कान्तिपुर ईन्स्टिच्युट अफ हेल्थ साइन्सको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

सराङकोट न्यूज
4 February, 2021 10:49 am
Advertisements

कान्तिपुर डेन्टल हस्पिटल २०५६ माघ २१ गते पश्चिमाञ्चलकै पहिलो अस्पतालको रुपमा पोखराको न्युरोडमा स्थापित भई सन्चालनमा रहि निरन्तर रुपमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्नुको साथै गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ भने कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसले २०६२ सालदेखी डेन्टल हाइजिन तथा बिगत दुई बर्षदेखी डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्नोलोजी तथा डायग्नोस्टिक रेडियोग्राफी शिक्षा प्रदान गर्दै आइरहेको सस्थाले आफ्नो स्थापनाको २१ औ बर्षगाठ मनाएको छ । मुख तथा दन्त स्वास्थ्य सेवातर्फ २१ औ बसन्त पुरा गरेको र इष्टिच्युट अफ हेल्थ साइन्सेस १७ औ बर्षमा प्रवेश गरेको शुभ अवसरमा दन्त स्वास्थ्य , शिक्षा तथा जनचेतना जगाउने उद्येश्यले मुख तथा दन्त स्वास्थ्य सेवा सम्बन्धी निशुल्क दन्त शिविर यहि माघ १८ गते आइतवारदेखी २३ गते शुक्रवारसम्म सञ्चालन भइरहेको छ । यहि माघ २१ गते दन्त अस्पतालको २१ औ र इन्ष्टिच्युटको १७ औ बार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा यसै संस्थाका संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ ज्युको अध्यक्षतामा यसै संस्थामा कार्यरत सम्पुर्ण कर्मचारी शिक्षक तथा बिद्यार्थीहरुको उपस्थितिमा मनाइएको थियो । कार्यक्रम संयोजन प्रशासन प्रमुख सीता श्रेष्ठले गर्नुभएको थियो भने प्रशासनिक सहायक शुसिला गुरुङ्गले कार्यक्रम संञ्चालन गर्नुभएको थियो । यसै अवसरमा संस्थाका सि.इ.ओ प्रतिकमान श्रेष्ठले अस्पताल तथा इन्ष्टिच्युटको अहिलेसम्मको कार्य तथा प्रगतिको सम्मान गर्दै आगामी दिनमा अझ राम्रो प्रगति होस् भन्ने शुभकामना दिदै स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रममा बोल्दै यसै संथाका पब्लिक हेल्थ अफिसर शर्मिला शर्माले दन्त स्वास्थ्यलाई सर्वसुलभ रुपले सशुल्क, निशुल्क र विशेष छुटमा सेवा दिदै आएको ,जेष्ठ नागरिक अति बिपन्न परिवार अपाङ्ग र पत्रकार ज्युहरुलाई पनि विशेष छुटको व्यवस्था गरेको र यस अस्पतालबाट अहिलेसम्म लगभग ३००५ वटा निशुल्क दन्त शिविर संञ्चालन गरिएको जसमध्ये २५ लाख जनताहरुले सेवा लिइसकेका छन् भने लगभग ११ लाख जनताहरुले अस्पतालभित्र ओ.पि.डि सेवा तथा परामर्श लिइसकेका छन् भने यस संस्थाबाट उत्पादित हाइजिनिष्टहरुले पोखरामा स्थापित अस्पताल, क्लिनिकमा रोजगारी पाउनुका साथै दक्ष चिकित्सा सेवा प्रदान गरिरहेको जानकारी गराउनु भयो भने अस्पतालका म्यानेजर बृष्टि गुरुङ्ग श्रेष्ठले संस्था यो अवस्थामा उभिनुको पछाडी सम्पुर्ण कार्यरत कर्मचारीहरुको ठुलो योगदान भएको प्रस्ट पार्दै सम्पुर्ण कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्ने क्रममा यसै संस्थाका संथापक प्रमुख डा. बद्धिमान श्रेष्ठले शुरुका दिनमा यो संस्था भाडाको घरमा संञ्चालन भएतापनि हाल आफ्नै सुबिधा सम्पन्न भवनमा संञ्चालन भएको र संस्थालाई यो अवस्थामा ल्याउनको लागि आफु लगायत यस संस्थामा कार्यरत सम्पुर्ण कर्मचारी, शिक्षक तथा बिद्यार्थीहरुको महत्वपूर्ण देन रहेको अवगत गराउदै कार्यक्रम समापन गर्नुभएको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: