प्रहरी इञ्चार्ज माथि किन खनिए वडाध्यक्ष ? नेताको इन्ट्रेष्टमा प्रहरीका पाइला

सराङकोट न्यूज
4 May, 2021 6:36 pm
Advertisements

कास्कीको मादी गाउँपालिकाको याङजाकोट प्रहरी चौकीका इञ्चार्ज प्र.ना.नि. टिकाराम न्यौपाने माथि सोही गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटा नराम्रो सँग खनिए । वडा अध्यक्षको हैसियत नै विर्सिएर दुर्वाच्य वोल्दै सइ सापको हुर्मत लिदै वडा अध्यक्ष सापकोटाले वहादुरी देखाए । कारण थियो मादी खोलाको उत्खनन् ।
मादी गा.पा. वार्ड नं. ४ र ५ नम्वर जोड्ने मादी खोलाको भैंसे पुल मुनिको आसपासमा ढुंगा संकलन गरी ट्याक्टरमा ओसार्दै गर्दै याङ्जाकोट प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक (स.इ.) टिकाराम न्यौपानेले ट्याक्टर नियन्त्रणमा लिए । उनले भैसे पुल मुनिको ढुंगा ओसार्ने अनुमती पत्र मागे तर ड्राइभरले ढुंगा ओसार्ने कुनै अनुमती पत्र देखाउन सकेनन् । उनिहरुले भने वडा अध्यक्षको मौखिक आदेशबाट ढुंगा निकालिएको हो ।

नदी खोलाको ढुंगा वालुवा गिट्टी निकाल्न सरकारले मापदण्ड वनाएको छ । पुल मुनी ढुंगा वालुवा निकाल्न नेपालको कानुनले पूर्णतया वर्जित गरेको छ । खोला नदी घाट खानीको ढुंगा वालुवा उत्खनन् तथा संकलन गर्न वातावरणीय प्रभाव मूल्यांकन गरिनु अनिवार्य व्यवस्था छ तर मादी गाउँपालिका वाड नं. ४ का वार्ड अध्यक्षले भैसे पुल मुनिदेखि झोलु·े पुल वीचको करिव ३ सय मिटर भित्रबाट ढुंगा निकालेर प्रचलित कानुनको धज्जी उडाएको पाइएको छ ।
निषेधित क्षेत्रबाट ढुंगा संकलन र ओसार पसार गरिरहेको देखेपछि याङ्जाकोट प्रहरी चौकीका इञ्चार्ज प्रनानि टिकाराम न्यौपानेले रंगेहात नियन्त्रणमा लिएका थिए । वडा अध्यक्ष सत्यराज सापकोटालाई आफ्नो आदेश वमोजिम ढुंगा ओसार्ने कार्यलाई रोक्ने प्रनानि न्यौपानेको कार्यशैली पटक्कै मन परेको थिएन । स्थानिय वडा सरकारले दिएको आदेश विपरित कानुनी प्रश्न उठाएर सेटिङमा अवरोध गरेको प्रति वडा अध्यक्ष सापकोटा आगोको लप्का भएर प्रनानि न्यौपाने माथि खनिएका थिए । वडा अध्यक्ष यसरी प्रहरी माथि खनिनुमा उनको सेटिङमाथि आएको अवरोध हुन सक्ने जानकारहरुले वताएका छन् ।
“मलाई सिकाउने त मु…. को होस् तेरो जागिर खाइदिन्छु” भन्दै ध्वांस दिने वडा अध्यक्ष सत्यराज सापकोटाले एकै पटक दुई प्रकारको गल्ती गरेका छन् । पहिलो त उनले कानुन विपरित पुल मुनीको ढुंगा निकाल्न लगाएका छन् भने दोस्रो उनले राष्ट्रसेवक सुरक्षाकर्मी माथि गाली वेइज्जती गरेका छन् । तर मादि गाउँपालिका वडा नं. ४ का अध्यक्ष सत्यराज सापकोटाले आफू आवेगमा आएर गल्ती वोलेको भन्दै क्षमा याचना गरेका छन् । उता पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा खोलाको ढुंगा संकलन तथा निकासी पैठारी गर्न नमिल्ने हुँदा लिखित केहि नभएको बताउँछन् ।
जनप्रतिनिधि फलेको वृक्ष हो झुक्नु पर्ने थियो तर ठीक उल्टो कार्य गरे । त्यो भन्दा टीठ् लाग्दो कुरा टिकाराम न्यौपाने नेपाल प्रहरीको वर्दी लगाएका राष्ट्र सेवक कर्मचारी हुन् । उनले कानुन कार्यान्वयन गर्न खटिएर पुलिसिङ गर्दा त्यसको जस सिंगो प्रहरी संगठनलाई जान्छ । यसर्थमा ति जुनियर प्रहरी अधिकृत न्यौपानेको प्रतिरक्षा उनकै प्रहरी संगठनको कमाण्डरले गर्नु पर्ने हुन्छ । कानुन हातमा लिएर गलत धन्दा गर्ने जनप्रतिनिधिको सेटिङ तोड्ने काम गरेकोमा स्यावासी दिएर पुरस्कृत गर्दै उच्च मनोवल सृजना गर्नु पर्ने ठाउँमा उल्टै उनलाई कार्यक्षेत्रबाट इप्रका हंसपुर मुकाम डाँडाको नाक सिसुवा तानिएको छ । सइ न्यौपाने वैशाख १५ गते नै आफ्नो झिटी गुण्टा लिएर सरुवा भएका छन् ।
वैदाम दरवन्दी भएका प्र.ना.नि. टिकाराम न्यौपाने सिसुवा तानिए पछि उनको ठाउँमा सुन्दरी डाँडा प्रहरी चौकी बाट प्रसनि नारायण भण्डारी याङ्जाकोट प्रहरी चौकी प्रमुख भएर गएका छन् भने डाँडाको नाकमा कार्यरत एक प्र.स.नि. सुन्दरी डाँडा खटाइएका छन् आफ्नै संगठनका प्र.ना.नि. माथि धावा वोल्ने जनप्रतिनिधि (वडा अध्यक्ष) को इलाकामा गएका प्रहरी इञ्चार्जको मनोवल कसरी उच्च हुन सक्छ यो एउटा गंभिर प्रश्न तेर्सिएको छ । कानुन वमोजिम पुलिसिङ गर्दा खप्की, धम्की मात्र हैन जागिरै खाइदिने धम्की दिने विरुद्ध अनुसनधान र कारवाही गर्नु पर्ने तालुक अडडाका कमाण्डरहरुबाट पुरस्कारको सट्टा दण्ड दिएको महसुस गराउने कार्य भएपछि प्रहरी संगठनमा कार्यरत तहमा मनोवल गिर्न सक्ने तर्फ ध्यान जान सकेको छैन ।
पालिका तहमा निर्वाचित जनप्रतिनिधिहरुले प्रदेश र संघिय सरकारसम्म दलगत राजनीतिको घाँटी जोडिएको पाइन्छ । वडाअध्यक्ष लाई जोगाउन पालिका प्रमुख देखि प्रदेश हुँदै केन्द्र तहसम्मका नेताको आर्शिवाद रहन्छ याङ्जाकोट प्रहरी प्रमुख सरुवा काण्डमा पनि माथिल्लो तहका माननियको इन्ट्रेष्ट रहेको वुझिन आएको छ । तर प्रहरीको असल कामको संरक्षण कसले गर्ने ?

छानविन भइरहेको छ : एस.पि. जीवन श्रेष्ठ

एस.पि. जीवन श्रेष्ठ
एस.पि. जीवन श्रेष्ठ

मादी गाउँपालिकाको याङ्जाकोट प्रहरी चौकीका प्रमुख प्र.ना.नि. टिकाराम न्यौपानेलाई सोही गापा वाड नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले नराम्रो वचन वोली गाली गलोज गरेको सम्बन्धमा छानविन भइरहेको वताउँछन् । खोला वगरको ढुंगा संकलन गरेको विषयमा प्रहरीले रोक्न खोज्दा वडा अध्यक्ष र प्रहरी चौकी इञ्चार्ज प्र.ना.नि. न्यौपानेलाई दुर्वाच्च वोलेको प्रकरणका सम्वन्धमा वडा अध्यक्ष सत्यराज सापकोटालाई वोलाइ सोधपुछ भइरहेको र दुवै पक्षको कुरा वुझेर आवश्यक कारवाही अगाडि वढाउने एस.पि. जीवन श्रेष्ठले वताए ।
उक्त घटना वाहिरिएपछि सइलाई इप्रका तानिएको कुरा संयोग मात्र रहेको बताउँदै एसपि श्रेष्ठले भने त्यो एउटा संयोग हो हामीले जिल्लाका विभिन्न यूनिट इञ्चार्जहरुको अदलवदली गरेका छौं । प्रहरीलाई जिम्मेवार जनप्रतिनिधिबाटै असुरक्षित र अपमानित हुनुपर्ने त्यसले प्रहरीको मनोवल गिराउन सक्दैन र भन्ने हाम्रो प्रश्नमा उनले भने–“हामी छानविनमा छौ यथार्थ कुरा वुझेर प्रहरी कर्मचारीको मनोवल उच्च राख्ने गरी काम गछौं ।” विवादको चुरो कुरो नदी खोलाको उत्खनन् र ओसार पसार भएकोले त्यस वारेमा गा.पा. लगायतका राज्यका सरोकारवाला निकाय सँग कानुनी आधार र अवस्थाको वारेमा वुझेर काम कारवाही गर्ने र यो प्रकरणले नयाँ सन्देश दिएको पनि एस.पि. श्रेष्ठले वताए ।
स्मरणीय छ विभिन्न घाट खानीमा मादीको भैसे खोला पुल मुनीका जस्ता घटना, चोरी निकासी, पैठारी हुँदै आएका छन् त्यसको नियमन गर्ने दायित्व स्थानीय र प्रदेश सरकारको भए पनि अवैध ओसार पसार नियन्त्रण कार्य प्रहरीको सहयोगमा हुँदै आएको छ । पालिकाहरुले कानुनलाई अनुकुलता हेरी पक्ष र विक्षमा प्रयोग गर्ने कार्यशैलीलाई किमार्थ राम्रो मान्न सकिन्न ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: