कोभिडका वीचमा मजदुर अधिकार खोजिदै, स्वयम् सेवकहरुका लागि अभिमुखिकरण सम्पन्न

सराङकोट न्यूज
26 September, 2020 6:26 pm

यातायात क्षेत्रमा कृयासिल संघ–संस्थाहरु ITUK, NAC, FNV, DTDA को संयुक्त आयोजनामा स्वयम्सेवकहरुका लागि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । NTUC, GFOD र ANTUK को संयुक्त व्यवस्थापनमा अखिल नेपाल स्वतन्त्र यातायात मजदुर संगठनको कार्यालयको सभाहलमा भएको कार्यक्रममा स्वयम्सेवकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा वर्तमान परिवेशमा विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को सचेतनाको वारेमा नेपाल जनस्वास्थ्य सेवा गण्डकी प्रदेशका तर्फबाट नारायण वराल र सविन लामिछानेले सहभागिहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । सोही कार्यक्रममा कोभिड-१९ को वारेमा जनचेतना फैल्याउन खटिने स्वयम् सेवकहरुलाई प्रशिक्षण दिइएको घनश्याम रेग्मीले वताए ।


सोही अभिमुखिकरण कार्यक्रममा जिफन्टका गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले श्रमिक मजदुरको पारिश्रमिकको विषयमा भएको विद्यमान व्यवस्था र त्यसको चुनौतीका विषयमा प्रष्ट पारेका थिए भने अन्टुकका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले सामाजिक सुरक्षा कोष वारेमा प्रस्ट्याएका थिए । कार्यक्रममा तीन वटा मुलधारका मजदुर संघ संगठनमा आवद्ध श्रमिक मजदुरहरुको सहभागिता रहेको कार्यक्रम व्यवस्थापकले वताएक ाथिए ।
असोज ७ गते आयोजित कार्यक्रम NTUC का अध्यक्ष तथा JTUCC का संयोजक मुरारी शर्माको सभापतित्वमा भएको थियो । संयोजक मुरारी शर्माले मजदुर एकता नभै कुनै पनि सुविधा हासिल गर्न नसक्ने वताउँदै सरकारले कानुन वनाएर हैन वनाएको कानुन कार्यान्वयन गर्न अग्रसर हुनु पर्ने वताए ।
सामाजिक सुरक्षा र न्यूनतम ज्याला वारे छलफल
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद् सम्वद्ध सरोकारवाला हरुसँग सामाजिक सुरक्षा र न्यूनतम ज्याला सम्बन्धि वृहत् छलफल कार्यक्रम असोज ८ गते सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघमा आवद्धता हासिल गरेका मुल धारका तीन मजदुर संगठन का अगुवा कार्यकर्ताहरु, यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष, व्यवसायी प्रतिनिधि, श्रम तथा रोजगार कार्यालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी सहितको छलफल कार्यक्रममा राज्यले दुई वर्ष पहिल्यै जारी गरेको सामाजिक सुरक्षा कोष र न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनमा ल्याउन आवश्यकता औल्याउँदै त्यसमा सम्वद्ध सवै सरोकारवाला निकाय हरुले कार्यान्वयनमा इमान्दारिता पूर्वक सहयोग गर्नु पर्नेमा जोड दिइएको थियो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ श्रावण १ गते वाट लागु भएको भएपनि अपेक्षाकृत रुपमा सफल कार्यान्वयन हुन नसकेको तथ्यांकले संकेत गरेको छ । रोजगारदाता कम्पनी र श्रमिक समेत सुचिकृत हुन आनाकानी गरिरहेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । पोखरामा रहेका १९ वटा यातायात सम्बद्ध प्रा.लि. कम्पनीहरु मध्य जम्मा एउटा कम्पनीले मात्र सुचिकरण गरेको सहभागी मध्यकै कतिपयले वताएपछि भौतिक योजना मन्त्रालयका एक अधिकारीले १९ मा १८ कम्पनी सूचिकृत नहुने अवस्थाले सकारात्मक सन्देश प्रवाह नगरेको वताएका थिए । ति अधिकारीले भने व्यवसायी र सरकार दुवै प्रोएक्टिभ हुनु पर्ने वताए ।
अन्टुकका प्रदेश अध्यक्ष रुद्र गौतम, महासंघका गण्डकी संयोजक भानु वराल, मजदुर नेता रमेश कोइराला, सन्तोष खनाल लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कोष र न्यूनतम पारिश्रमिकलाई एक साथ कार्यान्वयनमा ल्याउन लागि पर्नु पर्ने तर्फ धारण व्यक्त गरेका थिए । अन्टुकका प्रदेश अध्यक्ष रुद्र गौतम, जिफन्टका प्रदेश अध्यक्ष रुद्र खत्री व्त्ग्ऋऋ का संयोजक मुरारी शर्मा लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कर र न्यूनतम पारिश्रमिक लाई अक्षरस कार्यान्वयन गर्न ऐक्यवद्धता व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: