प्रदेश प्रयोगशालाले २ दिन भित्रै कोरोनाको रिपोर्ट दिने

सराङकोट न्यूज
26 May, 2021 12:18 pm
Advertisements
Advertisements

कोरोना स्वाव परीक्षणको नतिजा एक हप्ता सम्म दिन नसकेको भन्दै सर्वत्र आलोचना वढेपछि प्रदेश ल्याव पोखराले वढिमा दुई दिन भित्रै कोरोनाको रिपोर्ट दिने गरी कार्य अगाडि वढाएको छ । यस अघि जनशक्ति अभाव देखाउँदै एक हप्ता सम्म रिपोर्ट दिन नसकेको प्रदेश ल्याव पोखराले अव कर्मचारी थप गरेर सिफ्ट थपेर कोरोना परीक्षणलाई तिव्रता दिन थालेको गण्डकी प्रदेश स्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त प्रमुख सपना सुवेदीले वताइन् ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा रहेको सरकारी प्रयोगशालामा अघिल्लो हप्ता सम्म ९ सय सम्म दैनिक स्वाव परीक्षण हुने गरेकोमा अव दैनिक १५÷१६ सय सम्म स्वाव परीक्षण गरिने सुवेदीले दावी गरेकिछन् । यस अघि वाँकी रहेर थुप्रिएको स्वाव नमुना क्लियर भएपछि २४ घण्टा भित्र स्वावको नतिजा दिन सकिने पनि प्रमुख सुवेदीले वताइन् ।
सरकारी प्रयोगशालाले परीक्षण र रिजल्ट प्रवाहमा ढिलाई गर्दा पोखराका निजि ल्याव र काठमाडौंका ल्यावहरुले समेत स्वाव संकलन गर्न हौसिएका थिए । नागरिक वाध्य भएर निजि ल्यावमा घोक्रिएर जान वाध्य पारिएका थिए । सरकारी ल्यावको गतिविधि सुस्त र काम चलाउ भएका कारण जनताले भोगेको सास्ती न्यूनिकरण हुने देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: