अन्ततः बन्द भयो पद्य नर्सिङ कलेज, अव पालो नोवेल र चरक एकेडेमीको

सराङकोट न्यूज
30 September, 2020 10:02 am
Advertisements
Advertisements

पैसा, पद र पावरको वलमा जे पनि गर्न सकिन्छ भनेर मापदण्ड नै पुरा नगरी नर्सिङ कलेज चलाउने र किनवेच गर्ने पात्रहरु अन्ततः कानुनको डण्डा प्रहारपछि अस्तित्वको संकटमा परेकाछन् । पोखराको पद्म नर्सिङ कलेज यस्तै एउटा नुमना प्रकरण पात्र वनेको छ। शेयर लगानीकर्ताहरु वीच शित युद्ध चलिरहँदा पद्म नर्सिङ होमको संचालक मध्यमका केहि खलपात्रले पद्म नर्सिङ कलेजको डिभोर्स गराएर रिजनल अस्पताल सँग जोडाउने दुस्प्रयास गरे । रिजनल अस्पताल जसको जम्मा ५० वेड स्वीकृत छ विरामी अकुपेन्सी दर दुई प्रतिशतको हारीहारीमात्र थियो तर सिटिइभिटि र नर्सिङ काउन्सिलका केहि व्यत्तिःलाई रिजाएर प्रकृया र मापदण्ड नपुग्दा नपुग्दै पनि विद्यार्थी भर्ना दिइयो ।
जव अख्तियारले छानविन ग¥यो त्यसपछि सुरु भयो रिजनल सँग जवर्जस्ती जोडाएको पद्म नर्सिङ कलेजको ओरालो यात्रा । गत वर्ष कार्तिक ४ गते अख्तियारको निर्देशन वमोजिम गठित छानविन कार्यदलले प्रकृया र मापदण्ड पुरा नभएको पद्मा नर्सिङ कलेज वन्द गर्न सिटिइभिटि स्तर निर्धारण महाशाखालाई निर्देशन दिएपछि कलेजमात्र हैन त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अन्यौल ग्रस्त भएको छ । रिजनल अस्पतालमा विरामी भर्ना नै दुर्लभ भएपछि कलेज संचालकहरु आफ्ना विद्यार्थीहरुलाई पृथ्वीचोकको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि लैजान थालेका छन् । तर अस्पताल जम्मा ५० वेड स्वीकृत भएकोले त्यसलाई पनि प्रकृया र मापदण्ड पुरा भएको मान्न नसकिने विज्ञहरुले वताएका छन् । कानुनी हैसियतमा पद्म नर्सिङ कलेज अवैध घोषित भएकोले वन्द गराइएको हो ।

दोहोरो अडिट गर्दै पद्म नर्सिङ हो

पद्म नर्सिङ होमको विवाद प्रशासन, अदालत, अख्तियार सवैको ढोका भित्री छिरिसकेको छ । अव वाँकी थियो राजस्व अनुसन्धान अव त्यो इच्छा पनि पुरा हुने भएको छ । हामीलाई विश्वस्त स्रोतबाट प्राप्त समाचार अनुसार यस अघि वनिसकेको अडिट रिर्पोटमा कर वढि तिर्न पर्ने देखिएपछि तीन वर्ष पछि नयाँ अडिटर राखेर कर कम तिर्न मिलाउने गरी अडिट गर्न लगाइएको वुझिन् आएको छ । आ.व. २०७३/७४ को अडिट रिर्पोट साधारण सभाबाट अनुमोदन २०७४÷७५ को अडिट रिर्पोट तयार भई सहिछाप समेत गरिसकिएको रिपोर्टलाई लुकाएर नयाँ रिपोर्ट तयारी गर्ने कार्य भइरहेको वताइएको छ आ.व. २०७३÷७४ अडिट रिपोर्ट साधारण सभाबाट पनि पारित भइसकेको बताइएको छ। शेयर विवाद, कर विवाद, कलेज विवाद जारी रहेको पद्म नर्सिङ होमले कम्पनी रजिस्टार कार्यालयलाई गुमराहमा पारेर यस अघि अडिट गरेको कुरा समेत लुकाएर नयाँ अडिट रिपोर्ट तयार गर्न अनुमती मागेको र रजिष्ट्रार कार्यालयले आ.व. २०७६/०७७ अडिट गर्न अनुमती प्रदान गरेको भएपनि पद्म नर्सिङ होम प्रा.लि.ले २०७३ देखि ७६ सम्मको अडिट गर्न लगाएको बुझिएको छ ।
नयाँ अडिट रिपोर्ट तयार भई पेश हुने वित्तिकै पुरानो अडिट जो हस्ताक्षर भइसकेको छ त्यो व्यूझिने छ र १ रुपैयाँ मात्र कर राजस्व ठगि हुने प्रतिवेदन आएमा आन्तरिक राजस्व कार्यालय र त्यहाँ पनि जोगाउने प्रयत्न गरिए राजस्व अनुसन्धान विभागमै पुगेर भएपनि सत्य तथ्य छानविन गरिने तयारी व्यवस्थापन इतर पक्षको रहेको छ । एउटै समयको एउटै कम्पनीको दुई थरी अडिट रिपोर्टले चरम विवाद सृजना गरी ठूलो क्षति हुन सक्ने आंकलन गरिएको छ ।

नोवेल एकेडेमी र चरक एकेडेमी अस्तित्वको संकटमा

आफ्नै अस्पताल नभएका पोखराका दुई वटा नर्सिङ कलेज आगामी फागुन १० गते देखि वन्द हुने लगभग निश्चित छ । विगत लामो समय देखि भाडामा हस्पिटल देखाएर नर्सिङ कलेज चलाउँदै आएका यि दुई एकेडेमीको आफ्नो हस्पिटल त छैननै अन्य निजि तथा सरकारी अस्पतालसँग गरेको सम्झौता समेत सकिएकोले संकटको सुई घुम्न सुरु भइसकेको छ ।
वि.एस.सी. नर्सिङ चलाउँदै आएको नोवेल एकेडेमीको सम्झौता ५० वेडको चरक मेमोरियल हस्पिटलसँग थियो त्यो पनि गत असार वाट समाप्त भएको छ । हाल पढिरहेका विद्यार्थीहरु कहाँ गएर क्लिनिकल अभ्यास गर्ने हुन् भन्ने अनिश्चित भएको छ ।
नेपाल नर्सिङ परिषद्को गत वर्ष २०७६ असोज ६ गते एकेडेमीलाई लेखेको पत्रमा वि.एस.सी. नर्सिङ कार्यक्रम संचालन गर्न आफ्नै १०० वेड अस्पतालको व्यवस्था गर्नु पर्ने र फण्डामेन्टल र मिडवाइफरी स्किल ल्याव व्यवस्था गर्नु पर्ने लगायतका पूर्वाधार र प्रकृया तीन महिना भित्र पुरा गरी परिषद्लाई जानकारी गराउन पर्ने र त्यसपछि मात्र मान्यताको लागि प्रकृया अगाडि वढाउने निर्णयको व्यवहोरा नोवेल एकेडेमीलाई जानकारी गराई सम्वन्धन दिने पूर्वाञ्चल विश्वविद्यालय विराटनगरलाई वोधार्थ दिइएको थियो । तर नोवेल एकेडेमीले न आफ्नो अस्पताल खोल्यो न चालु शैक्षिक सत्र धान्न अन्य अस्पताल सँगको सम्झौता नै वाँकी रह्यो ।
चिकित्सा शिक्षा आयोग ऐन कार्यान्वयनमा कटिवद्ध भएर लागेको कारण विगतमा आलटाल गर्दै पेल्दै आएका कलेज संचालकहरुको होस् उडेको छ । ऐनमा व्यवस्था भएको प्राविधिक एसएलसी फेजआउट गर्ने कार्यमा सिटिइभिटिले रोक्न प्रयत्न गरिरहँदा गत श्रावण ३० गते वसेको आयोगको पूर्ण वैठकले १३७ वटा स्वास्थ्य शिक्षा तर्फका प्राविधिक एसएलसी कलेजको सम्वन्धन पूर्णतया खारेज गरिदिएको छ । ऐनको दफा ४४ (क) वमोजिम आफ्नै अस्पताल नभएका नर्सिङ कलेजरुको सम्वन्धन आउँदो फागुन ९ गते बाट खारेज हुने लगभग निश्चित देखिएको छ । चिकित्सा शिक्षा आयोगले सोको सम्वन्धमा वरिष्ठ चिकित्सक एवम् चिकित्सा शिक्षा ऐनका मस्यौदाकार समेत रहेका जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा डा. भगवान कोइराला र डिल्लीराम लुइँटेल सहितको एक कार्यदल वनाएको छ । ऐन कार्यान्वयनका लागि यो कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन दिनेछ ।
यस्तै पोखराकै चरक एकेडेमीको विएससी नर्सिङ र विएन कार्यक्रम संकटमा पर्ने भएको छ । जसमा विएससी नर्सिङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग भाडामा प्राक्टिकल गराएको छ भने वि.एन. फेवासिटि अस्पतालसँग सम्झौता गरेको छ जवकी फेवासिटिको आफ्नै पिसिएल कार्यक्रम चलाउँदैै आएको छ । चरक एकेडेमीको दुई कार्यक्रम विएससी नर्सिङ र वि.एन. कार्यक्रम फागुन १० पछि वन्द हुने लगभग निश्चित देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: