दीप हस्पिटलको सेवा सञ्चालन सुरु

सराङकोट न्यूज
14 April, 2021 9:24 am
Advertisements
Advertisements

लामो उल्झनका बीच दीप हस्पिटल पोखराले २५ बेडको जनरल अस्पताल सञ्चालन स्वीकृती पाएको छ । सञ्चालन स्वीकृती पाएपछि अस्पतालले सेवा सुरुआत गरेको छ । पोखराको उत्तरी भेगलाई लक्षित गरी बगरमा सञ्चालनमा ल्याइएको दीप हस्पिटलले २४ घण्टे इमर्जेन्सी सेवा सहित बहिरंग सेवा (इएम्), ल्याब गरिसकेको जनाएको छ । हस्पिटल अहिले २५ शैयाबाट सुरु भएको र पछि सैया विस्तार गर्दै लैजाने निति रहेको हस्पिटलका अध्यक्ष समेत रहेका सञ्चालक अर्जुन गुरुङले बताए ।
हस्पिटलले अत्याधुनिक उपकरणहरु भित्र्याएर गुणस्तरीय सेवामा जोड दिने अध्यक्ष गुरुङले बताए । डिजिटल ब्लड प्रेसर मेसिन प्रयोग गरि बालक र जेष्ठ नागरिकलाई सहज सेवा प्रदान गरिदै आएको र अब केही महिना भित्रै अप्रेशन सेवा सुरुआत गर्ने तयारी भइरहेकाले यस भेगका जनतालाई सबै प्रकारका सेवा प्रदान गरिने जनाइएको छ । फार्मेसी सेवामा ७ प्रतिशत छुट दिने, गरीब तथा विपन्न परिवारलाई सेवामा विशेष छुट दिने व्यवस्था मिलाइने अध्यक्ष अर्जुन गुरुङले घोषणा गरे ।
महेन्द्रपुल माथिका जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल नभएका कारण बगरलाई केन्द्र मानेर अस्पताल खोल्न प्रेरणा मिलेको र त्यसबाट पोखराका वार्ड नं.१,१६,१९,२०, २,३,२५ नम्बर वार्ड एवम् माछापुच्छे,« अन्नपूर्ण गाउँपालिका लगायत पर्वत, बाग्लुङका जनतालाई सेवा लिन सहज हुने अध्यक्ष गुरुङ बताउँछन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: