खेतवारी सम्याउने वहानमा ग्रेवल खेती, प्राकृतिक स्रोतको दोहन हुन दिन्नौंः स्थानिय

सराङकोट न्यूज
24 March, 2021 10:50 pm

पोखरा ३३ नम्वर वार्डको चालिसे खेत र आसपासका ढिस्को कटान गरी ग्रेवल कारोबार गर्ने गिरोह सकृय हुन थालेको भन्दै स्थानिय सरोकारवालाहरुले संगठित रुपमै विरोधको आवाज वुलन्द गरेका छन् । पोखरा महानगर पालिका वार्ड नम्वर ३३ को ठूलो पाखा टोल विकास संस्थाले वैठक वसी ठूलो पाखा पाखा क्षेत्रको पुच्छार भाग चालिसे खेतलाई सम्याउने वहाना बनाएर ढिस्को कटान गरी ग्रेवल खेती गर्ने योजना बनाई स्वीकृतिको पहल अगाडि बढाएको चाल पाएपछि प्राकृतिक स्रोतको दोहन रोक्न पहल गर्ने निर्णय गरेका छन् ।

ठूलो पाखा टोलविकास संस्थाका अध्यक्ष खेम पुनको अध्यक्षतामा वसेको वैठकले चालिसे ढिस्को खन्ने कार्य रोक्न समग्र टोविस, अन्नपूर्ण युवा क्लव, सृजना आमा समूह लगायतकाले प्राकृतिक स्रोतको दोहन रोक्न ऐक्यवद्धता जनाएको वताइएको छ । ठूुलो पाखा वस्ती लगायतका ठाउँमा कटान रोक्न पहल गर्ने निर्णय गरिएको छ ।

Advertisements

स्थानिय सरोकारवालाहरुको सकृयता वढे पछि कटान कर्मी र क्रसर व्यवसायीहरु पछि हट्न थालेका छन् । वार्ड अध्यक्ष शिव प्रसाद आचार्यले आसपासका टो.वि.स.को सहमती लिएर आएमात्र फाइल अघि वढाइने वताएर फर्काइदिए पछि कटानकर्मीहरु दवाव र प्रभावमा पारेर भए पनि काम गर्ने रणनीतिमा लागेका छन् तर टोलविकास र स्थानिय सरोकारवालाहरुको सकृयता टाल्न उनिहरुले मुस्किल पर्ने देखिन्छ ।

उक्त क्षेत्रमा ग्रेवल युक्त जमिन भएकोले क्रसर व्यवसायी र जग्गाधनी वीचका विचौलियाहरुको चलखेल वढ्ने गरेको छ । गत वर्ष वडा अध्यक्ष आचार्यले सिफारिस दिने गरेपनि यस पटक स्थानिय वासी र टो.विसको सर्वसम्मत सहमती पेश गर्न निर्देशन दिएर प्राकृतिक स्रोतको दोहन रोक्न सकारात्मक भूमिका खेलेको भन्दै स्थानिय सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन् । स्थानिय वासिन्दाबाट ढिस्को कटान, खेतवारी सभ्याउने वहानामा प्राकृतिक स्रोत साधनको दोहन रोक्न एक सुत्रिय माग राखेका कारण सहमतीको सम्भावना टरेको छ । सहमति नभएसम्म डोजर चलाउने अनुमती नमिल्ने निश्चित छ । कटान माग गरिएको आसपासमा छप्ल्याङ टो.वि.स. र ठूलो पाखा टोविस पर्छ । स्थानिय भन्छन् चालिसे ढिस्को कटान गर्न दिएमा विसमुरे चनौटा हुदै उल्टे सम्मको डाँडा कटान भई प्राकृतिक दोहन हुने प्रवल सम्भावना रहन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: