पेचिलो बन्दै पद्म नर्सिङ होम विवाद, दुवै समूह द्वारा विशेष साधारण सभा सम्पन्न

सराङकोट न्यूज
28 April, 2021 1:09 pm

पोखरामा रहेको पद्म नर्सिङ होमको जारी विवाद थप पेचिलो वन्दै गएको छ । संचालक वोर्डको अकर्मण्यताका कराण पोखराकै पुरानो र नाम चलेको पद्म नर्सिङ होम अस्तित्वकै चरम संकटबाट गुज्रिरहेको देखिन्छ । वर्षौ भइसक्यो आयकर तिरेको छैन, कम्पनी रजिस्टर्ड कार्यालयमा विवरण अध्यावधी नभएको मात्र हैन अस्पतालनै नविकरण हुन नसक्दा चलिरहेको नर्सिङ कलेज नै वन्द हुन पुगेको छ ।
डा. कुमरा शमसेर राणा, डा. कालु शर्मा लगायतले स्थापना गरेको पद्म नर्सिङ होमका पछिल्ला वर्षहरु पिडादायी र लथालिंग शैलीबाट गुज्रिरहेका छन् । संचलाक समितिले गति लिन नसक्दा थुप्रै कानुनी अड्चनका पहाडहरुले थिचिएको छ नर्सिङ होम । थिति र विधिले चल्न नचाहाने पद्म नर्सिङ होम ले निकास र समाधानको वाटो भुलेर मुद्दा मामिलाको झमेलामा फस्दै गएको छ । यति सम्मकी सरकारी कार्यालयबाट पठाएको सूचना छाप्दा छाप्ने पत्रिका विरुद्ध मुद्दा हाल्ने नर्सिङ होमको हालको संचालक समिति शेयर अनुपातमा अल्पमतमा रहेको छ ।
कम्पनी रजिस्टार कार्यालयको अभिलेख अनुसार हालका संचालक समितिमा २१ प्रतिशत शेयर अनुपात रहेको छ । ७९ प्रतिशत शेयर हैसियत रहेको नरेन्द्र वास्तोला, डा. कालु शर्मा डा. नारायण गौतम इृन्दिरा शर्मा सुवेदी लगायतले सोमवार पोखरामा पत्रकार सम्मेलन गर्दै आफहरुसँग तीन चौथाई शेयरधनीहरु हुँदा पनि अल्पमत शेयरधनीहरुबाट पीडित हुन पुगेको गुनासो गर्दै सहयोगको याचना गरेका थिए । अल्पमत शेयरधनीहरु संचालक वोर्डमा रहेका र उनिहरुले विधि र प्रकृया विपरित काम गर्दै आएका कारण राज्यका निकाय देखि स्थानिय सेवाग्राहीहरुबाट समेत आलोचना खेप्न परेको उनिहरुले गुनासो गरेका थिए ।
नर्सिङ होम लथालिंग हुनबाट जोगाउन वास्तोला निकटका शेयरधनीहरुले वैशाख ६ गते विशेष साधारण सभा सम्पन्न गरी नयाँ संचालक समिति चुनेका छन् । अधिक शेयर अनुपातका शेयर धनीहरु सम्मिलित विशेष साधारण सभाले चुनेको समितिलाई उनहिरुले आधिकारिक रहेको दावी गरेका छन् । सरकारी नियामक निकाय कम्पनी रजिष्टार कार्यालयले २०७८ वैशाख ६ गतेको मिति तोकेरै पद्म नर्सिङ होम प्रा.लि.का अध्यक्ष पोखरा ३ लाई ०७८÷१÷६ गते विशेष साधारण सभा गर्न भन्दै कम्पनी ऐन २०६३ को दफा १७८ वमोजिम निर्देशन दिएको थियो तर उक्त पत्र वुझ्नै वर्तमान संचालक समितिले नमाने पछि पत्रको मर्म र भावना अनुसार वैशाख ६ गते नरेन्द्र वास्तोला पक्षका ७९ प्रतिशत शेयरधनीहरुको सहभागितामा विशेष साधारण सभा गरिएको पत्रकार सम्मेलनमा डा. कालु शर्माले वताएका थिए ।
कम्पनीको हालका संचालक समितिले वैशाख ११ गते विशेष साधारण सभा गरेको वुझिएको छ । वास्तोला पक्षका शेयरधनी हरुलाई प्रस्ताव र वित्तिय विवरण नै नदिई दिइएको मौखिक सूचनाको भरमा वर्तमान संचालक समितिले तोकेको वैशाख ११ को विशेष साधारण सभा वहिस्कार गरेको डा. कालु शर्माले वताएका थिए ।
नर्सिङ होमका संचालकहरुले नदिपुरमा रहेको नर्सिङ होमको आफ्नै भवन लिलाम गर्न वैंक सँग सेटिङ मिलाएको वास्तोला पक्षीय शेयर धनीहरु बताउँछन् । नर्सिङ होम संचालक वोर्ड पैसा कमाउँछ । तलव खान्छन् तर वैंकको किस्ता तिर्दैनन् वरु उल्टै लिलाम गरेर भवन खाइदिन सेटिङ मिलाउँछन् नरेन्द्र वास्तोलाले भने । वैंकले खानै लागेको नदीपुर को हस्पिटल भवनको सावाँ व्याज तिर्न जाँदा पनि नलिन दवाव दिएको पनि वास्तोलाले वताए । आम्दानी खानेले नतिरेको लोन तिर्छु र सम्पत्ति जोगाउँछु भन्दा पनि सोर्स लगाउनु पर्ने अवस्था आएको दुखेसो पोखे ।

कानुन विपरित चल्दै नर्सिङ होम

दुई वर्ष अघि नै पद्म नर्सिङ होम पोखरा ३ नदीपुरमा सरेको सूचना छापिएको थियो । हाल नर्सिङ होम चलाइएको डा. सुमिरान श्रेष्ठको घरको भाडा सम्झौता एक वर्ष अघि २०७७÷२÷२४ गते नै म्याद सकिएको छ तर पनि गैह्रकानुनी ढंगबाट नर्सिङ होम न्यूरोडमै चलाइएको छ । अभिवक्ता वि.वि विष्ट भन्छन् ३ नम्वर वडाको हस्पिटल ९ नम्वर वार्डमा चलाउनु सरासर गैह्र कानुनी काम हो । नाफा मुखी व्यापारिक स्वार्थले कानुन तोड्ने काम वर्तमान कार्यसमितिले गरिरहेकोले यसमा प्रशासन महानगरपालिकाको आँखा पुग्नु पर्ने वताउँछन् ।
पद्म नर्सिङ होमको विवादको गाँठो फुकाउन अझै मुस्किल देखिन्छ । अहिलेको वोर्ड नदीपुर जान नमान्नु कानुनलाई चुनौती दिनु नै रहेको छ । वैशाख ११ गते भएको विशेष साधारण सभामा पेश भएको लेखापरीक्षण प्रतिवेदन र यस अघि नै तोकिएका एल के भट्टराईको लेखापरीक्षण प्रतिवेदनको वैधता पनि एकिन भई कार्यान्वयनमा ल्याउन जरुरी रहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: