नैतिकहिन नेता र नैतिकता हराएको एकता

सराङकोट न्यूज
8 June, 2021 10:05 am
Shiva Raj Bastakoti
Advertisements
Advertisements

देसमा धेरै परिवर्तन भए परिवर्तनकै लागि विभिन्न पाटि र नेताहरुमा धेरै खाले एकता भए कहिले शासक परिवर्तनका लागि त कहिले व्यवस्था परिवर्तनका लागि कहिले चुनाव जित्नकै लागि त कहिले चुनावमा जिताउनकै लागि त कहिले शासकलाइ सिहदरवार बाट बाहिर निकाल्न कै लागि याने सत्ताच्युत गर्नकै लागि त कहिले शिहदरवार छिर्नकै लागि भए पनि कहिले पाटिगत त कहिले नेतागत त कहिले समुहगत गुटगत एकता हुदै आए जुन एकता आजसम्म जतिपनि एकता भए ती सबै नेतिकहिन एकतामा परिणत हुदै आउन थाले। कारण जति पनि एकता भए भइ रहेका छन् ती सबै एकता वैचारिक एकता नभएर सत्ता स्वार्थमा केन्द्रित एकता भएका थिए। जसले गर्दा देसमा रहेका विभिन्न खाले शक्तिशाली पाटिहरु र बर्षौ आफुलाइ स्थापित गर्दै आएका सत्तामा रहेका वा नरहेका सबै महान् नेताहरुको हैसियत नैतिक र हविगत सर्वत्र छरपरष्ट देखियो। जसले गर्दा हरेक पाटिका नेताहरुको एकले अर्काको लगुटि फुस्काउने ह‍ोडवाजिमै समय बित्न थाल्यो।
सि·ो देसभर नेताहरु शक्ति प्रदर्सनमा लागे जनता सडकमा उतार्ने होडवाजिमै लागे स्वय सरकारमा रहेका प्रधानमन्त्री ओलि समेत आफ्नो प्रधानमन्त्री पदको गरिमा र हैसियत लाई नै बिर्सदै सडकमा लाखौ जनता उतार्ने होडवाविमा लाग्न थाले तर कसैले पनि सोचेनन् कि देसमा फेरि हाम्रै कारणले कोरोना फैलिन सक्छ देसफेरि हाम्रै कारण बर्वाद हुन सक्छ भन्ने कुराको कुनै पनि नेताले हेक्का राखेनन्। फलस्वरुप देसमा अकल्पनिय ढंगले कोरोना सक्रमण फैलियो जसले गर्दा आज सिगो देसमा सक्रमणका कारण र फेरि स्वय सरकारले नै गरेको निषेधाज्ञा पालना गर्दा गर्दै कति रोगले त कति भोकले गुम्सिदै मृत्यु सग मितेरी लगाउन बाध्य छन् ।यसको मुल कारण पनि यिनै दल हुन् विषेस गरि तत्कालीन सत्तासिन नेकपा नै हो । जसका पाइलट याने अध्यक्ष भनेकै ओलि प्रचण्ड नै थिए।फेरि पनि प्रधानमन्त्री ओलिले त कत्ति लाजै नमानि कोरोना फैलाउनुमा आम जनताकै हात रहेको सिमाक्षेत्र बाट नेपाली जनता प्रवेस गरेकै कारण सक्रमण फैलिएको भन्न मात्रै भ्याएनन् । जनताका थाप्लोमा दोष थुपार्दै आफुहरु चोखै बन्न भ्याए।
यता आफुलाइ सर परे कहिले सर्वोच्च न्यायालय नै सर्वोपरि भन्ने कहिले आफुहरुलाइ सर नपरे न्यायालय लाइ नै विवादमा तान्ने गरि अभिव्यक्ति दिने प्रवृति नेताहरुमा झन् बढ्दै जान थाल्यो । कहिलेकाही न्यायालय समेत आफै विवादमा मुछिने गरि फैसला गर्न थाल्यो।जसले गर्दा देसैभर सबिधानको खिल्लि उडाउने काम हुन थाल्यो। यतिमात्र होइन स्वय प्रधानमन्त्री ओलि जि ले त सबिधान माथि टेकेर होइन मिचेरै कुल्चेरै कहिले ससद विघटन त कहिले ससद निरन्तरताको नाटक गर्दै सत्ता टिकाउनकै लागि बिदेसि शक्तिका कण्ठजुरेलि राष्ट्रिय विवादित नेताहरु लाइ मन्त्री मण्डलमा सामेल गर्न भ्याए त्यति मात्रै होइन स्थानिय तहमा ९९ मत ल्याएर पराजय भएका पात्र लाई मन्त्री बनाएर झन् जनमतको खिल्लि उठाउने काम मात्रै गराएनन् सिंगो देसका तीन करोड जनतालाइ सिल्लि बनाउन सफल भए।
त्यतिले नपुगेर फेरि अर्को एकताको तुरुप फालेर कुटनिति होइन झुटनितिलाइ स्थापित गराउन लागि परेको देखिन थालेको छ । भनाइनै छ बाउन्न पत्ति त्रिपन्न खेल ठिक त्यस्तै पछिल्लो समयमा वहाबाट आएको एकताको सन्देश पनि बाउन्न पत्ति मध्येको त्रिपन्न खेल हो भन्दा फरक नपर्ला । यतिबेला देसभर जताततै सबै तहमा सरकार पक्षबाटै सविधान उलङ्घन गर्ने काम भएको छ । प्रतिपक्ष पनि अलमलमा परि रहेको छ पुरै विरोधमा उत्रने कि सहमतिमा सरकार चलाउन दिने कि गठबन्धनको प्रयासमा लाग्ने कि एकल शक्ति प्रदर्सन गरि सत्तामा पुग्ने कि भन्ने बारे स्वय काग्रेंसले पनि ठोस नीति अवलम्वन गर्न सकि रहेको छैन कति नेताहरु मन्त्रि पदका लागि पाटि नै छाडेर भएपनि जाने त कति फेरि मन्त्री पदबाट पदच्युत भएपछि अब के गर्ने भन्नेमा अलमलिन थाली सकेका छन् । फेरि यतिबेला सबैभन्दा सहज अवस्था भएको छ प्रधानमन्त्री ओलि जि का लागि आम नेपालिलाइ निशेधाज्ञा र लकडाउनको साङ्लो फालेर देसमा मनपरि गर्न यो भन्दा राम्रो समय न थियो न भोलि प्राप्त हुनेछ त्यसैले भन्नै पर्ने हुन्छ यो बेला प्रधानमन्त्री ओलिका लागि नौ दाउ भएको छ
प्रधानमन्त्री ओलिले पटक पटक मन्त्री मण्डल विस्तार गरिरहदा फेरि पनि मन्त्री मण्डल विस्तार गर्दा धेरै जसो शक्ति केन्द्रित मन्त्रालय भने आफ्नै पल्लामा राखेका छन् त्यहि पद लाई बल्छिमा राखेको गड्यौलाको स्वरुप दिएर बल्छिमा मााछा पार्न खोजेको भन्ने कुरा छर्ल· देखिन्छ वा सिकार देखाएर बाघलाइ ढाट राखे जस्तो गरि बल्झाउन खोजिएको हो कि भन्ने पनि बुझिन्छ । पछिल्लो समयमा फालिएको एकताको पत्ता पनि तिनै शक्तिशाली मन्त्री पदमा आकर्षित गराउने खेल हुन सक्छ अवस्था विश्वासको भन्दा पनि शंकाको छ।
त्यसैले भन्नै पर्ने हुनणछ देस किन बर्वाद हुदैछ देस किन अनिर्णयको बन्दि बन्दैछ आम नागरि किन अभिभावक विहिन सन्तान जस्ता भएका छन्। किन आम जनता अन्यौलमा छन् किन देसमा दिगो स्थाइ सरकार बन्न सकि रहेको छैन किन देसमा भ्रष्टाचारि तस्कर दलाल र माफियाहरुको हालिमुहालि भइ रहेछ त्यसको मुल कारण भनेकै नैतिकहिन नेता र नैतिकता हराएको एकता हुनु नै हो चाहे त्यो जुनसुकै पाटि बिच भएको एकता होस् ।वा जुनसुकै नेतामा भएको एकता होस् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: