पक्राउको डेढ घण्टामै कसरी छुटे तुलाचन ?

सराङकोट न्यूज
16 September, 2020 9:33 am
Advertisements
Advertisements

भाद्र २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दितिज तुलाचन डेढ घण्टामै छुटेर पसल पुगेको देख्दा स्थानिय र छरछिमेकीहरु छक्क परे । करिव ४ वजे सादा पोसाकका प्रहरीले स्क्रिनिङ गर्दै पछ्याएर पक्राउ परेका तुलाचन र उनका कर्मचारीलाई वैदाम प्रहरीको भ्यानमा हत्कडी समेत लगाएर ठूलै अपराधीलाई झै पक्रेर २–४ मुक्का हान्दै लगिएका ति युवालाई छुटाउन प्रहरी किन यति हतारियो भन्ने विषयले चर्चा पाएको छ ।
लागु औषध कारोवार गर्ने गरेको आशंकामा सुराकी पाएर अनुसन्धान गर्न पक्राउ गरिएको वैदाम प्रहरी प्रमुख प्र.ना.उ. यादव ढकालले वताएका छन् तर पक्राउ परेका व्यक्तिलाई कार्यालय पु¥याउन नभ्याउँदै उनले कस्तो अनुसन्धान गर्न सफल भए त्यो खुल्न वाँकी नै छ । पक्राउ परेका व्यक्तिको पसलबाट झण्डै एक मिटर, लामो तरवार समेत प्रहरीले वरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मातहतका युनिटहरुले जुनसुकै आरोप वा प्रमाणमा मानिस पक्राउ गरे पनि त्यसको जानकारी जिल्ला प्रमुख र सूचना अधिकारीलाई रिपोटिङ गरिन्छ । हामीले सूचना लिन पनि एक द्धार प्रणाली लागु गरिएको छ तर पोखराको मुख्य वजार पृथ्वीचोक वाट पक्राउ गरी लगिएको ४ दिन वितिसक्दा पनि त्यो पक्राउ र तत्काल रिहाई प्रकरणका वारेमा जिल्ला प्रहरी कार्यालय वेखवर रहेको पाइयो । सूचना अधिकारी प्र.ना.उ सुवास हमाल र जिल्ला प्रहरी प्रमुख प्र.उ. जीवन श्रेष्ठसँग वुझ्दा कुनै जानकारी नभएको उत्तर पाइयो। त्यसपछि वैदाममा वुझ्दा मात्र पक्राउ गरेको र तत्काल रिहाई गरेको जानकारी हुन आयो ।
दितिज तुलाचनको गिरफ्तारी यति किमतिलो छ भन्ने वैदाम प्रहरीले भेउ पाउन सकेन दृश्य अदृश्य शक्तिकेन्द्रका दवाव र प्रभावमा कास्की प्रहरीले दरिलो खुट्टा टेक्न सकेन या जिल्लामा राखिएका ५ र वैदाममा राखिएका ४ जना घुमुवा प्रहरीको जासुसी संयन्त्रले तथ्य सूचना संकलन नै गर्न सकेन भन्ने प्रश्न उठेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: