औषधी व्यवसायी भन्छन्–“खोप नपाए व्यवसाय बन्द गछौं ।”

सराङकोट न्यूज
16 June, 2021 2:43 pm

औषधी व्यवसायी संघले कोभिड–१९ को जोखिम विरुद्ध खोप नपाएपछि व्यवसायी र कर्मचारी उच्च जोखिममा रहेर काम गर्नु परेको गुनासो गरेको छ । कोभिड संक्रमितहरुसँग आमने सामने भएर काम गर्नु परेको अवस्थामा समेत खोप उपलव्ध नगराएको प्रति संघको गण्डकी प्रदेश समिति र जिल्ला समितिले विज्ञप्ती जारी गर्दै अग्रपंक्तिमा खटिने फार्मेसी व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध नगराए जोखिम मोलेर व्यवसाय गर्न नसकिने वताएका छन् ।

औषधी व्यवसायी संघ गण्डकीले २०७८ जेष्ठ २७ गते एक प्रेस विज्ञप्ती जारी गर्दै खोप नलागई अग्रपंक्तिमा रहि स्वास्थ्य सेवा प्रदान गर्दै आएका औषधी व्यवसायी र त्यहाँका कर्मचारीलाई संक्रमण भएमा सरकार जिम्मेवार हुनुपर्ने बताउँदै अन्यथा व्यवसायीले सुरक्षाका कारण आफ्नो सेवा निरन्तरता दिन नसक्ने वताउँदै अविलम्व खोपको व्यवस्था गर्न आग्रह गरेका थिए । संघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डे र महासचिव केशरी प्रसाद तिवारी द्धारा हस्ताक्षरित विज्ञप्तीमा खोप छुटेका फार्मेसी व्यवसायी र कर्मचारीलाई समेट्नु पर्ने आवश्यकता औल्याइएको छ ।
यस्तै औषधी व्यवसायी संघ कास्कीले जेष्ठ ३० गते जिल्ला प्रशासन कार्यालय कास्कीलाई खोप सम्वन्धमा ध्यानाकर्षण पत्र वुझाएको छ । प्रदेश सदरमुकाम पोखरामा रहेका औषधीको थोक व्यवसायलाई विभिन्न जिल्ला जिल्लामा पु¥याउन पर्ने भएको र कास्की जिल्ला भित्र रहेका थोक तथा खुद्रा औषधी व्यवसायी र कर्मचारीलाई अविलम्व खोप लगाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको छ । खोपको सुनिश्चिता नभए सम्पूर्ण औषधी व्यवसाय बन्द गर्न वाध्य हुनुपर्ने वताइएको छ । औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष विक्रम पन्त र महासचिव पूर्णकाजी वस्नेतद्धारा हस्ताक्षरित पत्र कास्कीमा १९९२ नम्वरमा दर्ता भएको छ ।
कास्कीमा मात्र ५ सय वटा औषधी फर्म संचालित रहेको संघका कास्की जिल्ला महासचिव पूर्णकाजी वस्नेतले वताए । उनका अनुसार कास्कीका व्यवसायी र कर्मचारी समेत गरी १५ सय जना रहेका छन् भने अघिल्लो लटमा छुटेकाको लागि करिव एक हजार डोज खोप आवश्यक रहेको वस्नेत ले वताए ।

Advertisements

राज्यले कोभिड–१९ विरुद्धको खोप लगाउँदा यस अघि फ्रन्ट लाइनरको आधारमा प्राथमिकता निर्धारण गरेको थियो तर सुरु सुरुमा खोप लगाउन धेरैले अनिच्छा जनाएका थिए । जव दोस्रो भेरियन्टले खतराको घण्टी वजायो तव खोपको आवश्यकता र महत्व वुझ्न वाध्य वनायो ।
यतिखेर विश्वमा कोरोना विरुद्धको खोप राजनीतिले विशेष चर्चा पाएको छ । पछिल्लो समय युरेपेयिन युनियन, अमेरिका र चीन वीच खोप चर्चाले विश्ववजार तताएको छ । विश्वलाई मुठ्ठीमा लिन पनि खोप राजनीतिलाई आधार लिन खोजिएको छ । त्यसको प्रभाव विश्वका दुई सय वढी देशहरुमा परेको छ । अव यस्तो अवस्था आएको छ कि खोप नै जीवन हो । त्यहि भएका कारण अहिले खोप लगाउन विभिन्न शक्ति केन्द्र सकृय देखिएका छन् । उमेरका आधारमा आएको खोपमा पनि वडा वडामा दवाव प्रभावमा चलखेल गर्न थालिएको पाइएको छ । वडाका जनप्रतिनिधिले खोप लाई भोट माग्ने आधार वनाएका छन् ।
औषधी व्यवसायी संघको खोप मागको वारे प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ध्यानाकर्षण वारे प्रतिकृया लिदाँ कास्कीमा प्र.जि.अ. थानेश्वर गौतम केन्द्रले पठाएको नीति र निर्देशन वमोजिम फ्रन्टलाइनरलाई खोप नछुट्याइएको र तत्काललाई खोप पनि वाँकी नरहेको वताए । उनले भने व्यवसायीको गुनासो केन्द्रमा पठाएका छौ सकारात्मक पहल भइरहेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: