युआरएल ७ औं वर्षमा, पत्रकार यूआरएल पत्रकारिता पुरस्कार सम्मान गरिने

सराङकोट न्यूज
8 December, 2020 11:13 am

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्यावरोटरी युनाइटेड रेफरेन्स ल्यावरोटरी ७ औं वर्षमा प्रवेश गरेको छ । पोखराको न्यूरोडमा ७ वर्ष अघि स्थापित ल्यावले आफ्नो ७ औं वार्षिकोत्सव हरेक वर्ष मंसिर २३ गते मनाउँदै आउने क्रममा यो वर्ष पनि मंसिर २३ गते मंगलबार महेन्द्रपुलको धिंथेवा क्याफेमा एक औपचारिक कार्यक्रमका वीच मनाउँदै छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक विनोद विन्दु शर्माको प्रमुख आतिथ्यतामा आयोजना गरिने वार्षिकोत्सव कार्यक्रममा पत्रकार प्रदिप पौडेललाई युआएल पत्रकारिता पुरस्कार अर्पण गरिने भएको छ । पत्रकार पौडेल वाराही एफ.एम. इमेज च्यानलमा कार्यरत छन् भने प्रेस युनियन कास्कीका सचिव हुन् । कोभिड १९ को महामारीका वीच थिलो थिलो परेको व्यवसायिक अवस्थाका वावजुत युआरएलले वार्षिकोत्सव कार्यक्रम र युआरएल पत्रकारिता पुरस्कारलाई निरन्तरता दिएको छ । व्यवसायमा घाटा नाफा जे भएपनि सामाजिक उत्तरदायित्वबाट विमुख हुन नहुने युआरएलका प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्तले वताए । आफू जोखिममा उभिएर देश र जनताको लागि अहोरात्र खटिने पत्रकारलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने नीति वमोजिमको कार्यलाई निरन्तरता दिइएको प्रवन्ध निर्देशक पन्तले वताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: