बोतल पानी १६, जारपानी ५० मा मूल्य कायम, बढि लिनेलाई कारवाही निर्देशनालय

सराङकोट न्यूज
4 December, 2020 8:27 am
Advertisements

मिनिरल वाटर भनि बिक्रि हुँदै आएको वोतल पानी र जारपानीको उपभोक्ता मूल्य निर्धारण गरिएको छ । गण्डकी प्रदेश सरकार, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराले प्रशोधित पिउने पानीको खुद्रा मूल्य तय गरेको हो । निर्देशनालयका अनुसार वोतल पानीको रु. १६ र जार पानी रु. ५० तोकिएको छ । निर्देशनालयले मिति २०७७/६/१६ गते सूचना प्रकाशित गरेर निर्धारित मूल्यमै पानी विक्री गर्न र बढिमा विक्री गरेको पाइएमा वा अनुगमनका क्रममा फेला परे नियमानुसार कारवाही गरिने उल्लेख छ ।
जलश्रोतमा विश्वकै धनी देश नेपालले पानीको मूल्य व्यवस्थापन गर्न नसकदा प्रति लिटर पानीको मूल्य २५ रुपैयाँ तिर्न उपभोक्ता बाध्य छन् यो खुद्रा तथा किनारा पसलहरुले लिने मूल्य हो होटल रेष्टुरेन्टहरुले सेवा सुविधाका नाममा मनोमानी शुल्क लिदै आएका छन्।
पानी उत्पादकहरुको संस्था नेपाल बोतल वाटर संघले लागतको दोव्वर मूल्य प्रिन्ट गरेर विक्रेतालाई दिने र विक्रेताले सतप्रतिशत नाफा लिएर ग्राहकलाई विक्री गर्ने गर्दा उपभोक्ता संस्थागत ठगिको मारमा परेका हुन् । संघको अनुसार बोतल वाटरको मूल्य प्रति वोतल रु. १२ रुपैयाँ ५० पैसा हो यद्दपि उद्योगले खुद्रा विक्रेतालाई दोव्वर रु. २५ प्रति वोतल मूल्य लिन पाउने गरी मुल्य तोकेर वजार पठाइएको छ । त्यसको प्रत्यक्ष मार ग्राहकलाई पर्दै आएको छ ।
उपभोक्ता हित निर्देशनालयले गतवर्ष वाटै पानीको मूल्य घटाउन पहल थाले पनि ग्राहकले न्याय भने पाएका छैनन् । अझै पनि कतिपय पानी उत्पादक कम्पनीहरुले दोब्बर खुद्रा मूल्य तोकेर पानी वजारमा पठाएको छ भने कतिपयले प्रति वोतल मूल्य रु. २० र कोहिले १६ रुपैयाँ प्रिन्ट गरेर पसलमा पठाएपनि पसलहरुले प्रति वोतल २५ रुपैयाँ नै असुल गरिरहेका छन् ।
बोतल वाटर उद्योग संघले उपभोक्ता अधिकारकर्मी र सचेत उपभोक्ताको गुनासो आएपछि गत वर्ष २०७६/८/८ मै पानीको मूल्य घटाएको सूचना जारी गरेको थियो तर केहि उद्योगीहरु र खुद्रा विक्रेताको असहयोग र राज्यको फितलो अनुगमनका कारण कानुन कार्यान्वयनमा आउन सकेको छैन ।
कानुन कार्यान्वयनमा प्रभावकारीता नआएका कारण पानीमा विचौलिया मुखि व्यापारले प्रोत्साहन पाएको उपभोक्ता मञ्च गण्डकी प्रदेशका संयोजक तथा संयुक्त वजार अनुगमन समितिका सदस्य कपिलनाथ कोइराला वताउँछन् । वोटल वाटर उद्योग संघका कतिपय सदस्यहरुबाटै मूल्य कार्यान्वयनमा असहयोग भएको र त्यसले खुद्रा विक्रेतालाई टेवा पुगेकोले वजार र उद्योग अनुगमनलाई प्राथमिकता दिएर नियम उल्लंघन गर्नेलाई कारवाही गर्नु पर्ने कोइराला वताउँछन् ।
यस्तै उपभोक्ता हित संरक्षण निर्देनालयका सूचना अधिकारी भरतमणी वराल निर्देनालयले उद्योगीको सहमतीमा गत वर्ष २०७६/८/८ मा तोकिएको मूल्य निर्धारण तत्काल कार्यान्वयन गर्न २०७७/६/१६ गते सूचना प्रकाशित भइसकेकोले अव अनुगमन र कारवाहीमा उत्रने तयारी भइरहेको वताउँछन् । कानुनले तोकेभन्दा वढी नाफा लिने उद्योगी व्यापारी जो सुकैलाई कानुन वमोजिम कडा कारवाही हुनेमा विश्वस्त तुल्याउँदै वरालले भने “उपभोक्ता हित प्रतिकुल दोव्वर मूल्य कायम गरी मूल्य प्रिन्ट गर्ने उद्योगी र १६ रुपैयाँ मूल्य प्रिन्ट भएको पानीलाई २०, २५ रुपैयाँ लिने विक्रेता दुवैलाई कानुन वमोजिम कारवाही गरिनेछ ।
वोतल पानी उत्पादक तथा सप्लायर्सहरुको संस्था भित्रै निर्णयको विषयमा परस्पर विरोधी कार्य हुने गरेका छन् । कतिपय उद्योगीहरु आफ्नो पानी वढी विक्री गराउन दोव्वर वढी नाफा दिने गरी मूल्य प्रिन्ट गर्दै आएको पाइएको छ । सघका वरिष्ठ उपाध्यक्ष लेख बहादुर प्रधान संघले तोकेको वोतल पानीको १६ रुपैयाँ र जारपानीको ५० रुपैयाँ भन्दा वढि प्रिन्ट गर्ने र विक्री गर्नेलाई अनगुमन गरी कारवाही गर्नुपर्ने वताउँछन् ।
अनुज्ञा नलिएका थुप्रै पानी उद्योगहरु चलिरहेको पाइएको छ । अटोमेटेड प्लान्ट नभएका पानी उद्योगको अनुज्ञा रोक्का गरिएको छ । विगत ३ वर्ष देखि अनुज्ञा नलिएका नविकरण फेल भएका उद्योगहरुले पनि वजारमा वोतल र जारपानी आपूर्ति गर्दै आएको छ तर राज्यका निकायको अनुगमनका आँखा त्याहाँ पुग्न सकेको छैन ।
भर्खरै सरुवा भई आएका उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक नारायण आचार्य उद्योगी व्यवसायीको सहमतीमा मूल्य कायम गरिएकोले कार्यान्वयनको दायित्व उनिहरुकै भएको र कार्यान्वयन नगर्ने, अनुज्ञा नलिई उद्योग चलाउनेलाई नियमन गरिने वताउँछन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: