जनता खोज्दैछन् “कहाँ छ सरकार ?

सराङकोट न्यूज
23 May, 2021 11:32 am
Shiva Raj Bastakoti

यतिबेला विश्वमै अकल्पनिय डर, त्रास र भयले आम नागरिक याकुल ब्याकुल छन् । जताततै कोरोनाको कहर छ । सब एकले अर्कोलाई देखेर त्रसित छन् यहाँ सम्म कि एकछिन बाहिर गएर आएको एकाघरकै परिवारको सदस्यसँग पनि तर्सनु पर्ने अवस्था छ। आफन्त इष्टमित्र आउँदा अरु केही नभए पानि त पिएर जानू होस् भन्ने गरेका हामी आज आएर टाढै बाट आउदै गरेको देखेर पनि ढोका ढेकेर बस्न बाध्य छौ । बनको बाघले फेला पारे खान्छ मनको बाघले फेला नपारेनि खान्छ भने जस्तो भएको छ । एकाघरका श्रीमान श्रीमती पनि जोगि देखि भैंसी देखि जोगि डराए जस्तै गर्नु परिरहेको छ। अत्यन्तै हितैषि मित्र आफन्तजन गुमाउनुको पीडा उनैलाइ थाहा हुन्छ जस जसका हितैषि मित्र आफन्तजन र इष्ट मित्र यो महामारीको सिकार भएका छन्। कोरोनाकै कारण यहाँ सम्मकि उनिहरुको निधन हुदापनि दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्।
दिनदिनै सक्रमित भएका र मृत्युका खवर आइरहेका छन् कसैका श्रीमान कसैका श्रीमती कसैका बा आमा कसैका छोराछोरी बुहारि नातिनातिना नातिनातिनी कोहि अत्यावश्यक काम व्यापार पेशा व्यवशायले त कति अत्यावश्यक वित्तीय स्वास्थ्य सुरक्षा सेवा प्रवाहका लागि जागिरमा जान बाध्य छन् सबका सब त्रसित छन् कहि कतै हाम्रै घरका सग कोरोना आएर सखाप पार्ने त हैन सबका सब परिवार चिन्तित छन् । भनाइ नै छ मानिसलाई रोगले भन्दा पनि चिन्ताले झन् सताउँछ तर यति बेला त झन् एकातिर कोरोनाको कहर अर्को तिर रातदिनको डर यस्तो बेला कसरी को कसको कसरी भर पर्ने भन्नु पर्ने अवस्था बाट आम नेपाली प्रताडित हुनु परेको छ ।
झन् यति बेला यो देसका नेता सासद मन्त्री स्वय जनताको सरकारको नामले आफुलाई स्थापित गर्दै आइ रहेको घमण्डि र शिलन्यासमुखि विकासे सरकार भने कहिले विघटन कहिले सडक तताउने खेल कहिले जनता सडकमा उतार्ने ह‍ोडवाजि कहिले सासद खरिद बिक्री कहिले विश्वासको मत कहिले धारा कहिला दफा कहिले उपदफाको खोजिमा लागि रहेको मात्रै होइन। हिन्दिमा एउटा भनाइ छ । सारा जनता भाडमे जाय पर हमको कुर्चि चाहिये भनेझै गरि रहेकाछन् यहाँ सम्मकि एउटा शपथ खादा समेत प्रधानमन्त्री ओलि ज्यु र राष्ट्रपति ज्युको पर्दैन र हि हि हि ले यतिबेला निकै चर्चा पायो।उता मन्त्री सासदहरुले भने मनोमानी ढंगले अक्सिजन ग्यास हिजो खाना पकाउने ग्यास र इन्धन ओसार पसार गरेजस्तो गरि आसेपासेकोमा पुर्याएर भोट बैङ्मिङ खाता खोल्न शुरुवात गर्न थाली सकेका खवर आउन थालेका छन्।
यहाँ जनता एउटा अक्सिजन नपाएर मृत्युवरण गर्नु पर्ने उता पद र पावरको बलमा आफ्नो मनोमानि गर्ने प्रवृति झन् झांिकदै जान थालेको छ। हिजो पनि विफर मलेरिया हैजा जस्ता सरुवा रोग मात्रै होइन ठुला ठुला भुकम्प पनि भएका थिए होला। त्यति बेला पनि सरकार थियो होला । सायद नेपालकै इतिहासमा यसरी महामारी हुदा सरकार यस्तो निकम्मा लाचार भ्रष्टाचार मात्रै होइन जनतालाइ भन्दा पनि भ्रष्टाचारि लाई बचाउन हतार गर्नमै बरु अगाडि बढ्दै जाने गैर जिम्वेवार सरकार आजसम्म थिएन होला। यसो भनी रहदा केही मानिसहरु भन्न सक्छन् खालि सरकारको मात्रै विरोध गरेर मात्रै नकारात्मक सोच मात्रै राखेर कहा हुन्छ । तर यहाँ विरोधका लागि बिरोध हैन आम जनताको पीडा जीवन का लागि आम जनताको जीवन रक्षाका लागि आम जनता न्युनतम् भएपनि सरकार छ है भनेर ढुक्क भएर लकडाउन कोठरिमा बस्न चाहेका छन् भन्ने मात्रै हो।
आम जनता व्याकुल छन् आतुर छन् अब के हुन्छ भन्ने चिन्ता लिएर उमुस मुकुस जीवन जिउन बाध्य छन्। हरेक घरमा त्रास छ हरेक नेपाली लाई अब के हुन्छ भन्ने चिन्ता छ । तर सरकारलाइ अक्सिजन भन्दा पनि दाउराको कमि हुनु हुदैन हुन्छ कि भन्ने चिन्ता छ। तर आम नेपाली जनता भने एउटा अनाथ बालक अभिभावक विहिन अवस्थाबाट वाच्न विवस भएको बेला रुदै कराउदै गर्नु परेको अवस्था जस्तोगरि बस्न बाध्य छन् । यतिबेला आम जनताले सरकार लाइ खोजि रहेकाछन् जसरि एउटा बच्चाले आमा बाबुलाइ खोजिरहेको हुन्छ ठिक त्यसै गरि आम जनताले हस्पिटलमा बाटामा घाटमा जहातहि सरकारलाई खोजि रहेका छन् भनी रहेका छन् सरकार कहाँ छ । अब जनताले सरकार पाउनु पर्यो वालुवाटारमा बसेर दिल्लि वेइजिङ र वासिङ्टन डिसि रिझाउने सरकार जनतालाई चाहिएको होइन यतिवेला त जनतालाई आड आधार ढाडस र शाहस दिने र जनतालाइ रिझाउने सरकार चाहिएको हो जनताको मन मुटु विझाउने सरकार होइन । चेतना भया ।।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: