पोखरामा डेरी पसल अनुगमन, म्याद गुज्रेका नक्कली घ्यू नष्ट

सराङकोट न्यूज
8 September, 2020 3:46 pm
Advertisements
Advertisements

वजारमा हुने खाद्यमा मिसावट, उपभोक्तामाथि हुने ठगि, नियन्त्रणका लागि सरकारले विभिन्न संयन्त्र परिचालन गरी अनुसन्धान र कारवाही गर्दै आएको छ । वजार अनुगमन पनि सुचारु नै देखिएको छ तर पनि वजारको छाडापन अझै उस्तै छ । अनुगमन आउँछ कारवाही पर्छु भन्ने जानकारी व्यापारीलाई थाहा भएर पनि कतिपयले त्यसलाई टेर पुच्छर लगाएका छैनन् । अनुगमनले भेटिहाले जे त पर्ला त्यहि वेला गरौला भन्ने सोच कतिपय व्यापारीहरुमा अझै उस्तै रहेको पाइन्छ । कानुन वलियो भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएका कारण कतिपय व्यापारीको मति अझै सुध्रिएको छैन भन्ने वुझ्न गाह्रो पर्दैन ।


भाद्र २१ गते आइतवार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा संयुक्त वजार अनुगमन टोलीले पोखराका केहि डेरी पसलहरु र शान्तीवन स्थित कृषि वजार (सव्जी मण्डी) को अनुगमन गर्ने क्रममा सवै जसो पसलमा कैफियत फेला परेको छ । डेरी जन्य पद्धार्थहरुमा डरलाग्दो कैफियत फेला परेको छ । पोखरा–८ सभागृह चोकमा रहेको दया दाईको सप्लायर्समा विक्रीका लागि राखिएका ६० लिटर घ्यू म्याद गुज्रिएको पाइयो ति मध्य सिन्धुली गोकुल नामको लेवल टाँस गरिएको ३३ किलो घ्यूको गुणस्तर न्यून र अखाद्य अन्य पद्धार्थ मिसावट गरिएको हुन सक्ने आशंकामा अनुगमन टोलीले नमूना संकलन गरी परिक्षणको लागि पठाएको छ ।
पोखरामा मिसावट युक्त न्यून गुणस्तरको घ्यू विगत केहि वर्ष अगाडिबाट विक्री कारोवार हुँदै आएको पुष्टि भएको विषय हो । ३ वर्ष अघि विएनडी एम.एन.डी. जस्ता नामका ¥यापर खोलमा विभिन्न डेरी पसल र सुपरमार्केट र किराना खाद्यान्न पसलमा विक्रीका लागि राखिएका अवस्थामा ठूलो परिमाणमा घ्यू वरामद गरी नस्ट गरिएको थियो ।
आइतवार गरिएको वजार अनुगमनका क्रममा गोकुल व्राण्ड अंकित लेवल नलगाईएको आधा लिटर वट्टामा राखिएको घ्यू र खुल्ला महको नमूना दया दाईको सप्लायर्सबाट संकलन गरिएको छ । शुद्ध र लोकल डेरी उत्पादन दुध दहि घ्यू विक्री गर्ने दावी गर्दै विगत आठ वर्ष देखि व्यवसाय गर्दै आएका दया अस्मिता सुवेदीले नक्कली र मिसावट युक्त घ्यू आफ्नै पसल वाट विक्री करोवार गर्दै आएको खुलेको छ । सस्तो मूल्यका घ्यू त्यो पनि म्याद नाघिसकेको अवस्थामा ¥याक भित्रैबाट वरामद भएपछि सेतो दुध भित्रको कालो धन्दा वाहिरिएको छ ।
अनुगमन टोलीले गोकुल सिन्धुली लेखिएको घ्यू सम्वन्धमा सोधपुछ अगाडि वढाएको छ । उक्त घ्यू कहाँ उत्पादन हुन्छ भन्ने आफूलाई कुने जानकारी नभएको दया सुवेदीले वताए । आफूलाई वगरबाट प्रदिप श्रेष्ठले ल्याइदिएको सुवेदीले वताए । त्यस्तो सस्तो घ्यू होटल र क्याटरिङ व्यवसायीहरुले सेल रोटी पकाउन लैजाने गरेको वताए । यस वारेमा प्रदिप श्रेष्ठसँग वुझ्दा ७÷८ महिना पहिलाबाटै गोकुल घ्यूको कारोवार छोडिसकेको वताए । पसलले म्याद भित्रै फिर्ता नगर्नु आफ्नो कमजोरी नरहेको श्रेष्ठले वताए ।
यस वाहेक आइतवार विरौटाको दुई वटा डेरी पसलमा पनि टोलीले अनुगमन गरेको थियो । दुईवटै पसलमा लेवल नभएका घ्यू विक्रीका लागि राखिएको भेटिएपछि ३ दिन भित्र आफ्नो सम्पूर्ण सक्कल कागजपत्र सहित निर्देशनालयमा हाजिर हुन निर्देशन दिइएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा, सदस्य सचिव भरतमणी वराल अधिकृत प्रदिप कुमार रेग्मी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख शिवजी वराल, उपभोक्ता मंच जण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला प्रशासन कार्यालय कास्कीका ना.सु. इन्द्र पौडेल सहित पत्रकार महासंघ कास्कीका प्रतिनिधि यदुनाथ वञ्जारा सहितको टोलीले वजार अनुगमन गरेको थियो ।
यस्तै अनुगमन टोलीले पोखरा ५ मा नक्कली घ्यू वनाइ कास्की जिल्ला र आसपासका जिल्लामा विक्री गर्ने कुशल नामको घ्यूको विक्री र सप्लायर्स नै वन्द गराएको थियो । मानव स्वास्थ्यलाई उपयोगी हुने घ्यूको समेत अनियमित कारोवार गरी जनस्वास्थ्यमा खेलवाड गर्ने तत्व उपर कानुन वमोजिम कारवाही गर्न कुनै सम्झौता नहुने निर्देशक गोकुल शर्माले वताउँछन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: