पोखरा उद्योग वाणिज्य संघमा उम्मेद्वारी दिन सुरु

सराङकोट न्यूज
9 December, 2020 2:59 pm
Advertisements
Advertisements

आगामी पुष २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३३ औंं महाधिवेशनमा उम्मेद्वारी दिने क्रम सुरु भएको छ । महाधिवेशन सुरु हुनु एक महिना अगावै उद्योगी तथा व्यवसायीहरुले उम्मेद्वारी घोषणा गरेका हुन् ।
अध्यक्षको लागि हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला र उपाध्यष विन्दु कोइराला दुवैले आफ्नो तर्फबाट उम्मेद्वारी दिने बताएका छन् । वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले आफू नियमित र स्वभाविक रुपे उम्मेद्वारी दिने दावी गरेका छन् भने उपाध्यक्ष विन्दु कोइराला पहिलो महिला अध्यक्ष वन्ने इतिहास रच्ने अठोट लिएर अध्यक्षमा उम्मेद्वारी दिने बताएकी छन् ।
यस्तै महिला उद्यमी शोभा गौतमले कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिने वताएकिछिन् यस्तै अर्का व्यवसायी भरत केसीले आफू पनि उद्योगी व्यवसायीको नेतृत्वमा पुगेर सेवा गर्ने चाहना भएको भन्दै पोखरा उद्योग वाणिज्य संघको काससमा उम्मेदवारी दिने बताएका छन् । उम्मेद्वारी दिने क्रम दिनप्रतिदिन वढ्ने देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: