फुटको संघारमा नेकपा नेतृत्व

सराङकोट न्यूज
3 November, 2020 4:41 pm
Advertisements
Advertisements

सत्तासिन दल ने.क.पा. फुटको संघारमा उभिएको छ । संघियता कार्यान्वयन पछि भएको आम निर्वाचनमा मिलेका नेकपा एमाले र माओवादीवीच भएको पार्टी एकता पूर्ण कार्यान्वयनमा नपुग्दै फुट्न लागेको छ । वहुमत हासिल गर्ने र सत्ता हाँक्ने स्वार्थमा जोडिएका दुई दल वीचका खास अन्तरद्धन्द्ध भने कायमै रहेको पाइएको छ ।
एकै जंगलमा दुई सिंह झै नेकपामा रहेको दुई अध्यक्षात्मक प्रणाली नै नेकपा एकतामा तेजावको भूमिका निर्वाह गरेको छ । दुई अध्यक्ष मध्य एउटाले सरकार र अर्कोले पार्टी चलाउने जिम्मेवारी दिनु उपयुक्त हुने वारे वौद्धिक समूहबाट आएको सुझावलाई लत्याएर एउटै व्यक्तिलाई प्रधानमन्त्री र उहि व्यक्तिलाई पार्टी अध्यक्ष वनाइएपछि पार्टी संचालनमा सन्तुलन गुमेको मात्र होइन दुई अध्यक्षवीच जुंगाको लडाइ नै चलेको छ ।
मुलुक कोभिड महामारीको भासमा डुविरहेका वेला सत्तारुढ दलको यो विवादले भारी जनमतको अपमान मात्र गराएको छैन कि देश र जनतालाई चुर्लुम्म डुवाउने सम्मको धोकाको खेल गराएको छ । कम्युनिष्ट शक्ति मिलाएर देशलाई निकास दिने आम नागरिकको अपेक्षालाई फुटको यो खेलले नेपालका कम्युनिष्ट नेताहरुको असली रुप छर्ल· र उदा·ो पारिदिएको छ ।
भारतले गरेको नाकावन्दीमा अडान लिएर राष्ट्रियताको जसमा चुनाव जिताएर प्रधानमन्त्री वनेका केपी शर्मा ओलीले पनि चुच्चे नक्सामा स्वयम्लाई स्खलित पारेका छन् । आवेगमा आएर तीन वर्ष अघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी वीच भएको एकताले विश्वलाई एउटा सन्देश दिएको थियो कि विश्ववाटै उखेलिदै गएको कम्युनिष्ट साशन व्यवस्था नेपालमा स्थापित भयो । कम्युनिष्ट साशन प्रणाली वाटै मौलाएको उत्तरको छिमेकी चीनको ढाडसी प्रभाव मान्नेहरुको अनुमानलाई नेपालका कम्युनिष्ट नेताहरुको गलत सावित गरिदिएका छन् ।
भारतले गरेको नाकावन्दीमा अडान लिएर राष्ट्रियताको जसमा चुनाव जिताएर प्रधानमन्त्री वनेका केपी शर्मा ओलीले पनि चुच्चे नक्सामा स्वयम्लाई स्वलित पारेका छन् । आवेगमा आएर निर्णय गर्ने तर कार्यान्वयनमा खुट्टा कमाउने प्रवृत्तिका कारण नेकपाको साख ओरालो गतिमा झरेको जुन तथ्य पाठ्यक्रममा चुच्चे नक्सा नछाप्ने र “र” का प्रमुख समन्त कुमार गोयललाई गोप्य भेट गर्ने लगायतका शंकास्पद गतिविधिले नेकपा अध्यक्ष समेत रहेका केपी ओली देश विदेशमा मात्र हैन आफ्नै पार्टी भित्र गंभिर विवादमा मुछिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै मुढे पेलाइमा सरकार चलाउने र त्यसरी चलाउन नपाए पार्टी फुटाउने र सरकार भंग गर्ने सम्मको जस्तो पनि एक्सन लिने मुडमा पुगेका छन् । पार्टी स्थायी कमिटिको २०७७ भाद्र २६ गतेको म्याण्डेटलाई समेत कुल्चेर ओलीले हठ् लिएपछि कार्यकारी अध्यक्ष भनिएका पुस्पकमल दहाल प्रचण्ड र उनि निकटका नेताहरु वेस्करी विच्किएका छन् । भुसको आगो झै रहेको विवाद समाधान गर्न भन्दा चर्काउन प्रधानमन्त्री ओली उद्दत देखिएको पार्टी श्रोत वताउँछ ।
कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई हटाउने विवादले पार्टी विवादले उग्र रुप लिएको छ । उक्त विवाद वलपूर्वक मिलाइए पनि मुख्य मन्त्री महेन्द्र व. शाहीले नेकपा ओली समूहका दुई मन्त्रीलाई हटाएर प्रचण्ड समूहका ३ मन्त्री थप गर्ने अन्तिम तयारी भएपछि ओली प्रचण्ड विवाद उत्कर्षमा पुगेको छ। आइतबार दुई अध्यक्ष ओली प्रचण्ड वीच भएको फोन वार्तामा दुवै नेता वारकी पार को अवस्थामा रहेका छन् । ओली पार्टी फुटाएरै भएपनि आफ्नो सत्ताको अभिष्ट पुरा गर्ने निस्कर्षमा पुगेको पाइएको छ । पार्टी छोडेर जान अर्थात् आफ्नो पुरानै वाटो हिड्न ओलीको प्रचण्डलाई सुझाव पछि स्वास्थ्य संकटको यो घडीमा सरकार ३ करोड जनतालाई विश्वासघात गर्ने मैदानमा उत्रिएको छ । यो परिस्थितिले राष्ट्रहित विपरित अनिष्ठ निम्त्याउने निश्चित छ ।
सत्ताको लागि गरिने अपवित्र गठवन्धन दिर्घकालिन र राष्ट्रहित हुन सक्दैन भन्ने कुरा नेकपाको कार्यशैलीले प्रस्ट्याएको छ । लोकतान्त्रिक शक्ति दावी गर्ने नेपालमा कम्युनिष्ट यसै अनौठा छन् जुन विश्वका अरु कम्युनिष्ट छैनन् । सवै नेताहरुलाई जन सेवा भन्दा वढी पद पैसा र सुविधा चाहिएको छ । नेतृत्वले क्षमतालाई भन्दा गुट गत प्रवृत्तिका पात्रलाई पदासिन गराइदा भ्रष्टाचार मौलाएको छ । कारवाही गर्नु पर्ने भ्रष्टलाई काखी च्यापेर सत्तारोहण गराउने कार्य अर्को आलोचनाको विषय वनेको छ ।
नेकपा फुटको संघारमा पुग्नुको अर्को कारण नैतिक आस्था र विश्वास माथिको संकट हो । स्वेच्छाचारी ढंगले ओली गुट अगाडि वढेपछि अर्को वहुमत पक्षीय शक्ति आक्रोसित वनेको हो । पछिल्लो मन्त्रिमण्डल पुनगर्ठनमा र राजदुत नियुक्ति संवैधानिक नियुक्तिमा समेत प्रधानमन्त्री ओलीले एकलौटी गर्न थालेपछि पार्टीको वहुमत खेमा रुष्ट वनेको छ । पछि नियुक्त गरिएका मन्त्रिी ओलीका विश्वास पात्र महासचिव विष्णु पौडेल समेतले नेकपा फुटको गंभिर संकटमा पुगेको भन्दै आधिकारिक ट्व्टि गरेका छन् यसले पनि अवस्था जटिल मोडमा पुगेको वुझ्न सकिन्छ । ओलीले आफ्नो सत्ता डगमगाए जस्तो पनि एक्सन लिन सक्ने चेतावनी दिएका छन् । संसदलाई आफू अनुकुल वनाउन दलका सचेतक देव गुरुङलाई वर्खास्त गर्न समेत तयार देखिएका छन् ।
वाम देव कार्ड माकुने कार्ड समेतलाई फकाउन कुनै कसर वाँकी नराखेका ओलीले प्रचण्डलाई पाखा लगाउन जे पनि गर्ने संकेत दिइसरेका छन् । पटक पटक कोमामा पुगेको पार्टी फुट्ने प्रकरण यस पटक जोगिन गाह्रो छ, जोगिएपनि ओली सत्ता र शक्तिमा रहुञ्जेल यो जोखिम कायमै रहने देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: