स्वास्थ्य संस्था संचालनमा अनियमितता, नविकरण नगरी अस्पताल संचालन

यदुनाथ बन्जारा
11 August, 2020 11:37 am

स्वास्थ्य संस्था र चिकित्सा क्षेत्रमा देखिएका विसंगती र वेथितिहरुका बारेमा सराङकोटले निरन्तर खवरदारी जारी राखेको छ । दर्ता स्वीकृति नै नलिई विरामी जाँच्ने अस्पताल हुन् या विभागिय स्वीकृति नै नलिई १० ठाउँमा चाहार्ने सरकारी चिकित्सक हाम्रो निगरानीमा परिरहेकै छन् ।
स्वास्थ्य क्षेत्रलाई व्यापारमुखी भन्दा सेवामुखी वनाउन जरुरी रहेपनि त्यसले मूर्त रुप लिन सकेको छैन । स्वास्थ्य संस्था संचालन गर्न राज्यले जारी गरेका कानुनलाई लत्याएर मनोमानी गर्ने क्रम पनि रोकिएको छैन । वरु छिट्टै लगानी उठाएर नाफा कमाउने होड जस्तै चलेको देख्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा सराङकोटले प्रत्येक हप्ता जस्तो उजागर गरेका विषयमा सुधारका संकेत पाइएको छ । नियमनकारी निकायको आँखाको पट्टी खुलाउन पनि खवरदारी गर्नु नै पर्ने अवस्था छ ।
यस अंकमा हामी नविकरण नगरी चलाइएको अन्नपूर्ण महिला तथा वाल अस्पतालको विषयमा खोजतलास गर्दछौ । पोखरा महानगरपालिका वार्ड नं. १० मा रहेको अन्नपूर्ण महिला तथा वाल अस्पताल करिव ३ वर्ष अगाडि दर्ता भएपछि अहिलसम्म नविकरण गरिएको छैन । २०७४ कार्तिक २७ गते दर्ता भएको उक्त अस्पताललाई एक वर्ष भित्र नविकरण गर्ने गरी २५ शैंया संचालन स्वीकृति प्रदान गरिएको थियो । अमरसिंह चोकमै रहेको पार्कल्याण्ड अस्पतालबाट उजुरी दिएपछि ५ सय मिटर दुरीभित्र स्थापित उक्त अस्पतालले महिला तथा वाल विशेषज्ञ अस्पतालको रुपमा संचालन अनुमती दिइएको थियो ।
सुरु दर्ता पछि आजसम्म एक पटक पनि नविकरण नगरी संचालन भइरहेको अन्नपूर्ण अस्पताल सम्वन्धमा राज्यको ध्यान पुगेको छैन । अस्पताल होकि रासन पसल नविकरण विनै निर्वाध चलेको छ । भौतिक पूर्वाधार तथा मापदण्डको वारेमा पनि मौन वसेको छ राज्य । महिला तथा वाल अस्पताल संचालनको ३ वर्ष पुग्दा पनि अस्पतालमा लिफ्ट र ¥याम्प केहि नहुँदा विरामीलाई स्टेचर र झोलुंगेमा राखेर तीन तला माथि पु¥याउन पर्ने अवस्था छ । संचालन पूर्व नै पु¥याउनु पर्ने न्यूनतम मापदण्ड ३ वर्ष सम्म पुगेको छैन । महानगर भित्रै पर्ने मुख्य राजमार्ग छेउको अस्पताल को यो हालत छ भने कुना कानीका अस्पतालको के हालत होला सहजै अनुमान लगाउन सकिन्छ।
अस्पताल प्रशासन सँग वुझ्दा ३–४ दिन भित्रै अस्पताल नविकरण गर्ने वताइयो । प्रवन्ध निर्देशक डाक्टर शंकर पौडेलले भने लिफ्ट जडानको प्रकृया सुरु भएकोले पहिला नविकरण गछौं पछि लिफ्ट राख्छौं । तर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा भन्छन् उधारो सर्त राखेर अस्पताल नविकरण गदैनौ । मानव स्वास्थ्यको उपचार जाँच पड्ताल गर्ने स्वास्थ्य संस्था नविकरण नगरी चलाउँदा समस्या आउन सक्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: