परिचय बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

पदम श्रेष्ठ
5 December, 2020 8:51 pm
Advertisements

पोखरा–८ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाको शनिबार होटल दिप सागर रेष्टुरेण्ट एण्ड बारमा ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी विभागका अध्यक्ष तेजनारायण अधिकारीले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै सहकारीले युवाहरुलाई विदेश जानमा केहीमा मात्रामा रोकेको, महिला उद्यमीको विकास गरेको र देशको विकासमा टेवा पु¥याएको जनाएका थिए।
“भारत र चीन जस्ता विकाशिल देशहरुमा सहकारीको माध्यमले नै विकशित भएको हो।”
कार्यक्रममा बोल्दै अधिकारीले “सहकारी ऐन आएपछि सहकारी बढ्न सुरु भएको थियो। २०५१ सालबाट गाउँ गाउँमा सहकारी, टोल टोलमा सहकारीको धारणा आएपछि अहिले देशमा सहकारीको बृद्धि दर बढेको हो। अब यसलाई सहकारी ऐन बमोजिम परिमार्जन गरेर अगाडी लानुपर्छ।”
सहकारी भनेको गरिब जनताहरुले आफ्नो मानो कटाएर राख्ने ठाऊँ भएको र रोजगारी सिर्जना गरेको, सिंगो समुदायलाई गोलबन्द गरेकोले सहकारी नभई नहुने हुँदा सहकारी सञ्चालनको लागि सरकारले सहयोग गर्नुपर्ने अधिकारीले बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष दिपक तिमिल्सिनाले सहकारीको माध्यमबाट विश्वका २३ राष्ट्र समृद्ध बनेको जनाएका थिए। अबको दिनमा सहकारी बचत तथा ऋणको काम मात्र नभई अन्य उत्पादन क्षेत्रमा समेत कार्य गरी अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए।
तिमिल्सिनाले “देशमा ३ सय ५७ सहकारी हुँदा पनि लक्षित वर्ग सम्म पुग्न नसक्नुमा कमी कमजोरी देखिएको हुँदा यसलाई सुधार गरी निम्न समुदाय सम्मको समस्या हल गर्नमा अगाडि बढ्नु पर्ने देखिएको छ।”
परिचय बचत तथा ऋण सहकारीमा ३ जनाको मर्जर समिति बनाउने र उपर्युक्त सहकारी भेटिएको अवस्थामा मर्ज गरी अझ बृहत बनाई सेवा विस्तार गर्ने तिमिल्सिनाले जनाएका थिए।
कार्यक्रममा बलराम बडालले सचिवको प्रतिवेदन, उमा सापकोटाले कोषाध्यक्षको प्रतिवेदन, झविलाल अधिकारीले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यदुनाथ बञ्जाराले स्वागत मन्तव्य र सचिव बलराम बडालले कार्यक्रमको सञ्चालन गरेका थिए।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: