धरौटीको नाममा लिइएको बढि शुल्क फिर्ता भएन, सिटिइभिटिको फरम्याट विपरित नतिजा किन ?

सराङकोट न्यूज
9 December, 2020 3:03 pm
Advertisements

नानी देखि लागेको वानी अझै उस्तै छ चरक मेमोरियल हस्पिटल व्यवस्थापनमा । २५ शैयामा नयाँबजारमा संचालन हुने वेलाबाटै महंगो शुल्क लिने, आवश्यक भन्दा वढि ल्याव परीक्षण गर्ने, एउटा स्याम्पल लिएर अर्कै परीक्षण गराएर बढी पैसा लिने गरेको घटना व्यहोरेर आएको चरक मेमोरियल हस्पिटल अहिले नर्सिङ एच.ए र फार्मेसी कार्यक्रम पढाउने कलेज वन्न पुगेको छ । सय वेड हस्पिटल स्वीकृति लिएकै वर्ष ३ वटा स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने गरी पोखरा ११ को पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्च्यिुट र वेस्टर्न हेल्थ साइन्स एकेडेमी खरिद गरी यसै शैक्षिक सत्रबाट विद्यार्थी भर्ना सुरु गरेको चरक मेमोरियल व्यवस्थापनले भर्ना हुन आएका विद्यार्थीबाट सिटिइभिटिले तोकेभन्दा वढि शुल्क लिन सुरु गरेको छ । धरौटी शिर्षक थपेर ३० हजार र विमा शिर्षक थपेर साढे सात हजार रुपैयाँ लिएको प्रमाण स्वरुप विल सहित सराङकोटले प्रकाशन गरिसकेको छ । सराङकोटले सप्रमाण समाचार प्रकाशन गरेपछि विद्यार्थीबाट लिएको वढि शुल्क ३७ हजार ५ सय मध्य २५ हजार घटाएर विद्यार्थी सँग साँढे १२ हजार मात्र लिने गरेको प्रमाण पनि सराङकोट सँग सुरक्षित रहेको छ ।
चरक मेमोरियलका लगानी कर्ताहरुले खरिद गरेका ति प्यारामेडिक कलेजको स्वामित्व हस्तान्तरण प्रकृया पुरा नहुँदै अनाधिकृत ढंगले विद्यार्थीसँग पैसा असुली देखि फर्जि विल प्रयोग काण्डमा मुछिइसकेको छ । यि दुवै काण्डका वारेमा राज्यका नियमनकारी निकायको आँखा खुल्न जरुरी छ । सिटिइभिटि प्रदेश कार्यालयले धरौटी र मेडिकल इन्स्योरेन्सका वहानामा ५ हजार भन्दा वढी शुल्क नलिन र लिइसकेको वढि रकम स्म्वन्धित व्यक्तिलाई फिर्ता गर्न निर्देशन दिइसकेको वताएको छ । तर पनि वढि पैसा तिरेका विद्यार्थीहरुले फिर्ता पाएका छैनन् वरु उल्टै विद्यार्थीलाई मनोवैज्ञानिक दवाव दिन सुरु गरेको वताइएको छ । यता विद्यार्थी भर्ना गर्दा लाखौं रुपैयाँ फर्जि विल काटेर कर प्रशासनको निति नियम लाई धज्जी उडाएको कार्य वारे राज्यको राजस्व नियमन गर्ने निकायले छानविन कार्य अगि वढाएको वुझिन आएको छ । राजस्वका एक अधिकारीले उक्त प्रकरणमा छानविन कार्य अगाडि वढेको वताएका छन् । वेस्टर्न हेल्थ साइन्स एकेडेमी मात्र हैन पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्च्यिुटको कारोवार पनि फर्जि विल वाटै गर्दै आएको तर्फ राजस्वको ध्यान जानु जरुरी छ । उक्त संस्था केहि अघि फूल अडिटमा परेकोले विवादित छविका वीच चरक मेमोरियल यि दुई संस्थाको मालिक वनेको छ यद्दपि पुरानो रोग भने सँगै लिएर आएको छ ।

नतिजा प्रकाशन प्रकृया विपरित

नयाँ व्यवस्थापनमा सुरु भएको वेस्टन हेल्थ साइन्स एकेडेमीको नयाँ भर्नाको नतिजा प्रकाशन गर्दा सिटिइभिटिको फम्र्याट प्रकृया मिचेको फेला परेको छ । नतिजा प्काशन गर्न सम्वन्धित शिक्षण संस्थालाई दिने कार्यविधि भएपनि वेस्टर्न हेल्थ साइन्स एकेडेमीले तोकिएको फम्र्याट उल्लंघन गरेर नतिजा प्रकाशन गरेको पाइएको छ ।
सिटिइभिटिले आफ्नो आधिकारिक वेवसाइटमा विद्यार्थी भर्नाको लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशनको पद्दति बारे फम्र्याट नै उपलव्ध गराएको भएपनि फार्मेसीको नतिजामा तोकिए भन्दा वढि विद्यार्थीको नाम वैकल्पिक सूचिमा समावेश गराएको भेटिएको छ । लक्षित वर्गको भर्नाको मुख्य उम्मेद्वार ४ जना र वैकल्पिक उम्मेद्वार दुई जना मात्र हुनु पर्नेमा वासाले ६ जनाको नाम प्रकाशन गरेको छ । यस्तै टिएसएलसीको वैकल्पिकमा २ जना हुनुपर्नेमा ४ जनाको नाम प्रकाशन गरेको छ । सामान्य पूर्ण सुुल्किए तर्फ २८ जना मुख्य उम्मेद्वारको नाम प्रकाशन गरेकोले पाइएको छ । सिटिइभिटि गण्डकी प्रवेश कार्यालयका अनुसार वैकल्पिक सूचिमा मुख्य उम्मेद्वारको अनुपातमा २५ प्रतिशत सम्म वैकल्पिक उम्मेद्वारको नतिजा प्रकाशन गर्नु पर्ने वताउँछन् तर सिटिइभिटिकै सम्वन्धनमा चल्ने कलेजहरुको मनोमानी चल्ने गरेको छ। यसरी नियामक निकायले जारी गरेको निर्देशन र फम्र्याट विपतिर आफूखुसी नतिजा प्रकाशन गरी विद्यार्थी भर्ना लिदाँ अनुकलता हेरी तल माथिको लिष्टबाट विद्यार्थी भर्ना गर्न सहज हुने र वासाले त्यहि टेक्निक लगाउन आवश्यकता भन्दा वढी वैकल्पिक सूची प्रकाशन गरेको जनकाहरु बताउँछन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: