कोरोना जाँचको नाममा व्यापार, पोखरामा ल्याबै नभएकाले उठाउँछन् स्वाव

यदुनाथ बन्जारा
27 May, 2021 10:15 am
Advertisements
Advertisements

पोखराको पृथ्वीचोकमा रहेको विध ल्याब गत हप्ता प्रशासनले बन्द ग¥यो । ललितपुरको ज्वागलमा दर्ता रहेको विध ल्याव पोखरामा दर्ता नै नगरी सोही नामाबट स्वाव संकलन र परीक्षण सुरु गर्‍यो । त्यसको केहि पछि बल्ल प्रशासनले थाहा पायो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको निर्देशनमा प्रदेश जनस्वास्थ्यमा प्रयोगशाला पोखरा समेतको टोलीले अनुगमन गर्दा दर्ता प्रमाण पत्र केहि फेला नपारेपछि उक्त ल्याव सिल गरेको छ ।
विध ल्याव त सिल ग¥यो तर उक्त ल्यावले स्वाव संकलन कार्यलाई भने रोकेको छैन । दर्ता अनुमती केहि नभएको ल्यावले पोखरामा वसेर नागरिकको स्वाव संकलन गरिरहेको पाइएको छ । जेष्ठ १० गते सोमवार यो पंक्तिकार सँग विध ल्याव पोखराका संचालकले आफूहरुले पोखराबाट कोरोना परीक्षणको स्वाव संकलन गरेर परीक्षणको लागि काठमाडौं पठाउने गरेको वताएका थिए । उनले आफ्नो नाम भने वताउन चाहेनन् । ल्याव नै नभएको ठाउँमा कोरोना परीक्षणको स्वाव संकलन कार्य कानुनी रुपले ठीक नभएको पनि विध ल्याव पोखराका संचालकले वताएका थिए ।
अव केहि दिन भित्र दर्ता प्रकृया पुरा हुने भन्दै समाचार नछाप्न सराङकोटलाई आग्रह गरेका उनले राज्यको नीति नियम चुनौती दिदै लिएको स्वावको नतिजा र आधिकारिक तथ्यांक नै कहाँ गणना हुन्छ भन्ने एकिन नहुने अवस्था आएको छ । पोखरामा संकलित स्वाव काठमाडौं पठाइने र रिपोर्ट व्यक्तिलाई अनलाइन मार्फत उपलव्ध गराइने विध ल्यावको दावी छ । त्यसरी व्यक्तिगत रुपमा गरिने स्वाव संकलन कार्यमा लेखनाथ वुढिवजारमा रहेको हेलो हेल्थ क्लिनिकले पनि काठमाडौंको विध ल्यावमा परीक्षण गर्ने व्यवस्था मिलाएर जनताहरुबाट स्वाव संकलन गर्दै आएको छ । हेलो हेल्थ क्लिनिकका संचालक मदन वरालले ल्याव टेक्निसियन परिचालन गरेर पोखरा र आसपासका गाउँपालिका सम्म पुगेर स्वाव संकलन गरिरहेको वताए । वरालका अनुसार झण्डै दुई हजार व्यक्तिबाट स्वाव लिएर परीक्षणका लागि काठमाडौं पठाइसकेको वताएका छन् । स्वाव संकलन वापत सेवा शुल्क समेत जोडेर दुरी हेरी प्रति व्यक्ति प्रति स्वाव ४ हजार सम्म लिने गरेको पनि मदन वरालले वताए ।
आफूले संकलन गरेको स्वाव संख्या र त्यसको नतिजा कहाँ जोडिन्छ भन्ने वारेमा वराल स्वयम् अनभिज्ञ छन् । यसरी नीजि स्तरबाट मेडिकल फार्मेसीहरुबाट समेत खुल्लम खुल्ला रुपमा गरिएको स्वाव संकलनको तथ्यांक मिथ्यांक वनिरहेको प्रष्ट हुन आउँछ ।
कोरोना महामारीको समयमा ल्यावको निश्चित नभएकाहरुले समेत स्वाव संकलन गरेको विषयमा राज्यका निकायले सकृय अनुगमन गर्न जरुरी छ । पसल, मेडिकल, फार्मेसी हरुमा गरिने स्वावको नमूना संकलन मापदण्ड गुणस्तर र नतिजाको विश्वसनियता वारे गंभिर छानविन हुनु जरुरी छ ।
ललितपुरको नीजि ल्यावका लागि पोखरामा विभिन्न फार्मेसी, क्लिनिक, नर्सिङ होम, अस्पतालले गर्ने स्वाव नमूना संकलनको तथ्यांक एक द्धार प्रणालीमा दर्ज गराएर मात्र स्वाव संकलन परीक्षण र नतिजा समावेश गर्ने सुनिश्चित गरिनु पर्छ ।
यस विषयमा प्रदेश स्वास्थ्य प्रयोगशाला, स्वास्थ्य निर्देशनालय र स्थानिय प्रशासनले तत्काल अनुगमन गरी कानुनी दायरामा ल्याउन ठोस पहल हुनुपर्छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले गैह्र कानुनी ढंगबाट भइरहेको स्वाव संकलन नियमन गर्न तत्काल वजार अनुगमन गरिने वताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: