ए सरकार ! कसले दियो ‘कु’ गर्ने अधिकार

शिवराज वस्ताकोटी (शिवदाई)
27 December, 2020 11:05 am
Shiva Raj Bastakoti
Advertisements

नेपाली जनताले नेताहरु लाई कहिलेसम्म साथ दिने किन ? अब चुनाब किन ? अब मतदान गरेर यसरी ‘कु’ गर्नेहरुलाई सत्तामा पु¥याउने किन? भन्ने प्रश्न यतिबेला सर्वत्र उठ्न थालेका छन् त्यसमा पनि यो देसमा पटकपटक शासक र व्यवस्था परिवर्तन गर्ने वहानामा यो माटोमा लाखौ जनताको रगत लत्पतिएको छ हजारौ सहिद घाइते वेपत्ता घरवारविहीन भएका छन् । देसमा राम्रो जनपक्षिय व्यवस्था आउँछ जनहितकारि जनप्रेमि शासक आउछन् र जनअपेक्षा अनुसार जनताका लागि हितकारि कार्य हुन्छन् जनता देसका वास्तविक नागरिक र मालिक भएर बाच्न पाउँछन् र शासक सेवक भएर शासन सत्ता चलाउछन् । जसले गर्दा देस छिटो नै सम्वृदिको यात्रामा अगाडि बढ्छ दिगो शान्ति स्थापित हुन्छ जनताका हक अधिकार सुनिश्चित हुन्छन् भन्ने सपना आम नेपाली जनताले सोचेका थिए त्यो सुनौलो सपना देखेका थिए।।
तर विडम्वना यी सबै सपना चकनाचुर हुँदै गए दलका नाममा राजनितिक भागवण्डाका नाममा ७ शाल देखि परिवर्तनका कुरा गर्ने कम्युनिष्ट र प्रजातान्त्रिक कुरा गर्ने काग्रेंस यी दुवै पाटि र यिनका नेताहरुले नेपाली जनतालाइ पटक पटक ढाटेका झुक्याएका इतिवृतान्त यहाँ उल्लेख गरि रहनु पर्दैन यी सात दसकमा यिनले विशेष गरेर कांग्रेस र कम्युनिष्ट धारि पाटिका नेता हरुले नेपाली जनता लाई धोका दिदै आए जसका मुल पात्र देसमा कु गर्ने मा नेपाली कांग्रेस र कम्युनिस्ट दुवै मुख्य पात्रको रुपमा स्थापित भए त्यसका पनि कुपात्रका नाइके शेर वहादुर देउवाले सत्ता राजालाइ लगेर बुझाए अहिले आएर वर्तमानमा इतिहासमै कल· पोतिने गरि नेकपाको दुई तिहाइ बहुमत प्राप्त गरि सत्तामा पुगेर पनि पाटिकै आन्तरिक विवादकै कारण प्रधानमन्त्री केपि ओलि जिले सौताको रिसले पोइको काखमा मुत भने जस्तो गरि आम नेपालि जनताले गरेको मतदान लाई एकै झड्कामा वदर गरि ससद विघटटन गरि आफ्नो नाकमा मात्रै होइन सि·ै कम्युनिस्ट पाटिकै मुखमा कालिख पोत्ने काम गरेर देसलाइ कहिले नफर्किने फर्किए पनि दसकौ लाग्ने गरि कु, गरेर आफ्नो असफलता र स्वार्थस्वरुपि चेहरालाइ उदा· पारेका छन्।
यसले देस र जनताको भविष्यलाइ उज्यालो तर्फ भन्दा अन्ध्यारो तर्फ धकेलि दिएको छ। यतिबेला नेपाली जनता जसले चुनावमा मतदान गर्दै आएका छन् तर कुनै पाटिका भक्त र कार्यकर्ता होइनन् ति जनताको मनमा अत्यन्तै ठेस पुगेको छ किन भने देसको अरवौ धुकुटि रित्याएर गरेको चुनाव र जनताले लाइनमा बसेर अब ता सुखका दिनआउछन् कि देसमा परिवर्तन हुन्छ कि भन्ने सपना लिएर आसावादि भएर आफुहरुले गरेको मतदानको कुनै कदर नै नगरि रातारात एकै झट्कामा राष्र्ट्रपति विध्या देवि भण्डारि समेतको सिफारिस सँगलनतामा कु गर्ने जुन काम भयो यसले नेपालि जनताको हृदयमा राजा ज्ञानेन्द्र प्रतिको घृणा भन्दा दसगुना बढि घृणाले जन्म लिएको छ ।
हिजो काँग्रेसले देसमा भएका उद्योग कल कारखाना बेचेर खायो सरकारि सम्पति निजि क्षेत्रलाइ दिने नाममा भ्रष्टाचार गर्यो देसलाइ खोक्रो पार्यो हामिले नौ महिना मा केहि गर्न सकेनौ भनी रहेकै कारण नेपाली जनताले नेपालकै इतिहासमा सबै भन्दा बलियो कम्युनिस्ट को सरकार बनाइदिएका जनताको छातिमा लात हान्ने अधिकार राष्ट्रपति विध्या देवि भण्डारि र प्रधानमन्त्री ओलि जि लाई कसले दियो नेपाली जनताले प्रधानमन्त्री वलि लाई सत्तामा बस्न दिएका हुन् कुर्चि भाच्नै दिएका होइनन्। ओलि सरकार लाई नेपालि जनताले आफ्नो भविष्य र लोकतन्त्र माथि खेलवाड गर्ने बादरे प्रवृति देखाउने अधिकर दिएका होइनन्।
अब नेपाली जनता फेरि एक पटक जड्निे बेला आएको छ ४६÷४७ मा ज·िएका नेपाली जनता ६२÷६३ मा ज·िएका जनता अब फेरि ७७ मा पुरै जड्निे बेला आएको छ यस पटक भने नेपालि जनताले कसैलाइ माफि गर्ने वाला छैनन् भलै आफुले जीवन भर आस्था राखेकै पाटि र विस्वास गरेकै नेता नै किन नहोस् माफि दिने वाला पनि छैनन्। उनको सुन्ने वाला पनि छैनन् ।किन भने भनाइनै छ अति गर्नु अतिचार नगर्नु भने जस्तै यहाँ अति होइन यो सरकारका मन्त्री हरु र उनका मतियार भ्रष्टाचार गर्न लागि परेका छन् झन् वलि जिले त अतिचारै गरेका छन् देस कोरोना सक्रमणले थला परेको छ जनता उपचार गर्न र खान नपाएर सडकमा आइरेका छन् । ओलि जि भने एकातिर भ्रष्टाचारि हरुलाइ नै बचाउन खुलेरै लागि रहेका छन्। अर्कोतिर न्यायालय अख्तियार सुरक्षा निकाय लाई समेत आफ्नो मनगढन्ते जङ्गे पाराले चलाउने प्रयासमा लागि रहेका छन् ।
त्यतिले नपुगेर आफै बसेको सत्ताकै कुर्चि भाच्न र लोकतन्त्र मास्न उद्दत भएर ससद नै भंग गरि लोकतन्त्र माथि कु गरेका छन् यसरी कु गर्ने आफै बसेको कुर्चि भाच्ने लोकतन्त्र मास्ने अधिकार कसले दियो जनता लाई प्रस्नको जवाफ दिनै पर्छ अब यसरी भ्रष्टाचारिहरु लाई सरक्षणमा लाग्दै जाने देस जनता र लोकतन्त्र प्रति गद्दार गर्दै जाने हो भने यो प्रवृति लाई बादरको हातमा नरिवल नभनेर के भन्ने ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: