बर्तमान Covid– 19 संक्रमणमा जीवन रक्षाको लागी Medical Oxygen

सराङकोट न्यूज
13 May, 2021 11:03 am
Advertisements
Advertisements

दिपक सुबेदी 
विज्ञान शिक्षक (श्री विश्व शान्ती मा वि)
रुपा–०५ देउराली कास्की

वर्तमान समयमा विश्व नै Covid–19 को चपेटामा परिरहेको छ । यस संक्रमणबाट हाम्रो देशले पनी विभिन्न समस्या हरु झेलीरहेको छ । Covid–19 महामारीको दोश्रो लहर यसभन्दा पहिलेको भन्दा अझै महामारीको रुपमा देखिरहेको छ । विभिन्न तथ्यांक हरु हेर्दामानिसको मृत्युदर पहिलेको भन्दा बढी रहेको छ ।
अस्पताल हरुमा मेडिकल अक्सिजन ग्यासको माग दिनानुदिन बढिरहेको छ ।अक्सिजन ग्यासको अभावले गर्दा कतिपय अवास्थाम्म संक्रमीत विरामी को मृत्यु सम्मको दुखद खबर सुनिरहेका छौ । संक्रमणको यस विकराल परिस्थितिमा हामि सबैले आ – आफ्नो ठाउबाट सक्दो स्वास्थ्य साबधानी आपनाउनु पर्दछ। Covid–19 संक्रमण अझै पनि नियन्त्रणमा नआईरहेको अहिलेको अवस्थामा मानव शरीरमा Oxygen Level तथा यससम्बन्धी जानकारी लिनु महत्वपुर्ण कुरा हो । मेडिकल अक्सिजन के हो ? प्राकृतिमा अक्सिजन हुदाहुदै विरामीलाई मेडिकल अक्सिजनको आवस्यकता किन र कस्तो अवस्थामा पर्दछ भन्ने वारेमा केहि जानकारी लिऔ ।

के हो मानव शरीरमा Oxygen Level ?

हाम्रो शरीरमा रगतमा पाईने राता रक्ताकोष ( Red Blood Cell )मा पाईने हेमोग्लोविन पिगमेन्ट मा भएको अक्सिजनको मात्रा को मापनलाई नै OxygenLevel भनिन्छ। सामन्यतया स्वस्थ सरिरमा ९५ % – १०० % सम्म OxygenLevel हुने गर्दछ भने ९०% सम्मको OxygenLevel लाई सामन्य माने पनि शरीरमा Oxygen को मात्रा ९०% भन्दा कम भएको अवस्था लाई खतराको अवस्था भनिन्छ , यो अवस्थामा सरिरलाई Oxygen Support चाहिन्छ ।
Covid–19 भाईरस ले मुख्यगरी फोक्सोमा संक्रमण गराउने हुनाले Covid–19 संक्रमणबाट पोजिटिभ देखिएका सबै विरामीहरुले oxygen level saturation पटक–पटक जाँच गरिरहनुपर्ने हुन्छ
Oxygen level saturation नाप्नको लागि बजारमा उपलब्ध गुणस्तरीय pulse oximeter प्रयोग गरेर नाप्न सकिन्छ यदि अक्सिजनको मात्रा ९३% प्रतिशतभन्दा कमी देखिन गएमा डाक्टरसँग सल्लाह गर्नुपर्दछ ।

के हो Medical Oxygen ?

हावामा oxygenको मात्रा लगभग २१% रहेको हुन्छ भने बाँकी नाइट्रोजन( ७८%) र अन्य ग्याँसहरु मिसिएको हुन्छ ।

स्वास्थ्य मानिसले वातावरणमा (हावामा) रहेको हावावाट फोक्सोले oxygen ग्यास छानेर लिने गर्दछ । मुख्य गरि Covid–19 संक्रमणले मानिसको फोक्सोमा संक्रमण हुन गई फोक्सोको कार्यक्षमता घट्न गईप्राकृतिकरुपमा प्राप्त हुने अक्सिजनबाट शरीरलाई आवश्यक मात्रामा oxygen प्राप्त हुन सकेन भने शरीरमा oxygen leavel कम हुन जान्छ ।
यस्तो अवस्थामा बिरामीलाई स्वास–प्रस्वासमा असहज हुन्छ । विरामीलाई स्वास प्रस्वास लाई सजह बनाउनको लागि अक्सिजन आवश्यक पर्दछ जुन Medical Oxygen वाट दिईन्छ ।
जव हाम्रो फोक्सोले प्राकृतिक अक्सिजन ( हावामा भएको अक्सिजन ) लाई सजिले छानेर सरिरलाई आवश्यक अक्सिजन ग्रहण गर्ने क्षमता हुदैन त्यस्तो अवस्थामा विरामीलाई स्वास प्रस्वासको लागि सहज गराउन Medical Oxygen दिईन्छ ।
त्यतिबेला यो प्रश्न उठ्न सक्छ कि प्रकृतिमा यति धेरै अक्सिजन हुँदापनि किन cylinder अक्सिजन चाहिन्छ?
cylinder मा पाइने medical oxygen शुद्ध (९९%) Oxygen हो, यो शुद्ध oxygen लिन को लागि हाम्रो फोक्सोले कुनै अन्य थप शक्ति खर्च गर्नुपर्दैन अथवा फोक्सोले सिधै सोसेर रगतमा मिसाउन सक्छ ।

कसरी तयार हुन्छ Medical Oxygen ?

हावामा अक्सिजनको मात्रा लगभग २१ % मात्र रहेको हुनाले हावाबाट सिधै Cylinder मा भर्ने मिल्दैन ।
मेडिकल रुपमा सुद्ध र धेरै मात्रामा अक्सिजन ग्यास उत्पादन गर्न मुख्य गरि Air Liquification process -Fractional Distillation Air process) प्रयोग गरिदै आएको छ ।
यस विधिमा हावामा भएको अक्सिजन लागि तरल अवस्थाम परिवर्तन गरिन्छ ।
तरल अवस्थामा तयार गर्नको लागि छुटै प्रकारको अक्सिजन प्लाण्टको निर्माण गर्नुपर्दछ ,विभिन्न उपकरणको मद्दतले वातावरणमा रहेको हावालाई प्रशोधन गरी शुद्ध अक्सिजन बनाइन्छ । जसलाई उच्च चापमा तरल ९९९।५५ ०शुद्ध अवस्थामा विशेष खालको Cylinder मा राखेरMedical Oxygen को रुपमा प्रयोग गरिन्छ ।

References

  1. Barreto L, Makihira A, Riahi K. The hydrogen economy in the 21st century: a sustainable development scenario. Int J Hydrogen Energy 2003;28(3):267–84. Fig. 11.
  2. Comparison of hydrogen cost between system-A and -B including oxygen cost. 2594 T. Kato et al. / Energy 30 (2005) 2580–2595 [2] Jianwei Y, Guolong S, Cunjian K, Tianjun Y.
  3. Oxygen blast furnace and combined cycle (OBF-CC)—an efficient ironmaking and power generation process. Energy 2003;28(8):825–35. [3] Oie I. Gas georama in Japan. Gas Rev 2002 [in Japanese].
  4. Personal communications with Dr Patrick Morgan: Honorary Medical Advisor for SLSGB. August 2012.

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: