पर्वतमा राहतको चामल कुहाएर पसलेलाई विक्री गरेको खुलासा

सराङकोट न्यूज
25 August, 2020 10:08 am

नेपालमा वेला वेलामा आइरहने विपत्ति र महामारी धेरैलाई अभिसाप भएपनि केहिलाई भने वरदान नै हुने गरेको छ । भुकम्पका वेला २०७२ सालमा कतिपय नेता र कर्मचारीले राहतको जस्ता र त्रिपाल समेत वेचेर खाए, वाढीपहिरो नियन्त्रणका लागि आएको तारजाली आफ्नै घरखेतमा लगाएको खवर पनि आए ।
पछिल्लो समय कोरोना महामारीले नेपाल पनि आक्रान्त पारेको छ । आम जनता घर भित्र छन् तर केहि मन्त्री, उच्च सरकारी अधिकारी देखि जनप्रतिनिधिहरु भने कोरोनाको नाममा चाँदी कटाई गर्न व्यस्त छन् । स्वास्थ्य सुरक्षा सामग्रीको खरिदमा देखिएको करोडौंको कमिशनको खेलको दुर्गन्ध छ्यालव्याल भएको छ । अख्तियारले केहि कमिशन खोरहरु लाई छानविनको दायरामा राखेको छ ।
यस्तै पछिल्लो घटना पर्वतमा फेला परेको छ । पर्वतको कुश्मा नगरपालिका वार्ड नं. १४ (आर्थर) मा राहतको लागि ल्याइएको चाम सडेगलेको अवस्थामा स्थानियले फेला पारेका छन् । फेला परेको ३० वोरा भन्दा वढि चामलमा हरियो ढुसी लागेका अवस्थामा फेला परेको वताइएको छ ।
राहतको चामल विक्री नगरी पञ्चकोशी मा.वि.को कक्षा कोठामा लुकाई राखिएको र लामो समय सम्म कोठा भित्र राख्दा उक्त चामल कुहिन लागेको अवस्थामा फेला परेपछि स्थानिय सचेत युवाहरुले वडा अध्यक्ष भिम वहादुर गुरुङ ल्याई ¥याख्¥याख्ती पारेका थिए ।
राहतको चामल किन सढाएर राखेको भन्ने हाम्रो जिज्ञाशामा क्वारेन्टाइनमा खुवाउन राखेको पहिलो जवाफ दिएका थिए । कुहिएको चामल क्वारेन्टाइनमा राखिएकााहरु लाई खुवाउन मिल्छ भन्ने हाम्रो अर्को प्रश्नमा उनले त्यो चामल पसलमा विक्रीको लागि दिएको वताए । वडाअध्यक्ष गुरुङको दुई वटै भनाई शंकास्पद छ । वडा अध्यक्ष गुरुङले राहतको लागि ३ महिना पहिला ल्याएको चाम सड्ने वेलासम्म किन राखेका थिए भन्ने एउटा प्रश्न उव्जेको छ भने राहतको चामल कुन पसलमा कसलाई वेचेका थिए भन्ने विषय थप रहस्यको विषय वनेको छ ।
कोरोना महामारीका वेला कसैले एक छाक खान पाएका छैनन् भने जनप्रतिनिधि कुश्मा नगरपालिका वार्ड नं. १४ आर्थरका वडा अध्यक्ष भिम गुरुङले चामल सडाएर राखेका र पसलमा विक्रीका लागि पठाउने गरेको कुरा स्वयमले वताएबाट जनताका लागि प्राप्त भएको राहतको चामलमा अनियमितता भएको आशंका उव्जिएको छ । सत्य तथ्य छानविन गरिनु पर्ने स्थानियले माग गरेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: