राष्ट्रिय मा.वि. परीक्षा काण्ड “कोही जेल गए कोही प्र.अ. भए”

सराङकोट न्यूज
16 February, 2021 10:22 am

राष्ट्रिय मा.वि. पोखरा १ टुडिखेलकी एक छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको काण्डमा मुछिएका तीन जना शिक्षक र एक जना परीक्षार्थी (छात्रा) को मुद्दामा कास्की जिल्ला अदालतले थुनछेक आदेश जारी गरेको छ । न्यायाधिश श्रीकृष्ण अधिकारीको इजलाशले आरोपीहरु मध्य प्रधानाध्यापक सूर्य तिवारीलाई ५० हजार, शिक्षक घनश्याम रेग्मीलाई ७५ हजार, परीक्षार्थी छात्रालाई ५० हजार र परीक्षार्थीलाई लेखनाथ खोलाको छेउको होटलसम्म पु¥याउने प्रा.वि. दरवन्दीका शिक्षक शिरिष कुमार वस्ताकोटीलाई

७५ हजार धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ भने परीक्षा दिने छात्रालाई होटल सम्म लैजाने शिक्षक शिरिष कुमार वस्ताकोटीलाई जवर्जस्ती करणी उद्योग सम्बन्धि आरोपमा कारागार थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थप आदेश भएको छ ।
यसरी एकै दिन परीक्षाको मर्यादा भंग गरेको आरोपमा पक्राउ परेका तीन जना शिक्षक मध्य शिरिष वस्ताकोटी ज.ज.क. उद्योग अभियोगमा कास्की कारागार थुनामा पठाइएको छ भने ५० हजार धरौटी राखेर छुटेका विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी पूर्ववत् प्र.अ. पदमा फर्किएका छन् । तिवारीलाई नेकपाका केही नेताहरुले साविककै पदमा सोमबार वहाली गराएका छन् । तिवारीले सोमवारबाट प्रधानाध्यापक पद सम्हालेका छन्।

Advertisements

सूर्य तिवारीले पूर्ववत प्र.अ. पद सम्हाले पछि विभिन्न प्रश्न उव्जिएको छ । कानुनका जानकारहरु फौज्दारी अभियोगमा मुद्दा दर्ता भएपछि उक्त मुद्दामा सफाई नपाएसम्म पद स्वतः निलम्वन हुने वताउँछन् । मौजुदा संघिय शिक्षा ऐन २०२८ (ससोधन सहित) को दफा १७ को १ (ख) ले सोही ऐनको उपदफा १ र १ (क) वमोजिमको कसुरको सम्वन्धमा विद्यालयको कुनै शिक्षक वा कर्मचारी उपर मुद्दा हेर्ने अधिकारी वा अदालतमा मुद्दा दायर भएमा त्यस्तो शिक्षक वा कर्मचारी त्यसरी मुद्दा दायर भएको मिति देखि मुद्दाको टुंगो नलागेसम्म निलम्वन हुनेछ । भन्ने किटान गरिएको हुँदा हुँदै सूर्य तिवारी साविककै पदमा हाजिर भई विद्यालयको काम काज गर्न थालेको विषय कानुनको मर्म विपरित भएको वताइएको छ ।
फौज्दारी अपराध संहिता २०७४ र महानगरको शिक्षा नियमावली २०७५ ले पनि उक्त ऐन नियमावलीमा नलेखिएका विषय मौजुदा मुल ऐन वमोजिम हुने उल्लेख भएबाट पनि शिक्षा ऐन २०२८ वमोजिम कानुन कार्यान्वयन हुने एकिन गरेको छ। जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी पनि शिक्षा ऐन २०२८ ले मुद्दा दर्ता भएपछि निलम्वन हुनेछ भन्ने किटान गरेकोले मुद्दा चलाइएका शिक्षक कर्मचारी मुद्दाको टुंगो नलागेसम्म स्वतः निलम्वित हुने वताउँछन् । राष्ट्रिय मा.वि. प्रकरण र सूर्य तिवारीको पूनर्वाहाली वारे सोधिएको प्रश्नमा सुवेदीले भने त्यसो गर्नु गैह्रकानुनी हुने वताए ।
यहि प्रकरणमा स्थानिय सरकारले संघिय शिक्षा ऐन २०२८ विपरित अभिव्यक्ति दिदै शिक्षकको वचाऊ गरेको छ । पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले अदालतको फैसलाले निलम्वन नगरेको हुनाले उनिहरुलाई धरौटीमा राखेर पुर्पक्षमा छोडेको र वोलाएको वेला आउने गरि छोडिएकोले काम काजमा फर्कन मिल्ने वताए । अदालतले दोषी प्रमाणित नगरेसम्म निलम्वन नहुने बताउँदै महानगर शिक्षा महाशाखा प्रमुख आचार्यले भने उनिहरु कामकाजमा फर्कन पाउँछन् ।
महानगर शिक्षा महाशाखा प्रमुखको अभिव्यक्ति र शिक्षा ऐनको व्यवस्था परस्पर बाझिएका छन् । कानुन विद्हरु भन्छन् ऐनमा व्यवस्था भएको कुरामा अर्को आदेश वा निर्देशन चाहिँदैन ऐन वमोजिम स्वतः कार्यान्वयन हुन्छ । अख्तियारको निति पनि यस्तै छ । मुद्दा दर्ता भएकै दिन आरोपी स्वतः निलम्वन हुन्छ । अख्तियार कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजाल भन्छन् ऐनमा मुद्दा दर्ता भएपछि निलम्वन हुने व्यवस्था छ भने मुद्दा दर्ता भएकै दिनबाट उक्त व्यवस्था स्वतः कार्यान्वयन हुन्छ ।
तर राष्ट्रिय मा.वि. प्रकरणमा धरौटी राखेर छुटेका शिक्षकलाई पुनवहालीको हतारो छ । विद्यालय व्यवस्थापन समिति पनि शिक्षा ऐन वमोजिम हुनु पर्ने अडानमा छ । आरोपित शिक्षकहरुको मुद्दा किनारा नलागेसम्म निलम्वन हुनु पर्नेमा केहि व्यक्तिको साथ लिएर ऐन नियम विपरित पुनस्र्थापन भई हाजिर गरी काम काज गर्ने कार्य अवैध हुन सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यष मोहन दवाडीले वताए । अर्का आरोपित शिक्षक घनश्याम रेग्मी ऐनमा व्यवस्था भएको निलम्वन सम्बन्धि एकिन नभएसम्म विद्यालयमा हाजिर नहुने वताउँछन्। आफूले कानुन विद् सँग बुझ्दा मुद्दा दर्ता भई धरौटीमा छुटेकोले शिक्षा ऐन वमोजिम निलम्वनमा रहने भन्ने वुझेकोले तत्काल विद्यालयमा हाजिर हुन र पढाउन नजाने शिक्षक रेग्मीले वताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: