कानुनको तागत

सराङकोट न्यूज
20 July, 2021 12:28 pm
Advertisements

संसारमै सबैभन्दा बलियो कुरा छ भने कानून नै हो । प्रजातान्त्रिक मुलुकले जनताले छानेर पठाएका विधायकले कानून बनाउँछन् । विधायक मध्येबाट पनि बहुमत पु¥याएर बनाएको कार्यपालिका अर्थात् मन्त्रीपरिषद्ले ऐनको थप विधि बनाएर कार्यान्वयन गर्दछ त्यो नै मुलुकको स्तम्भ हो गरिमा हो अनि पहिचान हो ।
विधिको शासन गर्नेहरुका लागि कानून आँखा हो भने विधि मिचेर मनपरी गर्नेहरुका लागि कानून खोस्टा मात्र हो । विश्वका इतिहासलाई हेर्ने हो भने पनि कतिपय देशहरुले विधि र प्रक्रिया लत्याएर सनकका भरमा शासन गर्दै आएको पाइन्छ । उत्तर कोरियाली नेता किमजोङ उलल जे बोल्छन् त्यो कानून हुन्छ । जनताले बोल्न चल्न पाउँदैनन् । नीति र विधि नै नभएका कारण त्यहाँको मन्त्री, प्रशासक, निम्छरा छन् उनीहरुको विवेक चल्छ त कानून ।
यस्तै म्यानमारमा जनताले बनाएको कानून चल्दैन । जनमतले चुनेकी एनएलडीकी नेता सुकीलाई सैनिक शासकले बर्खास्त गरेर नजरबन्द राखेका छन् । प्रजातन्त्र बहाली भएको भएपनि त्यसको उपयोग जनताले गर्न पाएका छैनन् । सेनाको गोली र बोली नै म्यानमारको कानून बनेको छ त्यहाँ कानून राज शहिद भएको छ ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आइसकेको छ । जनताले छानेका व्यक्ति प्रधानमन्त्री र राष्ट्रपति बनेका छन् । कानून निर्माता र परिपालकहरु आमुल अनुकुल कानूनलाई प्रयोग गर्दै आएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कानूनी दायरा बिर्सिएर जनताको संसद विघटन गरिदिए । अदालतले विघटन गर्ने प्रधानमन्त्रीको कार्यलाई अवैध कदम ठह¥यायो । फेरी आफै कार्यकारी भूमिकामा रहिरहे । चुनाव घोषणा गरेको सरकार भएर पनि पूर्ण अधिकारका कार्यलाई जारी राखे ।
सांवैधानिक परिषदलाई बपौती संझिएर एकलौटी निर्णय गरिरहे । नीति, विधि र स्थिति बिर्सिएर बेलगाम दौडिएको अवस्थालाई अदालतले अंकुस लगाइदियो । सर्वसकिमान दाबी गर्दै आएका तत्कालिन प्रधानमन्त्री पद्च्युत भए । प्रजातान्त्रिक र कानूनी व्यवस्थाको धज्जी उडाइरहेका प्रधानमन्त्रीको बालुवाटारको हंकार बालकोटको बार्दलीमा सीमित हुन पुगेको छ । यो नै कानूनको तागत हो । कानूनको शक्तिले मनपरितन्त्रलाई परास्त गराइदिएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: