वोतल पानी उत्पादक र विक्रेताको लुट, सत प्रतिशत नाफा खोरीलाई किन हुँदैन कारवाही ?

सराङकोट न्यूज
5 August, 2020 2:47 pm
Advertisements
Advertisements

नेपालको प्रचलित उपभोक्ता कानुनमा २० प्रतिशत भन्दा वढि नाफा लिएर कारोवार गर्नेलाई काला वजारी ऐन वमोजिम कारवाही हुने प्रावधान रहेको छ तर कतिपय व्यापारीहरुले कानुनको धज्जी उडाएर सतप्रशित सम्म नाफा लिएर उपभोक्तालाई ठगि गरिरहँदा पनि राज्य निरिह वनेर मौन वसेको पाइएको छ ।
पिउने पानीको उत्पादन तथा विक्री वितरण गर्दै आइरहेकाहरुले सवैभन्दा वढि उपभोक्ता अधिकारको खिल्ली उडाएका छन् । पोखरामा रहेका दुई दर्जन वढि पानी उत्पादकहरुले खुद्रा विक्रेतालाई सतप्रतिशत सम्म नाफा लिने गरी मुल्य प्रिन्ट गरेर वजारमा पठाइँदा त्यसको प्रत्यक्ष मारमा आम सर्वसाधारण उपभोक्ता परेका छन् ।
पोखरा १८ भकुण्डेमा रहेको नेपा फ्रेस स्प्रिङ वाटरका संचालक हिमलाल तिमल्सिनाले उत्पादन गरेको नेपा फ्रेस व्राण्डको पानि प्रति कार्टुन रु. १५० मा पसलमा विक्रीका लागि पठाउँछन् तर त्यही पानि पसलेले ३ सयमा उपभोक्तालाई विक्री गर्छन् । अर्थात् प्रति वोतल पानीमा खरिद मूल्यमा दोव्वर (सतप्रतिशत) नाफा खान्छन् पसलेले । यस्तै लेखनाथको स्पा ड्रप व्राण्डको पानीको वजार मूल्य प्रति वोतल २५ रुपैयाँ छ यसका पनि कम्पनीले दिने मुल्य प्रत्यके वोतल करिव १२ रुपैयाँ पर्न आउँछ ।
उपभोक्ता यसरी सिधै ठगिनुमा पानी उत्पादक कम्पनीको मूख्य भूमिका रहेको छ । उत्पादकहरु उपभोक्ताको होइन खुद्रा विक्रेताको हितमा काम गर्छन् । फाइदा कम आउने पानी विक्री गर्न खुद्रा विक्रेताहरु आनाकानी गर्छन् । उनिहरु पानीको गुणस्तर हैन नाफामा नजर लगाउँछन् त्यसैले पानि उत्पादकहरु लागतको दोव्वर मूल्य लाई अधिकतम खुद्रा मुल्य तोक्न वाध्य भएको वताउँछन् ।
तर वढि मूल्य राख्ने उद्योग मध्य नेपा फ्रेस स्प्रिङ वाटरका संचालक हिमलाल तिम्सिना आफ्नो पानी अरु उद्योगको भन्दा उच्च गुणस्तरको रहेको दावी गर्छन् । १९ ग्रामको वोतलमा मुलको पानी प्रशोधन गरी भरिएको वताए तर उपाभेक्तालाई दिने सहुलियत खोसेर खुद्रा विक्रेतालाई सय प्रतिशत सम्म नाफा किन दिन परेको भन्ने प्रश्नमा नाजवाफ रहे ।

सरकार असफल वन्यो

पानीमा जारी कालोवजारी नियन्त्रण गर्न सरकार असफल सावित भएको छ । पानीमा रहेको अस्वभाविक मूल्य कानुन वमोजिम समायोजन गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय गण्डकी प्रदेश कार्यालय पोखराले वोतल पानीको मूल्य प्रति वोतल १६ रुपैयाँ राख्न निर्देशन दियो तर पानी उत्पादकहरुले सरकारको निर्देशन मानेनन् व्यवसायीले २० रुपैयाँ तोक्ने अडान लिए । अधिकांस उदोगले अधिकतम खुद्रा मुल्य २० रुपैयाँ कायम गरे । यो ४० प्रतिशत नाफा हुन आउँछ ।
नीतिगत रुपमा पानीको मूल्य १६ नै हुनु पर्ने वहस चलिरहँदा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा गएर फाइल अड्कियो । मन्त्री विकास लम्साललाई केहि उद्योगीले गलाएर २० रुपैयाँ नै मुल्य कायम कायम गर्ने अलिखित सहमती भयो । प्रदेश मन्त्रालयले नै मूल्य घटाउन चासो नदिएपछि कास्की प्रशासन पनि मुझाएको थियो । यस कारण उद्योगीहरु ४० प्रतिशत नाफा दिएर उपभोक्ता र उत्पादकको वीचमा रहेका खुद्रा व्यापारीलाई पोसाउन लागे ।
अहिले पोखराका केहि पानी उद्योगीहरुले मनोमानी ढंगबाट मूल्य वढाएका छन् । सरकारी निकायको कमजोरीको फाइदा उठाएर पानीको मूल्य प्रति वोत्तल २५ रुपैयाँ पु¥याएका छन् । साढे वाह्र रुपैयाँको डिलर मूल्य रहेको पानी सत प्रतिशत नाफा लिएर २५ रुपैयाँ मूल्य राखेर कालावजारी धन्दा गर्दै आएको पाइएको छ ।
पोखरा र आसपासका पानी उद्योग मध्य लेखनाथको स्याफ्रोन खानेपानी उद्योगको स्पा ड्रप व्राण्डको पानी, पोखरा १८ को नेपा फ्रेस स्प्रिङ वाटर कम्पनीको नेपा फ्रेस व्राण्डको पानी र धम्पुस स्प्रिङ वाटरको पानीको प्रति वोतल मूल्य २५ रुपैयाँ तोकिएको छ । धम्पुस स्प्रिङ मिनिरल वाटरका संचालक सुनिल गौतम आफ्नो पानी गुणस्तर युक्त भएकोले मूल्य बढाइएको स्वीकार गर्छन् तर खुद्रा विक्रेतालाई सत प्रतिशत नाफा दिएर उपभोक्तालाई वेवास्ता गरेको वारेमा उनी नाजवाफ रहे ।
राज्यका सरोकारवाला निकायहरुको फितलो अनुगमन र कारवाहीमा खुट्टा कमाउने प्रवृत्तिका कारण उत्पादक र विचौलिया मोटाइरहेका छन् भने उपभोक्ता आफ्नै हक हित विपरित दोव्वर मूल्य तिरेर पानी किन्न वाध्य भएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका ति निर्देशक गोकुल शर्मा बजार अनुगमन गरी मूल्य वृद्धि गरेको पाइएमा कडा कारवाही गरिने वताउँछन् । वजारमा व्याप्त अराजकता वारे उनले अनभिज्ञता प्रकट गरेका छन् । उपभोक्ता मञ्च गण्डकी प्रदेश संयोजक कपिलनाथ कोइराला भएको निर्णय कार्यान्वयन नुहुनमा एक दुई व्यवसायीको दवाव र प्रभावले भूमिका खेलेको र त्यो उपभोक्ताको पक्षमा दुःखद भएको वताउँछन् ।
सरकारले कानुनको कार्यान्वयन गरी उपभोक्तालाई राहत दिनु पर्नेमा उदासिन रहेर उल्टै कानुन विपरित हर्कत् गर्नेहरुलाई संरक्षणमा गर्न लागेको वुझ्न सकिन्छ । सत प्रतिशत वढि मूल्य नाफा खाएर व्यापार गर्नेलाई कस्तो कारवाही हुन्छ त्यो भने हेर्न वाँकी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: