नेताहरु गर्दै गल्ति, माग्दै माफि, भर्दै खल्ति

सराङकोट न्यूज
29 June, 2021 7:48 pm
Shiva Raj Bastakoti
Advertisements

कुनै पनि राष्ट्रको सम्वृद्दि विकास निर्माण प्राकृतिक सम्पदा सरचना सरक्षण आर्थिक सामाजिक रुपान्तरण धार्मिक सद्भभाव दिगो शान्ति सामाजिक सद्भाव देस र जनताको रक्षाका लागि राज्यसत्ता सचालन र व्यवस्थापनका लागि राजनिति अति आवस्यक छ ।यसमा कसैको पनि दुइमत नरहला ।तर नेपालको सन्दर्भमा भन्नू पर्दा र नेपालको वर्तमान राजनीतिक अवस्था नेताहरुको गतिविधि प्रवृति र चर्तिकला लाई हेर्दा र सात दसक पछाडि फर्किएर हेर्दा भने खासै फरक देखिनदैन । विगत भन्दा वर्तमानमा झन् देसको राजनीतिक अवस्था जटिल र जनताको नजरमा घिनौनो बन्दै गई रहेको छ ।हामिले परिवर्तन गरेका पटक पटकका व्यवस्था र शासन सत्तामा पुगेका शासकहरु अझै रुपान्तरण हुन सकि रहेका छैनन् ।हामी सच्चियौ सचिन्छौ भनेर माफि माग्दै गल्ति गर्दै खल्ति भर्दै आइरहेका यी दल र नेताहरु लाई जनताले जति पटक माफि दिदै आएपनि यी न त सच्चिएका छन् न त यी सच्चिन्छन् भनाइनै छ १२ बर्ष ढु·ोमा हाल्यो कुकुरको पुच्छर बा·ाको बा·ै यो भनाइ मेल खादै आाइरहेको छ। हामि नेपाली जनता चुपलाग्ने यिनका मतियारको कुरा पत्याउने यिनले माफि माग्ने हामी जनताले माफि दिदै भोट दिने गर्दै गयौ ।जसले गर्दा जो सत्तामा पुगे पनि माफि माग्दै जाने गल्ति गर्दै जाने खल्ति भर्दै जाने प्रवृती हावि हुँदै जानुले गर्दा अझै पनि नेपाली जनताले चाहेको सोचेको र देखेको सपना पूरा हुन सकिरहेका छैनन् ।
सात शालदेखिको आजसम्मको राजनीतिक लडाइ जनताका लागि नभएर यिनै नेताहरुका अरौठे भरौटे आफन्तजन र उनका परिवारका लागि र उनलाई सत्तामा पुर्याएर शाहबश नभए पनि उस्तै उस्तै दुरुस्तै याने खानदानि शासक सम्पन्नशालि र बिभिन्न शहर र राजधानीका जमिन्दार ब·लाका मालिक बनाउनका लागि जनताले रगत बागाएका रहृछौ र पटक पटकको यो लडाइ यी चौथाइ भरका नेता यिनका मतियार र माफियाहरुका लागि भएको रहेछ भन्ने कुरा वर्तमानमा आएर छर्ल·ै देखिएको छ।।किन भने आजसम्म जसले जतिनै जनताका लागि राजनीति जीवन बिताएको भनेपनि को बन्न सक्यो मनमोहन को बन्न सक्यो कृष्ण प्रसाद भट्टराई को बन्न सक्यो सुशील दा सबका सब बास् मालिक बन्नमै जीवन बिताए देस र जनताको नाममा मात्रै सत्ताको बहानामा लडाइ लड्दै आए तर देस र जनताप्रति कहिल्यै न त हिजो न त आज जिम्मेवार बन्न सके।यसका लागि इतिहासलाई फर्किएर हेर्नु पर्दैन वर्तमान मा देखिएको लुछाचुडि छिनाझपटि नै पर्याप्त छ।उहीँ पुच्छर देख्दै चाल पाइयो भने जस्तो ।
यसकालागि अन्त कतै जानू पर्दैन अरु यी हजारौ नेताहरु लाई नियाल्नु पर्दैन देसका ठुलै पाटिमा गनिएका पटक पटक शासन सत्तामा पुगेका केही का·्रेस कम्युनिस्टका नेताहरुलाइ नै नियाले पुग्छ । हिजो ती दुर्गम विकट गाउमा जन्मिएर राजनीतिमा लागेका कहि कतै कुनै व्यापार व्यवशाय नै नगरेका नेताहरु देसकै टपटेन धनी भित्र पर्छन् भने अनि यिनलाइ कहाबाट आयो यतिधेर अकुत सम्पति भनेर अब जनताले नखोज्ने नसोध्ने। जसले जिवनभर पसिना बगाए जसका परिवारले यो देसमा परिवर्तन ल्याउनकै लागि आफ्नो रगत बगाए शहादत प्राप्त गरे उनकै परिवार अझैपनि सुुकुम्वासि भएर बसेका छन् । एकछाक भरपेट खान सकिरहेका छैनन् तर त्यहि देसमा जसले जनतालाई परिवर्तनका लागि मुक्तिका लागि जनताको सरकार बनाउनका लागि लोकतन्त्र गणतन्त्र ल्याउनका लागि आम जनतालाई लडाएर रगतको खोलो बगाए बगाउन लगाए आज उनै यो देसकोअसल शासक हैन सम्पन्नशालि सर्वहारा वर्गका नेता बनेका छन् ।फेरि पनि हामी अझैपनि यिनकै अरौटे चरौटे पिछलग्गु र यिनकै मतियारका कुरा लाई पत्याएर चुपचाप यिनकै पछि यिनकै आस विशास र भरोसामा लागि रहेका छौ। र यिनले पटक पटक सातशाल देखि गल्ति गर्दै माफि माग्दै खल्ति भर्दै गए तर पनि हामी यिनकै लहै लहैमा लागेर क्षणिक लालचमा फसेर यिनकै अनुयायि भक्त बन्दैछौ भनेपछि हामी आम नेपाली जनताका लागि यो भन्दा दुर्भाग्य र नादानिपन अरु के हुन सक्छ।
त्यसैले अब यो पाटि वा त्यो पाटि नभनौ यो वा त्यो नेता नभनौ आम जनता एक भएर यिनलाई जसले जहाँ देख्यो जहा भेट्यो उहीँ नेता लाई पहिला तपाइको पेशा के हो तपाइको सम्पति कति छ सार्वजनिक गर्नु होस् भनौ जब सम्म सम्पति विवरण सार्वजनिक गर्दैनन् तबसम्म न त माफि न त मत ,हामी दिन सक्दैनौ भनौ । ,लोकतन्त्र हामि जनताले ल्याएका होउ तर यहाँ लोकतन्त्रका लागि लड्ने हरु रैति र लोकतन्त्रको लडाइ भइरहदा बन्दकोठामा बसेर टिभि हेर्नेहरु र बिदेसमा रहेर सयर गर्ने हरु आज आएर देसका शासक र मालिक बन्दैछन्। गाउमा ढु·ाले के रूरूरू पुछेका हरुले काठमाडौ राजधानि जस्त‍ा ठाउका ब·लाका मालिक मात्रै होइन जमिन्दार बनेका छन् त्यसैले अब सबै जनता जागौ सचेत बनौ र खोजौ त्यो अकुत सम्पति कहाँ बाटआयो कसरी आयो मुहान कहाँ छ नेताहरु सग सोधौ ।
नेताहरुले पटक पछक गल्ति गर्दै माफि माग्दै खल्ति भर्दै जाने हामि माफि दिने हातमा हात राखेर बस्ने अनि यो सतिले सरापेको देस हो भन्दै आफू खुव चोखिनिष्ट राष्ट्र वादि बन्दै म पनि यो देसको सचेत नागरिक हु भन्दै हिड्यौ भने देसमा मौलाइ रहेको विकृति विस·ति माफियातन्त्र र भ्रष्टाचार अन्त्य कसरि हुन्छ देसले कसरि कोल्टे फेर्छ अनि भावि सन्ततिका लागि शुशासनको बाटो कसरी खुल्छ अनि विकृति विस·ति माफियातन्त्र र भ्रष्टाचार मुक्त समाज कसरी बन्छ र देस लाई अग्रगमन तिर डोर्याउन सकिन्छ अब हामी नेपालि जनता पनि केही जिम्मेवार बन्नै पर्छ भ्रष्टाचारिलाइ भ्रष्टाचारि भन्न सक्नु पर्छ अब खालि राजनीति भनेको फोहोरि खेल हो भनेर मात्रै हामी उम्कन पाउदनौ यो देसमा हाम्रो पनि केहिन केहि जिम्मेवारि र दायित्व छ सधै नेताहरुले देस खाए देस बर्वाद पारे मनपरि गरे भनेर चिया पसल देखि अफिस दुकान जमघट सम्मा गएर राजनिती फोहोरि खेल भन्दै नेताहरुलाइ सराप्दै फेरि आफू टोले नेता बन्ने हामी लाई अधिकार छैन किन भने हरेक टोल बाट कमसेकम एक जना पनि भ्रष्टाचार विरोधि नागरिकले मात्रै जन्म लियो भने पनि यहाँ लाखौ भ्रष्टाचार विरोधि सचेत नागरिक जन्मन सक्छन् जसले गर्दा देसैभर बाट निस्केको विकृति विस·ति माफियातन्त्र र भ्रष्टाचार विरोधि आवाज वुलन्द पार्न सकिन्छ र यी पटक पटक गल्ति गर्दै माफि माग्दै खल्ति भर्दै गर्ने राजनीतिक दलका नेता र हामिलाइ पनि पटक पटक भुल भुलैयामा पारेर हामी बाट त्यस्ता पिपासु हरुलाइ मतदान गरेर स्तामा पुर्याउने गल्ति गर्न बाध्य बनाउने हरु लाई बेलैमा तह लगाउन सकिन्छ। नत्र एउटा प्रस्नले सदा जन्म लिइ रहनेछ। देस नेपाल रहला नरहला। न त हामी रहने छौ न त पुर्खाले आर्जेको विरासत रहनेछ न त हाम्रो स्वाभिमान रहनेछ न त हाम्रा सन्ततिको भविष्य उज्यालो हुनेछ बास् यहाँ पटक पटक यिनै नेताहरु बाट गल्ति गर्ने माफि माग्ने खल्ति भर्ने प्रवृति दोहोरिदै जानेछ त्यति बेलासम्ममा हामी जिवित मुर्दामा परिणत भइ सक्नेछौ छौ ।याहा अब गल्ति गर्ने माफि माग्ने खल्ति भर्ने छुट कसैलाइ छैन दिनु पनि हुदैन त्यसका लागि आम नेपाली जनता सचेत सजग र जागरुक हुनु जरुरि छ
सबैमा चेतना भया ।।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: