अन्नपूर्ण गाउँपालिकाको सेरोफेरो, १५ शैयाको अस्पताल द्रुत निर्माण हुँदै

सराङकोट न्यूज
8 June, 2021 9:49 am
Advertisements
Advertisements

पारिजात खराल

नेपाल सरकारले गत कार्तिकमा ३०९ वटा पालिका हरुमा एकै पटक ५ वेड देखि १५ वेड सम्मका जनरल अस्पताल वनाउन गरेको घोषणा कार्यान्वयनमा आउने क्रम सुरु भएको छ । त्यहि मध्यको एक पालिका कास्कीको अन्नपूर्ण गाउँ पालिकाले अस्पताल निर्माण कार्यलाई तिव्रताका साथ अगाडि वढाएको छ । संघ सरकारले वजेट उपलव्ध गराए लगत्तै टेण्डर समेत सम्पन्न भई काम समेत सुरु भई कार्यप्रगति द्रुत गतीमा अगाडि वढेको छ ।
अन्नपूर्ण गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणका लागि १९ करोड वजेटको योजना तयार भई टेण्डर प्रकृयामा गई ११ करोड ७ लाख रुपैयाँमा करिव ३ हजार वर्ग मिटरको साँढे दुई तल्ले भवन निर्माण हुने भएको छ । सिम्रन जे.मि. अन्तरगत सिमान्स कन्सट्रक्सनले भवन निर्माण कार्यलाई अगाडि वढाएको छ । 2077 मंसिर 15 गते पालिकाका अध्यक्ष युवराज कुँवर वाट सिलान्यास गरिएको र्याम्प सहितको अस्पताल निर्माण २०७८ वैशाख ४ गते सुरु भई २०७९ असार १५ गते भित्र सम्पन्न गर्ने समय सिमा राखेर सम्झौता भइ काम भइरहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले वताए । भवन निर्माणको सम्झौता ०७९ असार १५ सम्म भएपनि हाल वहाल रहेका जनप्रतिनिधिको कार्यकाल भित्रै काम सम्पन्न गरिसक्ने गरी निर्माण कार्यलाई तिव्रता दिन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले निर्देशन दिएका छन् । निर्माण कम्पनीले पनि स्रोत साधन र जनशक्ति भरपुर उपयोग गर्दै तोकिएको समय अगावै काम सम्पन्न गर्न पहल गरिरहेको सिम्रन जे.भि. का संचालक भेषराज पौडेलले वताए ।
सरकारले ल्याएको “एक पालिका एक अस्पताल” नीति कार्यान्वयनमा आएपछि स्थानिय वासिन्दाहरुले स्थानिय स्तरबाटै स्वास्थ्य उपचार सेवा पाउने छन् । १५ वेड अस्पतालमा नवौ तहका चिकित्सक १ जना, ८ औं तहका मेडिकल अफिसिर ३ जना सहित, २४ सैं घण्टा इर्मजेन्सी सेवा, प्रयोगशाला, एक्सरे सेवा प्रसुती उपचार सेवा उपलव्ध गराइने नीति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले वताए ।

४ वर्षे उपलव्धी यस्तो छ

संघियता कार्यान्वयनमा आएपछि निर्वाचित जनप्रतिनिधि विकास निर्माण कार्यमा आफै सन्तुष्टि देखिदैनन् । साविक ५ वटा गाउँ विकास समिति जोडेर वनेको अन्नपूर्ण गाउँपालिका गण्डकी प्रदेशको राजधानी शहर पोखरा देखि अन्नपूर्ण हिमाल सम्म फैलिएको छ । प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक देखि विश्वकै उत्कृष्ट टेकिङ गन्तव्य अन्नपूर्ण राउण्ड ट्रेक र आधार शिविर समेत रहेको अन्नपूर्ण गाउँपालिका क्षेत्रफलको अनुपातमा विकास निर्माणको वजेट आउन नसकेकोले जन अपेक्षित विकास हुन नसकेको स्थानिय जनताको गुनासो रहेको छ ।
एक निर्वाचन अवधि भित्र अन्नपूर्ण गाउँ पालिकाले आफ्नो पालिका भित्रका ११ वटा वडाको भवन निर्माण सम्पन्न गर्ने लक्ष राखेको छ । यस्तै वडा स्तरमा वडा स्वास्थ्य चौकी निर्माण, विधालय पूर्वाधार निर्माण कार्यलाई पूर्णता दिने गरी कार्य अगाडि वढिरहेको प्रमुख प्रशासककी अधिकारीले वताएका छन् ।
६ हजार दुई सय घरधुरी रहेको अन्नपूर्ण गाउँपालिका ५२ सय वढि घर धुरीमा एक धुरी एक धारा जडान भई खानेपानी प्रवन्ध मिलाइएको र वाँकी करिव हजार धुरीको लागि पनि खानेपानी प्रवन्ध मिलाउन गा.पा.ले योजना गरिरहेका वताएको छ । पोखरा देखि वागलुङ र कोरोला नाका जोड्ने मध़ी पहाडी लोक मार्ग सँग जोडिएका अन्नपूर्ण गाउँ पालिकाका सवै वडामा सडक जोडिएको लोकमार्ग सँगका कनेक्टिङ सडकहरु पिच तथा ढलान गरिएको पालिकाका अध्यक्ष युवराज कुँवरले वताए ।

विद्यालय र विद्यार्थी

अन्नपूर्ण गाउँ पालिका भित्र जम्मा ५८ वटा विदालय रहेका छन् ति मध्य सरकारी विदालयको संख्या मात्र ५२ वटा छन् जसमा माध्यमिक तहका १६ वटा, आधारभूत तह (कक्षा १–८) का ७ वटा, प्रा.वि. (१–५) २१ र १–३ कक्षा सम्मका ८ वटा सामुदायिक (सरकारी) विद्यालय छन् । यि विद्यालयहरुमा स्थायी, अस्थायी करार राहत समेत गरी ३ सय जना शिक्षक रहेको अन्नपूर्ण गाउँपालिका शिक्षा शाखा प्रमुख तथा सूचना अधिकारी वलराम भुगाँईले वताए ।
अन्नपूर्ण गा.पा. मा सिटिइभिटिको वालि विज्ञानको डिप्लोमा तहको एउटा शिक्षण संस्था संचालनमा छ । संस्थागत तर्फ (नीजि) २ वटा मा.वि. तह र ३ वटा प्राइभेट (१–५ कक्षा) गरी ५ वटा नीजि विद्यालय संचालनमा रहेका छन् । सामुदायिक विद्यालयले मात्र ४७५९ जना विद्यार्थीलाई पठन पाठन गराइरहेको छ भने गाउँपालिका भरमा माछापुच्छ«े क्याम्पस एउटा मात्र क्याम्पस संचालनमा छ त्यो पनि विद्यार्थी अभावमा संकट झेलिरहेको देखिन्छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्य थप्ने कार्य लाई पनि प्राथमिकता दिएको छ । नाउडाँडामा अन्नपूर्ण भ्यूटावर निर्माण गरिसकेको छ भने पार्क निर्माण कार्यलाई पनि अघि वढाएको छ ।
अन्नपूर्ण गाउँपालिकाको आफ्नो स्थायी कार्यालय भने निर्माण भएको छैन । साविकको ढिकुर पोखरी गा.वि.स. मा रहेको कार्यालय अव लुम्लेमा सार्ने तयारी स्वरुप गाउँपालिका कार्यालय निर्माणका लागि जग्गा प्राप्ति सम्बन्धि कागजी प्रकृया अगाडि वढाइएको छ ।
खाना नफालौं अभियान चलाइरहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर नेपाली कांग्रेसका चुनाव जिेत पनि उनलाई सवै दल र पक्षसँग समान व्यवहार गर्छन् । यो नै युवराज कुँवरको लोकप्रियताको कडी सावित भएको छ । गाउँ कार्यपालिकामा आफू चुनाव जितेको इतर दलको वहुमत रहेपनि सवै लाई मिलाएर अघि वढ्न सफल भएका छन् अध्यक्ष कुँवर।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: