मणिपालबाट लखेटिएका शिशुको क्षेत्रीय अस्पतालमा उपचार, सहयोगी हातले जुटाए राहत

सराङकोट न्यूज
8 June, 2021 9:38 am
Advertisements
Advertisements

नामै मणिपाल ! पैसा हुनेलाई मालामाल नहुनेलाई अस्पतालबाटै निकाल !!
हो यस्तै व्यवहार देखाएको छ मणिपाल शिक्षण अस्पताल पोखराले । यसै पनि शिक्षण अस्पताल । मेडिकल शिक्षा पढ्ने विद्यार्थीबाट कुस्त पैसा असुल्छ नै । खर्च गर्न सक्ने, हुनेखाने विरामीले लाखौ वुझाएकै पनि छन् तर विडम्वना कतिपय निर्धन, गरिव गुरुवाहरुको करुणा सुन्न र महसुस गर्न सक्दैन रहेछ मणिपाल शिक्षण अस्पताल ।
विवेक गुमेको पुष्टि गर्ने धेरै उदाहरण जरुरी हुन्न एउटै व्यवहार काफी हुन्छ । ति मध्यको नमूना घटना हो २१ दिने शिशुको जवर्जस्ती डिस्चार्ज प्रकरण । रोल्पा जिल्ला सुनछहारी गा.पा. वडा नं. ७ जेलवाङ स्थायी घर भई ज्याला मजदुरी गर्दै पोखरा ११ फुलवारी डेरा गरी बस्ने जान बहादुर र कामना वुढामगरको २१ दिने शिशुलाई पैसा नभएको भन्दै डिस्चार्ज गरी अस्पतालबाट निकालेर विचल्ली पार्ने मणिपाल शिषण अस्पतालको जति आलोचना गरेपनि कमि नै हुन्छ ।

२०७८ वैशाख २३ गते मणिपाल अस्पतालमै सुत्केरी भएकी कामना वुढा मगरले शिशु जन्माइन् । सामान्य प्रसुती भएकी कामना वुढामगर र शिशुलाई डिस्चार्ज दिइयो । १८/१९ दिनको शिशुलाई ज्वरो आयो वुढा परिवारले वच्चाको स्वास्थ्य परीक्षण गराउन मणिपाल अस्पताल लग्यो । पिसिआर परीक्षण गराउँदा वच्चामा कोभिड देखिए पछि मणिपाल प्रशासनले धरौटी स्वरुप ९० हजार र दैनिक २५–३० हजार रुपैयाँ लाग्ने भन्दै पैसाको जोहो गर्न भन्यो तर दैनिक मजदुरी गरिखाने सँग त्यत्रो पैसा हुने सम्भावना नै थिएन । परिणमत अस्पतालले पैसा नभए उपचार गर्न नसक्ने भन्दै वल पूर्वक डिस्चार्ज गरी अस्पतालबाट निकालिदियो ।
वुढा मगर परिवार शिशु च्यापेर क्षेत्रीय अस्पताल आए । शिशु सहित आमा र वुवा तीनै जना संक्रमित यतिखेर जेठ ११ गते पछि क्षेत्रीय अस्पताल कोभिड वडामा उपचाररत छन् । मणिपालले पैसा नभएका कारण निस्कासन गरेपनि क्षेत्रीय अस्पतालमा उपचाररत वुढामगर परिवारलाई मनकारी सहयोगी हातहरुले आर्थिक सहयोग जुटाइदिएका कारण उनिहरुलाई यतिखेर गरिवीको चह¥याएको घाउमा मल्हम पट्टी लागेको अनुभूति गराएको छ ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता भानु ढकालको सकृयतामा दुई पटक गरी १ लाख ५८ हजार रुपैयाँ संकलन गरी अस्पतालमै पुगेर जानवहादुर वुढामगरको परिवारलाई हस्तान्तरण गरिएको छ । पोखरा पृथ्वीचोक निवासी समाजसेवी धुर्व गुरुङले एक्लै ६० हजार सहयोग गरेका छन् । यस्तै नेपाली कांग्रेसकै कृयाशिल सदस्य टिका कुमारी गुरुङले २० हजार, युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार, नेका महाधिवेशन प्रतिनिधि प्रज्वल रञ्जितले १० हजार, कांग्रेस कास्कीले ५ हजार, नेका जिल्ला सदस्य भीम गौतमले ५ हजार, दीपेन्द्र शर्माले ५ हजार सहयोग गरेका थिए ।
यस्तै, जनप्रिय क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले पाँच हजार, अमरसिंह उच्च माविका पूर्व प्रधानाध्यापक विजय बहादुर थापाले पाँच हजार, नेपाल तरुण दल कास्कीका नेता सुजन सुवेदीले दुई हजार, लोटस युनिफर्मका सञ्चालक सिद्धार्थ गुरुङ र मिली नेपालीले ६ हजार सहयोग गरेको नेता ढकालले जानकारी दिए । साथै अन्य केही व्यक्तिबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए । नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । उक्त अवसरमा कांग्रेस प्रवक्ता सिग्देलले पैसा अभावमा अस्पतालबाट बिरामी निकालिनु विडम्वना भएको भन्दै मणिपाल अस्पतालको यस्तो रवैया ठीक नभएको बताए ।

उनले मणिपाल शिक्षण अस्पतालमा आगामी दिनमा पनि यस्तै गतिविधि दोहोरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले मणिपाल शिक्षण अस्पतालमा आगामी दिनमा यस्ता घटना घट्न नदिन अस्पताल प्रशासनसंग बसेर छलफल गर्ने बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीले जानबहादुर, उनकी श्रीमती र बच्चाको उपचार जारी रहेको र सुधार भइरहेको बताए । साथै उनले उनीहरुको उपचारमा केही कमि हुन नदिने स्पष्ट पारे ।
सहयोग संकलनमा शुरुआती दिनदेखि नै निरन्तर खटिएका नेता ढकालले हालका लागि यति सहयोग गरिएको र थप सहयोग आवश्यक परे आफू सदैव तयार रहेको बताए ।
उनले उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै यो कार्य मेडिकल माफिया विरुद्धको आन्दोलन भएको बताए । साथै उनले बुढामगरको उपचारमा सदासहायता देखाउने सबैप्रति आभार प्रकट गरेका छन् ।
उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य भीम गौतम, नेपाल शिक्षक संघ गण्डकीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपाली, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बराल, जिल्ला अध्यक्ष उदयकान्त तिवारी, संघका सुरेश क्षेत्री र कविता बराल सहभागी थिए ।
आर्थिक अभाव भएपछि रोल्पाका २१ दिने शिशुसहित बुढामगरको परिवार मणिपाल अस्पतालबाट निकालिएका थिए । उनीहरु तीन जना नै कोरोना संक्रमित छन् । उनीहरुको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: