छिमेकी राष्ट्रबाट मात्र होइन विश्व समुदायबाट पनि हेपिदै चेपिदै आएका छौ चाहे राष्ट्रको होस् चाहे राष्ट्रियताको विषयमा होस् चाहे धर्म संस्कृति जातजाती भाषा भेषका विषयमा होस् हामी हेपिदै चेपिदै आएका छौ कतै हामी अरु बाट संचालित भएका त छैनौ कतै हामी स्वचालित हृुन नसकेका त होइनौ भन्ने प्रश्नले जन्म लिएको छ वर्तमान राजनीतिक अवस्थाले पनि र नेताहरुकै तौर तरीका शैलीले समेत त्यस्तै संकेत गरी रहेछ ।
त्यसैले अव हामी जो जहाँ भएपनि स्वाभिमानी नेपाली वन्न सक्नु पर्ने अवस्था आएको छ पहिला हामी विर पुर्खाहरुले अर्कैको नेपालका वहादुर गोर्खालीका सन्तति होउ पहिला हामी स्वाभिमानी नेपाली होउ भन्ने कुराले सवैको मन मष्तिस्कमा जन्म लिनु पर्छ । तव मात्र हामीले ह्दय आत्म देखी हामी नेपाली होउ भन्न सक्ने छौ हामी स्वाभिमानी नेपाली वन्न सक्नेछौं ।
तर पछिल्ला घटनाक्रमले र परिस्थितिले गर्दा हाम्रो वर्तमानमा देखिएको अवस्थालाई नियाल्दा हामी पहिला नेपाली वन्न र भन्न भन्दा पनि हामी कांग्रेस कम्युनिष्ट लगायत विभिन्न पाटीका वनेका छौ हामी आम नेपाली विभिन्न पाटीका वन्ने नेताहरु विभिन्न राष्ट्रका वन्ने भएपछि अनि छिमेकी राष्ट्र र विश्व समुदायले हेप्दैन । त्यसैले त्यो हेपाई वाट त्यो थिचाई र मिचाइबाट मुक्त हुनका लागि पनि हामी अव पहिला नेपाली वन्नु पर्छ ।
नेपाली हामी कसरी रहौला नेपालै नरहे पाटी हामी कसरी खोलौला जनता नै नरहे देस कसरी वच्ला र यहाँ जनतानै नरहे भन्ने कुरालाई अव हामीले आत्म सात गरी अगाडि वढ्नुको विकल्प छैन । त्यसैले पहिला एक त्यसपछि अनेक जव वन्छौ अनेक अनि अनकेताको विचमा फेरि एकता वन्न सक्छ त्यसैले पहिला देस त्यसपछि वल्ल पाटी पहिला राष्ट्र राष्ट्रियता त्यस पछि स्वतन्त्र देसै नरहे राष्ट्रियता नै नरहे पछि अनि कसरी स्वतन्त्रता यति वेला हामीले जति स्वतन्त्रताको कुरा गरेपनि स्वय हाम्रा देसका नेताहरु समेत अन्तराष्ट्रिय शक्तिबाट स्वतन्त्र रहनेछन् भन्ने कुरा त सिमा क्षेत्र एमसिसि र विभिन्न घटनाक्रमले देखाइ हाल्यो । अव पहिला सिंगो राष्ट्रलाई सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र बनाउन हामी कांग्रेस कम्युनिष्ट होइन सच्चा देस भक्त स्वाभिमान वहादुर नेपाली वन्नु पर्छ त्यसका लागि अव पाटी विचार सिद्धान्तलाई पछाडि राखेर छातिमा हात राखेर नेपालको झण्डा समात्न सक्नु पर्छ त्यसो गर्दा चाइना भारत अमेरिका युरोपियन युनियन वा कुनै पनि राष्ट्र र त्यहाँका प्रमुख आफूहरुसँग रुष्ट हुन्छन् की भन्ने कुरा लिएर नेताहरुले राष्ट्र अहित हुने कुनै काम गर्नु पनि हुदैन न त कुनै पनि पाटीका कार्यकर्ता जनता पाटी रिसाउँछ कि नेता ज्यू रिसाउनु हुन्छ कि वहाँ रुष्ट हुनु हुन्छ कि भन्ने सोचेर पछाडि फर्कन खोज्नु हुदैन । पहिला राष्ट्र राष्ट्रियता अनि स्वतन्त्रता भन्ने नारालाई अव सवैल्े आत्मसात गरेर अगाडि वढ्नु को कुनै विकल्प पनि छैन ।
अव लैनचौर धाएर राष्ट्रियता हित विपरित कुनै कार्य नगरौं कुनै पनि राष्ट्र सानो हुँदैमा कमजोर हुदैन जहाँ स्वाभिमानी जनता र अटल साहसी शासक हुन्छन् त्यो देस कमजोर हुदैन । नेपालमा शासक पटक पटक छिमेकीहरुले चयन गरेका यहाँको प्रमुख जैले पनि उनिहरुको विवेकले वनेका कुरा पटक पटक नआएका पनि होइनन् । यहाँ सम्मकी नेपालमा जनयुद्ध हुनु राजसंस्था हट्नु धर्म निरपेक्ष हुनुमा पनि विदेशी शक्तिकै हात हो भन्ने कुरा हरु यसरी छताछुल्लै हुनुले हामी कति परशक्ति निर्भर रहेछौ त भन्ने प्रष्ट हुन्छ । स्वयं प्रधानमन्त्री ज्यूले समेत मलाई भारतको चासोमा प्रधानमन्त्री पदबाट हटाउने षडयन्त्र हुदैछ भन्नुले पनि के प्रष्ट पार्छ भने अझै नेपाली जनताप्रति स्वय शासकहरु यहाँका प्रमुखहरु लार्य समेत विश्वास रहेनछ कि भन्ने संकेत गर्छ । त्यसैले छिमेकी हरुकै तजविजमा विचार विवेकमै सवै हुने हो भने हामी लोकतन्त्रको नारा र गणतन्त्रको भाका किन मिलाई मिलाई स्वतन्त्रताको गित गाउनु प¥यो ।
हुन ता वुढा पाकाको भनाई छ आफ्नी छोरी नखरमाउली तन्नेरीलाई दोष आफ्नै देसका नेताहरु शासक हरु नै उस्तै भैदिए पछि छिमेकीहरुलाई गाली गरेर घाटी सुकाउदैमा केहि हुने वाला देखिदैन तैपनि अव हामी सम्पूर्ण देसवासी नेपाली पाटी विचार सिद्धान्छ भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियता वचाउन एक हुनुको विकल्प छैन ।
अव शासकहरुको घैंटोमा घाम लागोस् सारा नेपाली जनताको मन जागोस् जसले गर्दा नेपाली जनता र यहाँका शासक एकतामा बाँधिएको देखेर विदेशी शक्ति समेत रातारात भागोस् हो हामीले अव देसमा त्यस्तो अवस्था सृजना गर्नु पर्छ कि जसले नेपाल र नेपालीको स्वाभिमान माथि आच आउने र यहाँको भूमि मिच्ने कुनै पनि अहित हुने कर्तुत गरेमा हामी हिजोका अग्रेज जस्तो गरी धपाइन सक्छौ भन्ने कुराको चेतना ति विदेशी शक्तिमा आओस् । र अव नेपालमा नेपाली जनतामा पाटी विचार सिद्धान्त र नेता भन्दा पनि राष्ट्रियता प्रति मया मोह छ र अव नेपाली जनता त्यो भन्दा पनि माथि उठेर राष्ट्र राष्ट्रियताका लागि र स्वाभिमान वचाउनका लागि फेरि अर्को लडाई लड्न पनि पछि पर्ने छैनन् भन्ने कुरा देसी विदेशी अहितकारी शक्तिलाई सन्देश पुगोस् सिह सुतिरहदैन व्यूझन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: