अख्तियारले डामेका हेडसरको राजिनामा घुर्की कहिलेसम्म ?

सराङकोट न्यूज
23 July, 2020 10:05 am

गोगन मा.वि. गगनगौडांका प्रधानाध्यापक मोहनराज वरालले राजिनामा दिन्छु भन्दै घुर्की लगाउँदै आएका भएपनि राजिनामा दिएका भने छैनन् । आफ्नै सहकर्मी शिक्षकहरुलाई पनि मिलाएर राख्न नसक्ने वरालले पछिल्लो समय राजिनामा दिन्छु भन्दै हिड्न थालेका छन् । केहि अघि लकडाउनका अवधिको तलव २५ प्रतिशत मात्रै दिएको विषयमा सहकर्मीहरुले ¥याख्¥याख्ती पारेपछि वरालले राजिनामा दिने वताउँदै आएका थिए तर विव्यस समक्ष राजिनामा पुगेको छैन विव्यस अध्यक्ष मेघराज पौडेलले आफूले पनि प्रअले राजिनामा दिने हल्ला सुनेको तर राजिनामा नआएको वताए । राजिनामा आए स्वीकृत गरेर नयाँ प्रधानाध्यापक नियुक्ति प्रकृयामा जानुको विकल्प नरहेको अध्यक्ष पौडेलले वताए ।
डम्वर प्रसाद पौडेल प्रधानाध्यापक रहँदा विभिन्न वखेडा झिकेर वाक्क दिक्क वनाएपछि प्रअको पदबाट पौडेल वाहिरिए पछि मोहनराज वराल पुनः प्रधानाध्यापक नियुक्त भएका थिए विकल्प दिन सक्ने व्यक्ति नभएका कारण उनि दोहोरिएका थिए । मोहन राज वराल केहि वर्ष पहिला सोही विद्यालयमा प्रधानाध्यापक पदमा वहाल रहेका थिए । प्रधानाध्यापक पदमा वहाल रहँदा विद्यालयको आर्थिक हिनामिना गरेको प्रमाणित भई हिनामिना रकम समेत विद्यालयको खातामा असुल उपर गराइएका थियो । लेखापरीक्षकको प्रतिवेदन अनुसार आर्थिक हिनामिना गरेको पुष्टि भएपछि वराललाई प्रअको जिम्मेवारी मुक्त गर्न र दुई वर्ष सम्म विशेष जिम्मेवारी नदिन अख्तियारले निर्देशन दिएकोथियो ।
पछिल्ला झण्डै दुई वर्ष देखि मोहनराज वराल पुनः प्रधानाध्यापक को पदमा कार्यरत रहि आएका छन् । उनलाई लिटिल डाक्टर प्रकरणमा होम वहादुर वोहोरा लाई पैसा दिएको, महायज्ञको वोल कवुल पैसा उठाउन असक्षम रहेको, विद्यालयका आर्थिक कारोवार पारदर्शी गर्न नसकेको आरोप लागेको थियो ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: