गायक संजिव दर्नालको नयाँ म्युजिक भिडियो बजारमा

सराङकोट न्यूज
15 September, 2020 10:13 am
Advertisements

रजित श्रेष्ठ/पोखरा
गायक संजिव दर्नालले नयाँ म्युजिक भिडियो बजारमा ल्याएर आएका छन्। दर्नालको सुमधुर आवाजमा सजिएको गीत “तिमि संग भेट ”को म्युजिक भिडियो आउदो बिहिवार सार्वजनिक हुने भएको छ । फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याउन आफ्नो साँगेतिक यात्रा सुरु गरेका दर्नाल हालै विश्वभर फैलिएको कोरोना महामारीको सन्दर्भलाई समेटेर जनचेतनामुलक म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन् ।

वैदेशिक रोजगारीको सिलशिलामा प्रवास पुगेका गायक दर्नालले आफ्नो कला र प्रतिभालाई उजागर गर्न र गित संगीतको जगेर्ना गरनको लागि पहिलो गित लिएर आएको उनि बताउछन। पर्वत जिल्लाको मोदी गाउँपालिका लप्सिबोटका सन्दिप हाल दक्षिण कोरियामा कार्यरत छन ।

बाल्यकाल देखिनै गित संगीत र साहित्य तर्फ कविता गजलमा रुचि भएका अत्यन्तै प्रभाव सहाली सुमधुर स्वरका धनि दर्नालले यस अघि पनि गीतमा रचना गरे पनि सार्वजनिक भने भएका छैनन्।
गीतमा कोरोना भाइरसले संसार तरंगित भैरहेको बेला यसको संत्रास र स्वास्थ्य सुरक्षामा ध्यान बढी जोड दिइएको छ। मान्छे मान्छे बीच एकअर्कामा संकोस् मान्नु पर्ने भएको अवस्थामा घरपरिवारको याद , रोगलाई प्रास्त पार्ने हौसला र प्रवासमा रहेका समस्त नेपालीको पिडा समेटिएको छ।
संजिव दर्नालको शब्द, संगीत रहेको उक्त भिडियोमा सुबास गुरुङको म्युजिक एरेन्जर ,राम बास्तोलाको निर्देशन रहेको छ भने श्रेय महर्जन, दिपेश क्षेत्री, प्रज्वल भित्रकोटीको अभिनय रहेको छ।
त्यसैगरी भिडियो गित रेकर्डिङ Bubble Gum Studio Korea मा गरिएको छ। विदेशी भूमिमा पसिना बगाएर आफ्नो मौलिकता र आफ्नो पन नबिर्सी नेपाली गित संगीतलाई निरन्तरता दिने प्रयास गरेका गायक
दर्नालले क्रमश सांगेतिक क्षेत्रमा अग्रसर रहने जनाएका छन।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: