सन्दर्भः औषधी व्यवसायी संघको ४८ औं स्थापना दिवस

सराङकोट न्यूज
25 June, 2021 3:54 pm
Advertisements
Advertisements

विभिन्न जिल्लामा राहत वितरण, कास्कीमा १ लाख १२ हजार को त्रिपाल हस्तान्तरण

औषधी व्यवसायीहरुका लागि ४८ औं स्थापना दिवस विगतमा जस्तो हर्सोल्लासमय रहन सकेन । कोरोना महामारीले त्राहिमाम पारेका जनतालाई प्राकृतिक प्रकोपले थप पीडित र आहत तुल्यायो । यस्तो प्रतिकूल र विषम परिवेशमा स्थापना दिवसलाई हर्सोल्लास र तामझाम गर्नु भन्दा वाढी पहिरो र डुवान पीडितको मर्मभेदी घाउमा मलहम लगाउन उपयुक्त हुने महसुस गर्दै यो ४८ औं स्थापना दिवसलाई मनाउने निस्कर्षमा पुगेका औषधी व्यवसायीहरुको छाता संस्था नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिको पहल र सकृयतामा विभिन्न जिल्लाका औषधी व्यवसायी संघ जिल्ला शाखाहरुले राहत संकलन तथा हस्तान्तरण कार्य एवं विभिन्न सामाजिक गतिविधि सम्पन्न गरेका छन् ।
संघको गण्डकी प्रदेश कार्यालय विरौटामा आयोजित कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. केशवराज श्रेष्ठ र संघकै पूर्व अध्यक्ष तथा केन्द्रीय मानार्थ सदस्य स्व. नर वहादुर रानाको तस्विरमा माल्यार्पण एवम् दिप प्रज्वलन सहित संघको लोगो अंकित झण्डोत्तोलन गरी कार्यक्रम आयोजना गरिएको थियो । संघका केन्द्रीय सचिव यमनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको स्थापना दिवस कार्यक्रममा संघका केन्द्रीय सदस्य टंक अधिकारी कास्की जिल्ला अध्यक्ष विक्रम पन्त, साविक गण्डकी अञ्चल अध्यक्ष राम बहादुर केसीले कोरोना महामारी र प्राकृतिक विपत्तिले देश र जनता व्याकुल भइरहेको औल्याउँदै औषधी व्यवसायीले जनहित र राष्ट्रहितमा केन्द्रीत रहि व्यवसायिक मर्यादा जोगाउन पर्ने तर्फ कार्य गर्न सुझाव दिदै महामारी र विपत्ति छिट्टै अन्त हुने विश्वास व्यक्त गरेका थिए ।
संघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएकोे कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक गतिविधि तथा राहत वितरण वारे जानकारी गराइएको थियो ।

कास्कीबाट वाढी पिडितलाई ४० थान त्रिपाल हस्तान्तरण

नेपाल औषधी व्यवसायी संघ कास्की शाखाले नेपालका विभिन्न जिल्लामा गएको वाढी पहिरो र डुवान पीडितहरुलाई १ लाख १२ हजार मूल्यका ४० थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लाई संघको स्थापना दिवसको अवसर पारी उक्त राहत सामग्री हस्तान्तरण गरिएको थियो । संघका कास्की अध्यक्ष विक्रम पन्तले उक्त सामग्री जिल्ला प्रशासन कार्यालय कास्की परिसरमै पुगेर प्रजिअ गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त राहत सामग्री केन्द्रीय दैविक प्रकोप उद्दार समिति मार्फत् अत्यावश्यक ठाउँमा पठाइने प्रजिअ गौतमले वताए । संकटको वेला औषधी व्यवसायी संघको सहयोग प्रति प्रजिअ गौतमले धन्यवाद व्यक्त गरेका थिए ।


राहत सामग्री हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय सचिव यमनाथ पौडेल, केन्द्रीय सदस्य टंक अधिकारी गण्डकी प्रदेश अध्यष कृष्ण प्रसाद पाण्डे सहित संघ आवद्ध प्रदेश र जिल्लाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघ कास्कीका महासचिव पूर्ण काजी वस्नेतले गरेका थिए । विपद्का घडीमा सामाजिक उत्तरदायित्व वहन गर्नुहुने सवै सहयोगदाता व्यवसायीहरुलाई संघ कास्कीका अध्यक्ष विक्रम पन्तले आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै स्थापना दिवसकै सन्दर्भमा म्याग्दी शाखाले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ भने पर्वत शाखाले मोदी वेनी दिव्य धाम वृद्धाश्रममा स्वास्थ्य सामग्री प्रदान गरेको वताइएको छ । तनहुँको व्यास न.पा. १ मा स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गरिएको छ । यस्तै गोर्खामा रहेको आइसोलेसनमा रहेकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ भने वाग्लुङमा खाद्यन्न राहत वितरण गरिएको छ त्यस्तै नवलपुरमा विभिन्न संस्थालाई खाद्य सामग्री स्वास्थ्य सामग्री उपलव्ध गराइएको प्रदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डेले वताएका छन् ।

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: