विवेक शुन्य सिद्धान्तहिन राजनीति

शिवराज वस्ताकोटी (शिवदाई)
20 July, 2021 11:28 am
Shiva Raj Bastakoti
Advertisements
Advertisements

पहिलो कुरा त राजनीति भनेको के हो राजनीति किन गरिन्छ कसका लागि गरिन्छ भन्नेकुरा हामिले अझै बुझेका रहेन्छौ बास् हामिले एउटै कुरा बुझेका रहेछौं राजनीति भनेको पाटिमा लाग्ने नेता कार्यकर्ता बन्ने भाषण गर्ने बन्द हडतालमा ढु·ा मुढा गर्ने रेलिङ भाच्ने टायर बाल्ने अनि प्रहरिले गिरफ्तार गर्छ अनि दुई चार घण्टामा छुट्ने कतै दाइ जय नेपाल त कतै कामरेड अभिवादन लाल सलाम भन्दै नेताहरुकाअघि पछि लाग्ने विचार सिद्दान्त भन्दा पनि नेताको अन्धभक्त हुँदै दिन बिताउने कसैले के पेशा गर्नु हुन्छ भन्यो भने राजनीति गर्छु भन्दिने बास् हामिले बुझेको राजनीति यहि रहेछ नेपालको राजनीतिक घटनाक्रम र नेता कार्यकर्ता हरुको जीवन शैलिले पनि त्यहि देखाएको छ।
हिजो राजनीति गरेर जेल जीवन विताएका हरु हुन् वा दस कर्षे जनयुद्द लडेर आएका हुन्। वा पाटिलाइ चन्दा दिएकै भरमा राजनितिमा लागेका हुन् वा पेशा व्यवशाय सरक्षणका लागि राजनीतिमा लागेका हुन् वा सरकारि ठेक्का पट्टा लिने नाममा र वहानामा राजनीतिमा लागेका हुन् कसैमा पनि न त विचार न त सिद्धान्तको कुरा छ। बास् सबैमा एउटा न एउटा जनहित राष्ट्र हित विपरित स्वार्थ छ । अझै विशेष गरेर श्रीर्ष नेताहरुमा त एउटै ध्यान उदेस्य यहाँ सम्मकि नशा नै छ सत्तामा कसरि पुग्ने चाहे त्यसका लागि देस र जनताको कुरा त परै जाओस् पाटि विचार सिद्धान्तको कुरा त त परै जाओस् बास् कसरी सासद मन्त्री भइन्छ त्यसका लागि जे गर्न पनि पछि नपर्ने नियत र प्रवृतिले गर्दा नेपाली जनता लाई राजनीति पाटि नेताहरु प्रति दिन प्रतिदिन विश्वास क‍ो पहिरो गई रहेको छ।
फेरि सारा पाटि विचार सिद्दान्त दाउमा राखेर जब सत्तामा पुग्छन् तब सत्ता छ‍ाड्नु पर्दा यति सम्म रोइलो गर्न थाल्छन् कि सत्ता छोड्नु भनेको यो धरति नै छोड्नु हो जस्तो गर्छन् यहासम्म कि सत्ता टिकाउनकै लागि यतिसम्म तल झर्छन् कि बिदेसि प्रभु हरुसग मेरो सत्ता टिकाइदेउ भन्दै कहिले उत्तर फर्किएर त कहिले दक्षिण फर्केर त कहिले पश्चिम फर्केर जुम्ला हात गर्न थाल्छन्।सत्तामा पुगे पछि पाटि भनेको के हो पाटि अनुशासन भनेको के हो विचार र सिद्धान्त भनेको के हो पाटिको नीति र पाटिमा आफुले जनाएका प्रतिवद्दता के हुन् हिजो जनता सााु चुनावताका मैले के बोलेको थिए ।के कस्ता प्रतिवद्दता जनाएको थिए भन्ने सबैकुरा विर्सेर पाटिको नेतृत्वमा आफु छु भन्ने कुरालाइ समेत विस्मरण गरि सत्ताकेन्द्रित भएर यहाँ सम्म कि नेता नेत्रहिन कार्यकर्ता छ्यान पैचान हिन भएर सि·ो देसै लाई दुर्घटनामा पुर्याउने मात्रै होइन आफू कति गहिरो खाडलमा भास्सिदै छु भन्ने तक हेक्का राख्दैनन् भने पछि अनि सुखि नेपाली सम्वृद्द नेपाल हुन सक्छ ।
अनि कसरि गौतम बुद्द जन्मेको देस बन्न सक्छ अनि कसरी विश्व सामु हामि नेपालीले गौतम बुद्द जन्मेको मेरो देस भनेर गर्वका साथ भन्न सक्छौं अनि नेपालि जनताले सधै वुद्दलाइ मात्रै सम्झेर अनि कसरी हामी त बुद्द जन्मिएको देसका भनेर चुपचाप बसिरहन सक्छन्। सात शालदेखि परिवर्तन र लोकतन्त्रको बखान गर्दै आएका नेताहरु दमन प्रतिगमन अन्यायअत्याचारका विरुद्द लड्न र वोल्न मात्रै होइन विरोध समेत गर्न सिकाउदै आएका नेताहरु नै एकले अर्कोलाइ भित्तैमा पुर्याउने खेल खेल्न थालेपछि आफ्नै पाटि भित्र लोकतन्त्र कुन चराको नाम हो भन्नू पर्ने अवस्था सिर्जना गर्दै गएपछि पटि ,पाटि नभएर धर्मशाला जस्तो वनाउदै व्यक्ति वाद चरित्र देखाउदै पाटि भित्र केही नेताहरु हावि हुँदै जान थालेपछि जो नेपालकै इतिहासमा सबै भन्दा शक्तिशाली प्रधानमन्त्री को रुपमा स्थापित भएका ओलिमा सत्ता शक्तिको अहंकार जाग्न थालेपछि मन लाग्दि कहिले संसद विघटन कहिले पुनस्थापित गर्ने मनलाग्दि नियुक्ति गर्ने पाटिका अन्य नेतालाइ नजिकै पर्नै नदिने कच्चा ढोटे विवेक शुन्य भएका निष्ठाहिन सल्लाहकार हरुलाइ वरपर राखेर मैमत्ता भएर सत्ता केन्द्रित हुदै प्रतिपक्षी लाई गिन्तिमा पनि नराख्ने सर्वसत्तावादि सस्कार लाई झन् मलजल गर्ने काम हुन थालेपछि को परिणाम हो यो पछिल्लो राजनीतिक घटनाक्रम यहाँ न त विचार न त विवेक न त सिद्धान्तको कुरोले स्थान पायो सबका सब पाटिका नेताहरु विषेस गरेर कम्युनिस्ट का नेता तथा कार्यकर्ता हरुमा त विचार पुरै स्खलित हुँदै जान थाल्यो सिद्धान्त हिन अनुशासन विहिन राजनीतिले प्रसय पाउन थाल्यो ।
जसले गर्दा नेपालको राजनीति एउटै दलका नेताहरु तछाड मछाड गर्दै कहिले सडकमा प्रदर्सन गर्न थाले त कहिले तछाड मछाड् गर्दै सर्वोच्च धाउन थाले जसले गर्दा न्यालयले एउटा टु·ो ता लगाउनु नै थियो परमादेस जारि गरिदियो गठबन्धन सहितको प्रतिपक्षीले सत्तामा पुग्ने अवसर मात्रै प्राप्त गरेन पुर्व सरकार सरह शक्तिशाली बन्न भ्यायो फलस्वरुप देसको सबै भन्दा ठूलो पाटि छिन्न भिन्न भयो दुई तिहाइ नजिक पुगेको सरकार समात्ने हागो न टेक्ने अखेटो भन्ने अवस्थामा पुग्यो कोहि राजनीतिक मैदान छोड्न थाले र फेरि कतै दुनियामा नभएको तटस्थ र लोक्रसले जन्म लियो । यसले के देखाउछ भने नेपालका जुनसुकै दल भएपनि अब यहाँ विचार र सिद्धान्तको कुनै मूल्य र मान्यता रहेन नेताहरुमा विचार स्खलित हुदै गयो सिद्दान्तहिन राजनीति र अवसरवादले प्रसय पाउन थाल्यो ।
त्यसैले भन्नै पर्ने हुन्छ अब बनेको परमादेस सरकारले पहिला त आफू पारदर्सि हुनु पर्छ त्यसका लागि प्रधानमन्त्री देखि मन्त्री सासाद सबैले आ आफ्नो सम्पत्ति सार्वजनिक गर्ने आट गर्न सक्नु पर्छ जसले गर्दा प्रतिपक्षी मा रहेका दल हरुले स्वत स्फुर्त नभए घिसारिएरै भए पनि आ आफ्नो सम्पत्ति सार्वजनिक गर्न बाध्य हुनेछन् । त्यतिबेला आम नेपाली जनताको नजरमा यो सरकारको उचाइ बढेर जानेछ विशेष गरेर प्रधानमन्त्री देउवा र प्रचण्डका लागि त राजनेता बन्ने मार्ग नै खुल्नेछ । त्यसपछि आम नेपालि जनताको मनमा बिझेको काडा जस्तो र जलकुम्भि झार जस्तै फैलिएको भ्रष्टाचारलाई अन्त्य गर्न सक्नु पर्छ । तब शुशासनले संवत् जन्म लिनेछ। जसले गर्दा नेपालि जनताको सरकार पाटि र नेताहरु प्रति आकर्षण र विश्वास बढ्ने छ।तब कार्यकर्ता हरुमा पनि निष्ठा विवेकपुर्ण अनुशासन सिद्धान्त सहितको राजनीति गर्न उच्च मनोबलका साथ अगाडि बढ्ने प्रेरणा मिल्नेछ । चेतना भया ।।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: