पत्रकार महासंघ गण्डकीले ‘एक करोडको पत्रकार कल्याणकारी कोष’ स्थापना गर्र्दै

सराङकोट न्यूज
15 May, 2021 6:57 pm
Advertisements
Advertisements

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्युनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
कल्याणकारी कोषलाई एक करोड पु¥याइने लक्ष्य राखिएको छ । ‘सुरुमा महासंघका पदाधिकारी, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट कम्तिमा १५ हजारका दरले रकम जम्मा गर्ने निर्णय भएको छ । कार्यसमिति सदस्यले स्वच्छिक रुपमा प्रदान गर्नुहुनेछ । गण्डकी प्रदेशबाट पत्रकार महांघमा पूर्व पदाधिकारी, पूर्व कन्द्रीय सदस्य, अग्रज पत्रकार, योगदान दिन चहने सबै सञ्चारकर्मी पत्रकार, प्रदेश सरकार, स्थानीय र निजी तथा सामाजिक संघसस्था समेतसंग समेत सहकार्य गर्दै एक करोड रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेका छौं’ महाचिव सुवेदीले भने ।
कल्याणकारी कोषको सञ्चालन अध्यक्ष नाराण शर्मा नेतृत्वकै कार्यसमितिले गर्नेछ । त्यसैगरी महासचिव सुवेदीको नेतृत्वमा सचिव यदुनाथ बञ्जरा, समावेशी सचिव कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ बनेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले श्रमजीवि पत्रकार लाभान्वित हुने हुँदा कोष स्थापनामा सबैले हातेमालो गर्नुपर्ने बताए । प्रदेश समिति सल्लाहकार दीपेन्द्र श्रेष्ठले पत्रकारको हितका लागि कोष स्थापना हुन स्रहानीय कार्य भएको बताए ।
महासंघ प्रदेश समितिको बैठकले कोरोना उपचारको क्रममा निधन भएका पत्रकार गणेश पौडेल प्रति श्रद्धञ्जली अप्रण गर्दै गर्दै परिवार जनमा समवेदना प्रकट गरेको छ । साथै संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पत्रकारलाई स्वास्थ्य सुरक्षाको पालना गरेरमात्र कर्म क्षेत्रमा खटिन आग्रह गरेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: