ग्रेना डिपार्टमेन्ट क्लवद्वारा राइजिङ पोखरा क्रिकेट क्लवलाई जर्सी सहयोग

सराङकोट न्यूज
17 December, 2020 6:39 pm
Advertisements
Advertisements

पोखरामा कृयाशिल राइजिङ पोखरा क्रिकेट क्लवलाई पोखरा १ वगर स्थित ग्रेना डिपार्टमेन्टल स्टोर्सले जर्सी सहयोग गरेको छ । क्रिकेट खेललाई व्यवसायिक टेवा पु¥याउने र नवोदित युवाहरुलाई प्रोत्साहन प्रदान गर्न स्टोर्सकी संचालिका तेजु गुरुङले क्लवका टिम क्याप्टेन निर्मल क्षेत्रीलाई डिपार्टमेनटल परिसरमै १५ थान जर्सी हस्तान्तरण गरेकि छन् ।


यसै वर्ष मंसिर १ गते लोकेन्द्र गहतराजको अध्यक्षतामा गठित राइजिङ पोखरा क्रिकेट क्लवले गत वर्षबाटै क्रिकेट प्रशिक्षण र विभिन्न प्रतिस्पर्धा संचालन गर्दै आएको प्राप्त समाचारमा जनाइएको छ । क्रिकेट खेल क्षेत्रमा लागेका खेलाडीहरुलाई यहाँ प्रकारको सहयोगले खेलाडीहरुमा एक रुपता देखिनुका साथै प्रोत्साहन मिल्न गई व्यवसायिक खेलाडी उत्पादनमा टेवा मिल्ने राइजिङ पोखरा क्रिकेट क्लवका क्याप्टेन निर्मल क्षेत्री वताउँछन् । कतिपय नवोदित खेलाडीहरु लाई जर्सी र खेल सामग्री जुटाउन नसक्दा अपेक्षाकृत नतिजा आउन नसकेको वेला ग्रेना डिपार्टमेन्टल स्टोर्स प्रा.लि. जस्ता सहयोगी संसथा प्रेरणा दायी वन्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: