रवर जस्तै तन्केको दुधको रहस्य गर्भमै

सराङकोट न्यूज
21 August, 2020 4:54 pm

पोखरा–२४, कास्कीकोटका युवा कृषक तिर्थ सुवेदीले ८–१० वटा भैंसी पालेका छन् । दैनिक ५०–५५ लिटर दुध पोखरा ल्याएर विक्री गर्दै आएका छन् । यस्तै क्रममा श्रावण २३ गते शुक्रबार सदा झै उनले आफ्नो नियमित ग्राहक न्यूरोडका पदम श्रेष्ठको घरमा दुध ल्याए । वेलुका तताउने वेलामा दुध उम्लन लाग्दा चलाउने क्रममा रवर जस्तै तन्कियो अस्वभाविक रुपले । त्यो दुश्य हेर्दा लाग्थ्यो कि त्यो दुध नभएर फेविकलको जस्तै वाक्लो पदार्थ हो । झण्डै ३ मिटर सम्म लामो भएको त्यो दुधको नयाँ स्वरुपलाई भिडियोमा कैद गरियो ।
दुधबाट अचम्मको तन्कने वस्तु वनेपछि त्यसबारे जिज्ञाशा उत्पत्ती भयो र जवाफ खोज्ने प्रयत्न स्वरुप मैले सामाजिक संजालमा पोष्ट गरे । ग्राहक स्वयम् पदम श्रेष्ठले पनि सामाजिक सञ्जालमा पोष्ट गरे । वाल वच्चालाई खुवाउन किनेको दुधले अस्वभाविक र अपत्यारिलो रुप लिएपछि हामीले गरेको पोष्ट सामाजिक संजालबाट भाइरल वन्न पुग्यो । एक लाख ३३ हजारले भ्यू गरेको उक्त पोष्टलाई १९ सय भन्दा वढीले शेयर गरेका छन् । डेढ सयको हाराहारीमा कमेन्ट गरिएको छ ।
यो हामीले जिज्ञाशा र जानकारीको लागि मात्र गरेका थियौ । सचेत उपभोक्ताहरुले गंभिर चासो दिएर उक्त पोष्टलाई लाखौं पाठक र दर्शक समक्ष पु¥याउने काम गरेका छन् । राज्यका निकायले पनि आफ्नो ध्यानाकर्षण भएको भन्दै दुई दिन भित्रै रेस्पोन्स ग¥यो । उपभोक्ता मञ्चका गण्डकी प्रदेश संयोजक कपिलनाथ कोइरालाको पहलमा खाद्य अनुसन्धान अधिकृत प्रसान्त पोखरेल सहित उपभोक्ता पदम श्रेष्ठकै निवासमा पुगेर किसानलाई रोहवरमा राखेर नमूना संकलन सहित मुचुल्का गरेका थे ।

के रहेछ कारण ?

लाखौं पाठक शुभचिन्तकहरुको जिज्ञाशालाई जवाफ दिनु हाम्रो मुख्य दायित्व रहेको छ । दुध कसरी यति लामो तन्कियो त्यहाँ के तत्व छ जसले दुधलाई फेविकल जस्तै इलाष्टिक वनाएको छ भन्ने विषयमा वुझ्ने क्रममा किसान तिर्थ सुवेदीले वासी दुध मिसाएको कारण फाट्न पुगेको स्वीकार गरेका छन् । अघिल्लो दिनको दुध फ्रिजमा राखेको तर फ्रिज विग्रेका कारण ताजा दुधमा मिसाएर ल्याउँदा दुध फाट्न गएको कृषक सुवेदीले वताए । त्यस दिनको दुध अन्यत्र पनि फाटेको तर यस्तो तन्केर लामो वनेको वारे थाहा नपाएको वताउँछन् ।
खाद्य अनुसन्धान अधिकृत प्रसान्त पोखरेलले लगेको नमूना परीक्षणको नतिजा अनुसार दुधमा प्रोटिन वढि भएको र छिना र पानी छुट्टिदा प्रोटिन (केजिन) तन्कने वताइयो । प्रशान्त पोखरेलका अनुसार उक्त नमूनामा सोडा र चिनी मिसाइएको पाइएन तर अन्य केमिकल भए नभएको बारे जाँच गरिएन किसानको भनाई अनुसार पनि अन्य वस्तु केही नराखेको दावी गरे । प्लाष्टिकको थैलोमा टुप्पी वाँधेर ल्याइएको दुध तताउँदा देखिएको अस्वभाविक लाग्ने तत्वको वारेमा नांगो आँखाको धारणा उपयुक्त हुने छैन उता राज्यका निकायले गहिरो अध्ययन गरेन । वासी दुधलाई ताजा दुधमा मिसाएर नवेच्न सुझाव दिएर किसान विदा भए ।
देश विदेशमा रहनुभएका लाखौं पाठक र दर्शकहरुको जिज्ञाशा मेटाउन हामी पूर्ण सफल हुन सकेनौ, स्पष्ट पार्न सकेनौ । किसानले गल्ती गरे, उपभोक्तालाई धोका दिए भन्ने विषयमा हामीलाई विश्वास छैन तर के को संक्रमण भएर दुध रवर जस्तै २÷३ मिटर सम्म तन्कियो भन्ने विषय रहस्यकै गर्वमा रहि रह्यो ।

Advertisements

https://www.facebook.com/100000006894416/videos/3526549860688542/?extid=kis9ZqlMBoL76Z4x

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: